‘अभिषाप बन्यो खडीखानीको सपना’
३० वैशाख २०८१
•
३ मिनेट पाठ
‘अभिषाप बन्यो खडीखानीको सपना’
कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’ को विषय थियो।




खडिखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत् उत्तराखण्ड जानु हुन्थ्यो।

यतिसम्मकि यहाँका धेरै युवाले कमाइको लोभमा माध्यमिक तहको अध्ययन गर्नुभन्दा मुग्लान पस्नुलाई आफ्नो भलाई ठान्थे। त्यस्तै नियतिले मष्टा गाउँपालिका–६ का लक्ष्मण बोहरालाई पनि पछ्यायो।

विगत १२/१५ वर्षदेखि त्यहाँ आउनुजानु लक्ष्मणको नियमित कर्मजस्तै थियो। यहीक्रममा एक दशकअघि पनि उनले मङ्सिरमा खेतबारीमा गहुँ छरेर दर्जनबढी आफन्तसँगै दैलो छोडे। सुरूआती दिन राम्रैसँग बिते। यसताका कामको चापले घर छोडेको १५ महिनापछि मात्रै जन्मथलो फर्किएको उनको मनस्पटलमा ताजै छ।

‘जीवनको पहिलो कमाइ बाआमालाई दिँदा उहाँहरूको आँखामा खुसीको आँशु बगेको थियो,’ लक्ष्मण सम्झन्छन् ‘छोरो गरी खाने भइसक्यो भनेर गाउँभरि खुसी साट्दै मिठाइ बाड्नुभएको अहिल्यै हो जस्तो लाग्छ।’

मेहनत अनुसार खडीखानीको कमाइले बाबाआमालाई सदरमुकाम राख्ने, घर–जमिन जोड्ने र त्यसपछि बिहे गर्ने लक्ष्मणको तयारी थियो तर उनले १० वर्षअघि विवाह गर्नै पर्ने भयो। बिहेपछि पनि उनको कमाइ राम्रै थियो। आवतजावत चलेकै थियो।

उनी पाँचौपटक बाबाआमा र छोरीलाई सदरमुकाम राख्ने र उतै पढाउने सल्लाह गरेर खडीखानीतर्फ लागे तर यो उनको अन्तिम यात्रा भयो। खानी खन्दैगरेका बेला पहिरो झर्यो। त्यही पहिरो उनका लागि अभिषाप बनेर आयो।

लक्ष्मणले दिएको जानकारी अनुसार पहिरो झरेपछिसँगै काम गरिरहेका साथीहरू भाग्न सफल भए तर उनी भने सुरूकै ढुङ्गा टाउकोमा लागेर त्यही ढले। पछि ठूलो पहिरोले कम्मरभन्दा मुनीको भाग पूरै च्यापियो।

‘मेरो होस् नै थिएन। अन्य साथीहरूले अचेत अवस्थामै अस्पताल पुर्याएछन्। अस्पतालमा महिनादिनपछि मात्रै मेरो चेत खुल्यो। ठेकेदार र अस्पतालले चलखेल गरेर सञ्चो भइसक्यो भनेर घर पठाए’, ती दिन सम्झिँदै उनी भन्छन्,‘सामान्य औषधि दिएर ‘डिस्चार्ज’ गर्यो तर फेरि असञ्चो भएपछि मेरा भाइहरू भएको ठाउँ बैङ्लोरमा लिएर उपचार गरियो।’

त्यहाँ चार महिनासम्म उपचार गरिएपछि चिकित्सकको सल्लाहमा औषधि बोकेर घर पठाइएको उनले बताउँछन्। ‘घर फर्कँदा मर्नु न बाँच्नु भयो अहिले आमाबुबा र श्रीमतीले स्याहार्दै आएका छन्। छ वर्षदेखि परिवारको सहयोग र औषधिको भरमा स्वास धानिएको छ’, लक्ष्मणले मलिन मुद्रामा भने।

लक्ष्मणको मेरूदण्ड भाँचिएको हुँदा कम्मरभन्दा तलको भाग चल्दैन। अहिले ७३ वर्षीय बुबा धनपति बोहराले उनलाई सहारा दिइरहेका छन्। आफू र श्रीमतीले पाउने वृद्धभत्ता र छोरा लक्ष्मणले पाउने अपाङ्गता भत्ताबाट परिवारको पेट पालिएको बुबा धनपतिले बताउँछन्।

‘आफ्नो जीवन बाचुञ्जेल सबै छोराका लागि केही व्यवस्था गरिदिने सोच थियो। विडम्बना कान्छो छोरा लक्ष्मणको यो हालत भयो। छोराको उपचारमा भएको सबै सम्पत्ति खर्चिदा पनि सञ्चो भएको छैन। अब बाँकी दिन कसरी काट्ने होला’, उनी भन्छन्।

बुबा धनपतिका अनुसार छोराको उपचारका लागि ३५ लाख खर्च भएको छ भने त्यसमध्ये पाँच लाख भाइ, पाँच लाख रोजगारदाताले दिएको र २५ लाख लक्ष्मणकै भागको जग्गा बेचेर खर्च गरिएको हो।

‘बुबाआमालाई सुख दिने बेलामा उल्टै बुढेसकालमा उहाँहरूको गलगाँडजस्तै भएको छु। उठ्न र बस्नसक्ने अवस्था पनि छैन। अझै घाउ सञ्चो भएको छैन। घरका सबैले काम छोडेर मेरै सेवा गरिरहनुपरेको छ’, लक्ष्मणले पीडा पोखे।

उनले विगत छ वर्षदेखि मासिक २० हजार बराबरको औषधि नियमितरूपमा सेवन गरिरहनुपरेको सुनाए। त्यो खर्च धान्न बोहरा परिवारलाई धौधौ छ।

‘अन्न नउब्जिएपछि छाक टार्नै मुस्किल छ। कमाई छैन, सामाजिक सुरक्षा भत्ताले खान पुग्दैन। त्यसैमा छोराको उपचारमा ऋण लागेकाले समस्यामा छौँ, बुबा धनपतिले दुःखेसो पोखे।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३३ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस