चाँदनी हमाल, चितवन पुस १५- नवलपरासीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ। अनराजित मल्ल र ३५ वर्षीय धीरेन्द्र चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो।
मृत्यु हुनेमा रामग्राम २ का १८ वर्षीय रमाशङ्कर लोहनी र ३ का २१ वर्षीय टेक्टर चालक जोगेन्द्र धरिकारी, रामग्रामकै अनराजित मल्ल र ३५ वर्षीय धीरेन्द्र चौधरी छन्। लोहनी र धरिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो भने मल्ल र चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ।
नवलपरासीको सुनवलबाट सदरमुकाम परासी आउँदै गरेको लु १ ख ३४३२ नं. को ट्रकले परासीबाट सुनवल जाँदै गरेको लु १ ख २१३५ नं. को ट्याक्टरलाई गएराति ठक्कर दिँदा सो दुर्घटना भएको हो।
गम्भीर घाइते ३५ वर्षीय विजय चौधरी र ३० वर्षीय धीरेन्द्र अग्रहरीको मेडिकल कालेज र्भैरहवामा उपचार भैरहेको छ। घाइते १९ वर्षीय आलोककुमार अग्रहरी, वर्ष २२ का मुकेश अग्रहरी, रामग्राम ३ का र वर्ष २५ का नरेन्द्र चौधरीको पृथ्वीचन्द अस्पताल अस्पताल परासीमा उपचार भइरहेको छ।
घटनापछि फरार ट्रकका चालक अझै पनि सम्पर्कमा नआएको प्रहरीले बताएको छ।