बस दुर्घटनामा मृतकको सङ्ख्या ३१ पुग्यो
०५ चैत्र २०६६
•
३ मिनेट पाठ
बस दुर्घटनामा मृतकको सङ्ख्या ३१ पुग्यो
एकै परिवारका तीन जना परे-
दैलेख, चैत ५- कालीकोट सदरमुकाम मान्मबाट सुर्खेत आउँदै गरेको बस दुर्घटनामा परी मर्नेको सङ्ख्या ३१ पुगेको छ। दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जनाको मात्र सनाखत हुन सकेको छ।
शव निकाल्ने क्रम जारी रहेको र धेरै घाइते भएकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। 
काँक्रेबिहार यातायातको ना ३ ख ५८६८ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको नगरे भिरबाट खसेर दुर्घटना भएको थियो। जसमध्ये ३१ जनाको शव निकालिसकिएको छ।

बिहान ६ बजे मान्मबाट बस छुट्दा त्यसमा ३४ जना यात्रु सवार थिए।  करिब ७ बजे दैलेखको पीपलकोट गाविस-६ मा दुर्घटना हुँदा ७० जनाभन्दा बढी सवार भएको स्थानीयले बताएका छन्। कर्णाली राजमार्गबाट  करिब १ सय ५० मिटर तल बस नदीमा खसेको थियो। यात्रुमध्ये १२ जना गम्भीर घाइते भएका छन्। उनीहरुमध्ये १० जनालाई श्री एयरको हेलिकोप्टरमार्फत् उपचारका लागि कोहलपुर शिक्षण अस्पताल लगिएको दैलेख प्रहरीले जनाएको छ।

घटनास्थलमा सुर्खेतबाट क्षेत्रीय प्रहरी प्रमुख डिआइजी दिनकरशमशेर जवरा, क्षेत्रीय प्रशासक, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगिसकेको छ। दुर्घटना भएको १ घण्टापछि दैलेखको राकम कर्णाली प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगी घाइतेको उद्दार गरेका थिए।

दैलेखका प्रहरी नायव उपरीक्षक राजेन्द्रसिंह खड्का, सहायक प्रजिअ नारायण श्रेष्ठ, स्थानीय विकास अधिकारी दिलबहादुर शाही, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सम्मिलित सर्वपक्षीय टोली घटनास्थल लागेको छ। उकालोमा बस चढ्न नसकेपछि स्टेरिङ फेल हुन पुग्दा बस दुर्घटना भएको प्रहरीले बताएको छ। घटनास्थलमा राकमस्थित नेपाली सेना,  जिल्ला प्रहरी कार्यालय कालीकोटबाट इन्सपेक्टर र अछामबाट डिएसपीसहितको प्रहरी टोली र स्थानीयबासीले शव नदीबाट बाहिर निकाल्दै सनाखत गरिरहेका छन्।

दैलेख पीपलकोटका एकै परिवारका ३ जना गीता बस्नेत, प्रवल बस्नेत र अप्सरा बस्नेतको उक्त दुर्घटनामा मृत्यु भएको छ। ५ महिने एक बालकको पनि दुर्घटनामा परी मृत्यु भएको छ। २ वर्षे अर्का एक बालक भने बाँच्न सफल भएको स्थानीय कलम मुस्कोटेले जानकारी दिए।
- प्रकाश अधिकारी  
अर्को समाचार
बैतडीमा दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो
२१ मंसिर २०७८
•
१ मिनेट पाठ
बैतडीमा दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो
बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।

जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो।

यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते रहेका छन्। घाइतेमध्ये  पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ।

यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ। अन्य घाइते पाटन नगरपालिका–१ सकारकै  दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ।

जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो। जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ।

चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन्। दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ। कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस