डा. केसीको स्वास्थ्य गम्भीर
११ भदौ २०७२
•
९ मिनेट पाठ
डा. केसीको स्वास्थ्य गम्भीर
काठमाडौं-चिकित्सा शिक्षा विकृतिविरुद्ध पाँच दिनदेखि आमरण अनशन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ।

पटक–पटकको अनशनका कारण गलेका उनको अनशनको पाँचौँ दिनमै मुटुको धड्कनमा गडबडी हुनुका साथै अक्सिजनको मात्रासमेत निकै कम भएको छ। चिकित्सकहरूले अक्सिजन दिनुका साथै मुटुको चाल नाप्नका लागि मोनिटर जडान गरिसकेका छन्।

पाँचौँ दिनसम्म पानीसमेत नपिएका केसीलाई तेस्रो दिनदेखि नर्मल स्लाइनमात्रै दिइएकाले महत्वपूर्ण संकेतसमेत नराम्रा देखिन थालेका छन्। तेस्रो दिनदेखि नै रिंगटा लाग्ने, मांशपेसी बाउँडिने समस्या देखिएको थियो। पिसाबको मात्रासमेत कम हुन थालेको छ।

चिकित्सकका अनुसार खाना नभएको अवस्थामा शरीरमा सञ्चित ऊर्जासमेत घटेर पिसाबमा एसिटोन बडी पोजेटिभ देखिन थालिसकेको छ। यसले मुटुको चालसँगै श्वासप्रश्वासका लागि चाहिने ऊर्जासमेत अभाव भएका कारण केसीलाई अक्सिजन दिन थालिएको हो। शिक्षण अस्पतालका चिकित्सक डा.वाइपी सिंहले केसीको अवस्था जुनसुकै समय जे पनि हुनसक्ने अवस्थामा पुगिसकेको बताए। 'उहाँमा जति आत्मबल छ, त्यसले मात्रै धेरै दिन टिकाउन गाह्रो छ,' उनले भने, 'उहाँको स्वाथ्य रक्षाका लागि हामीसँग मुस्किलले केही घन्टामै प्रयास नगरी हुन्न।'

खाना नखाएका कारण ऊर्जा घटेकाले महत्वपूर्ण अंग सञ्चालनमा अप्ठेरो परेको छ। अक्सिजनको मात्रासमेत घटेकाले जुनसुकै समय ब्रेनमा अक्सिजन अपुग भएर महत्वपूर्ण पार्ट नष्ट हुनसक्ने जोखिम चकित्सकले औँल्याएका छन्।

मुटुको धड्कनमा देखिएको गडबडीले महत्वपूर्ण अंगहरुमा अक्सिजनको मात्रा घटाउँछ। अहिले शरीरमा पाटासियामलगायत सूक्ष्म पोषक तत्वको समेत अभाव देखिन थालेको छ। जसका कारण चेतना कम हुने र समय–समयमा कहाँ छु कहाँ भनेजस्तो हुने समस्या सुरु भएको छ।

मुटुको धड्कनसँगै रक्तचापसमेत केही कमी भएकाले चिकित्सकले त्यसका करण मिर्गौलामा रक्तसञ्चार कमी भई मिर्गौला फेल हुने जोखिमसमेत रहेको बताएका छन्।

अहिले शरीरले कार्यप्रणाली सञ्चालनका लागि अन्य तरिकाबाट आफ्नै बडीलाई खाइरहेको हुनाले अम्लीयपन अधिक हुनाले रक्तचाप बिस्तारै घट्न थालेको हो। यो क्रम जारी रहेमा जतिसुकै बेला कोल्याप्सको अवस्थामा पुग्नसक्ने चिकित्सकले जनाएका छन्।

पानीका लागि नर्मल स्लाइन लिएका डा.केसीले औषधि र ग्लुकोज लिन मानेका छैनन्। उनले आफू होसमा छँदासम्म कुनै पनि उपचार नगर्न चिकित्सकलाई आग्रह गरिसकेका छन्।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि सरकारले वार्ताबाट समस्या समाधानका लागि कुनै प्रयास नगरेको अस्पतालका रेजिडेन्ट चिकित्सकका अध्यक्ष डा.रामचन्द्र सापकोटाले बताए। दोस्रो दिन एउटा पत्र बोकेर आएका सरकारी अधिकारीले औपचारिकताका लागि माग पूरा गर्ने क्रममा रहेको भन्दै अनशन तोड्न आग्रहसहित गरेयता कोही सरकारी अधिकारी फर्किएका छैनन्।

