काठमाडौं- सरकारले थोरै जग्गामा ठूलो घर बनाउने परिपाटी अन्त्य गर्न नयाँ मापदण्ड तयार गरेको छ। अब बन्ने भवन तथा अन्य पूर्वाधारलाई भूकम्पप्रतिरोधी बनाउन सरकारले विद्यमान निर्माण मापदण्ड परिवतर्न सहरी विकास मन्त्रालयको अगुवाइमा 'बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड २०७२' तयार पारेको हो।प्रस्तावित मापदण्डमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अब बन्ने भवनका लागि शुक्रबार अन्तिम सुझाव दिएको छ। स्थानीय मन्त्रालयको सुझावसहित तयार पारिएको मापदण्ड मन्त्रिपरिषदबाट पास हुन बाँकी छ।
प्रस्तावित मापदण्डअनुसार आगामी दिनमा निजी आवासीय भवन निर्माण गर्दा २ सय ५० वर्गमिटर अर्थात आठ आनासम्मको जग्गामा घर बनाउनेले कुल जग्गाको ३० प्रतिशत क्षेत्र खाली छाड्नुपर्छ। आठ आनाको ३० प्रतिशत दुई आना चार पैसा हुन्छ।
प्रस्तावित नियमअनुसार चार आना जग्गा हुनेले पनि कुल जग्गाको ३० प्रतिशत अर्थात एक आना एक पैसा जग्गा खाली छाडेर बाँकी जग्गामा मात्र घर बनाउन पाउनेछन्। यसरी बनाइने घरहरू सबैको अनिवार्य नक्सापास गरेको हुनुपर्छ।
प्रस्तावित नियममा तीन आनाभन्दा कमको जग्गा कित्ताकाट गर्न नमिल्ने व्यवस्था गर्न खोजिएको छ। नियममा पहिला पाँच आनाभन्दा कमको जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्था गरिए पनि पछि परिवर्तन गरिएको थियो। प्रस्तावित नियमअनुसार ८ आनाभन्दा बढी जग्गा हुनेले भवन बनाउन चाहे जग्गाको ४० प्रतिशत क्षेत्र खाली छाड्नुपर्ने व्यवस्था गरिएको छ। निजी आवासीय भवनको भन्दा सरकारी, अर्ध सरकारी र सरकारी भवनको नियम थप कडा बनाइएको छ।
मापदण्डमा सरकारी, अर्धसरकारी र सार्वजनिक भवन निर्माण गर्न ५० प्रतिशत जग्गा खाली राख्नुपर्ने व्यवस्था छ। यो व्यवस्था लागू भएपछि सरकारी भवनहरू कुल जग्गाको आधा भागमा मात्र निर्माण हुनेछन्। मापदण्डले हाल भइरहेका भवनका विषयमा पुरानै व्यवस्था लागू हुने तर उक्त भवन भत्काएर नयाँ बनाउनुपर्दा भने नयाँ नियमअनुसार नै बनाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।
मापदण्डले सडकबाट डेढ मिटर पर घर निर्माण गर्न भनेको छ। यस्तै, पर्खाल अधिकतम चार फिट अग्लोसम्म बनाउन सक्ने र चार फिटभन्दा माथि बढीमा ३ फिटसम्म जाली राख्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यसरी निर्माण गरिने पर्खाल सडक छेउमा भए कम्तीमा डेढ मिटर सेट ब्याक छाड्नुपर्छ र अनिवार्य रूपमा नक्सापास गरेको हुनुपर्छ।
यसैगरी, मापदण्डमा सडकको न्यूनतम चौडाइ ६ मिटरको हुनुपर्ने प्रस्ताव गरिएको छ। तर हिमाली तथा पहाडी क्षेत्रका भिरालो जमिनको हकमा भने सडकको चौडाइ न्यूनतम ४ मिटर कायम गर्न सकिनेछ। यसरी बनाइने सडकको घुम्ती वा मोडको न्यूनतम अर्धब्यास बाटोको चौडाइभन्दा कम्तीमा २० प्रतिशत बढी हुनुपर्नेछ।
नयाँ मापदण्डले महानगरपालिका, नगरपालिकादेखि गाविससम्म नयाँ भवन बनाउँदा अनिवार्य रूपमा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने तथा नक्सा स्वीकृति गराउनुपर्ने व्यवस्था गरेको छ। हालसम्म घर बनाउँदा नगरपालिकामा मात्र नक्सा पास गर्नुपर्ने व्यवस्था थियो।
सरकारले तयार पारेको उक्त मापदण्डले आधुनिक मल, आवासीय भवन, परम्परागत भवन, व्यापारिक भवन, पर्खाल लगायतका संरचनाका लागि छुट्टाछुट्टै व्यवस्था प्रस्ताव गरेको छ। यस्का लागि राष्ट्रिय प्रतिष्ठाका घरहरूलाई 'क', ६ तलासम्मका नक्सा पास गरिएका भवनलाई 'ख', परम्परागत भवनलाई 'ग' र झुप्राझुप्रीलाई 'घ' वर्गमा वर्गीकरण गरिएको छ। तर 'क' र 'ख' वर्गका भवन बनाउन नै प्राथमिकता दिइएको छ।
समितिका सदस्य भाइकाजी तिवारीका अनुसार अब उप्रान्त निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिईकन भवन उपयोग गर्न पाइने छैन। उनले भूकम्पप्रतिरोधी भवन निर्माणलाई लक्षित गरी विद्यमान निर्माण मापदण्ड तथा संहितालाई संशोधन गर्ने गरी नयाँ व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार विगतमा भवन निर्माण गर्दा सबै मापदण्ड नअपनाएको, खुला क्षेत्र घोषणाबारे स्पष्ट मापदण्ड नभएको तथा जोखिमयुक्त ठाउँमा बस्ती रहेको तथा यसबारे उपयुक्त सुपरीवेक्षण हुन नसकेको यथार्थतालाई दृष्टिगत गरी नयाँ मापदण्ड तयार पारिएको हो।
समिति सदस्य तथा सहरी विकास मन्त्रालयका प्रवक्ता पद्मकुमार मैनालीका अनुसार नयाँ मापदण्डमा भवन ऐन २०५५ को दफा ८ अनुसारका क र ख वर्गका तीन तलाभन्दा अग्ला सबै आवासीय र कुनै पनि सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक आदिको भवन निर्माण गर्न अनिवार्य रूपमा माटो परीक्षण गर्नुपर्ने व्यवस्था छ। यस्तै, १७ मिटर (पाँच तला) भन्दा अग्ला भवनको हकमा भौगर्भिक परीक्षण र भूकम्पीय विश्लेषणसहितको प्रतिवेदन नक्सापासको अनुमतिका लागि आवश्यक पर्ने उल्लेख छ। उक्त कार्य नगरेको पाइए विद्युत, खानेपानी, टेलिफोन सेवाबाट वञ्चित गरिने व्यवस्था छ।
आधिकारिक निकायले माटो तथा भौगर्भिक परीक्षण गरी तोकेको स्थानमा मात्र १७ मिटरभन्दा अग्ला संरचना निर्माणमा अनुमति प्रदान गर्न सकिने तथा अग्ला संरचना निर्माण गर्न सकिने स्थान नतोकिएसम्म यस्ता भवनको नक्सा पास नगर्ने, खानी तथा भूगर्भ विभागले नेपाल राजपत्रमा प्रकाशित गरी निषेध गरिएका क्षेत्रमा घर बनाउन नदिइने प्रस्तावित मापदण्डमा उल्लेख छ।
मापदण्डमा आवासीय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न नपाइने, सटर राखी स्वीकृति लिए उक्त भवनलाई स्वतः व्यापारिक मानिने समेत उल्लेख रहेको मन्त्रालयका प्रवक्ता मैनालीले जानकारी दिए।