अक्सिजन मास्क जोडिरहेका डा.केसीले मन्द स्वरमा सरकार माफियाको चंगुलबाट बाहिर आउनसक्ने अवस्थामा नरहेको बताए। उनले आफूले अन्तिम सास छउन्जेल सत्यका लागि लडिरहने प्रण गरेरै अप्ठेरो बाटो रोजेको बताए। 'म एउटाले दुःख पाउँदा धेरै नेपालीले सुख पाउने अवस्था बन्छ भने मेरो शरीर केही हैन,' उनले भने।

डा.केसीले अहिले पनि सरकार आफैँले बनाएको माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनबाट पछाडि हटेको बताए। 'सरकारका मन्त्रीहरु नै तिनै मेडिकल माफियाको संरक्षण गरिरहेका छन्, ' उनले भने, 'यस्तो अवस्थामा गठबन्धन सरकारका प्रधानमन्त्री निरीह भएको मैले राम्ररी बुझेको छु।'

उनले आफूलाई धेरै सञ्चारकर्मी र शुभेच्छुकले प्रतिवेदन कार्यान्वयनका लागि दबाब दिने समय अनुपयुक्त भो कि भन्ने जिज्ञासा राखेको भन्दै डा.केसीले चार वर्षदेखि नै यो अभियान छेडेकाले नयाँ रूपमा नबु‰न आग्रह गरे। 'अहिले यो प्रतिवेदन कार्यान्वयन भएन, उपकूलपतिलगायत पदाधिकारी नियुक्तिमा सिस्टम बसेन भने आउने चार वर्ष पनि व्यर्थ हुनेछन्।'

उनले कार्यदलको प्रतिवेदन तुहाएर यसै शैक्षिक सत्रदेखि सिट र शुल्क लागू हुन नदिन मेडिकल कलेजका सञ्चालक 'ब्रिफकेस बोकेर दौडिरहेको भन्दै' आफूले अनशन नगरे उपलब्धि गुम्ने र प्रतिवेदन तुहाउन चाहनेले चाहेजस्तै हुने डा.केसीको बुझाइ छ। 'अहिले विभिन्न बहानामा यो प्रतिवेदन तुहाउन खोजिँदैछ, यही बेला नबोल्ने हो भने उपलब्धि गुम्छ,' उनले भने।

कार्यदल बनाउने बेला कार्यान्वयनको पूर्ण तत्परता देखाउने प्रधानमन्त्री नै अहिले पछाडि हटिरहेको देखेरै पनि आमजनताले अनुमान लगाइसकेको उनको भनाइ छ। 'त्यति प्रतिष्ठित व्यक्तिले दिएको प्रतिवेदनमा प्रशासनका मान्छेले काँटछाँट र मूल्यांकन गरेर महत्वपूर्ण सुझाव हटाए,' उनले भने, 'यसले स्पष्ट हुन्छ माफिया कति पहुँचशाली र बलिया छन् अनि सरकार कति निरीह छ।'

पटक–पटक अनशनमा बसेर सुझाए पनि सरकार माग कार्यान्वयनमा पछाडि हट्ने गरेपछि डा.केसी आफ्नै सहकर्मी र शुभेच्छुकको सुझावविपरीत छैटौँ अनशन बसेका हुन्। उनले एक महिनाअघि नै सरकारलाई पटक–पटक अल्टिमेटम दिए पनि सरकारले प्रतिवेदन नै अपांग पारेर कार्ययोजना बनाएको भन्दै उनी सोमबारदेखि अनशनमा छन्।

उनले माथेमा प्रतिवेदन कार्यन्वयनसँगै, उपकुलपति नियुक्ति भागबण्डा हुन नहुने, चोरबाटोबाट केयुले दिएको सम्बन्धन स्थगन गरी छानबिन र विद्यार्थीको व्यवस्थापन हुनुपर्नेलगायत ८ सूत्रीय महत्वपूर्ण माग अगाडि सारेका छन्। केसीलाई चिकित्सक संघ, केयु प्राध्यापक संघ, रेजिडेन्ट विद्यार्थी एशोसियनलगायतका थुपै संस्थाले मागमा ऐक्यवद्धता जनाइसकेका छन.। अनशनप्रति समर्थन र ऐक्यबद्धता जनाउन शुक्रबार पनि थुपै सर्वसाधारणसमेत त्रिवि शिक्षण अस्पताल गइरहेका छन्।
अर्को समाचार
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयाे एन्टिबायोटिक औषधि
०५ माघ २०७५
•
६ मिनेट पाठ
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर,  चलाइयाे एन्टिबायोटिक औषधि
फाइल तस्बिर
काठमाडौं - विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ।

केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालका निर्देशक डा. प्रेम खड्कले भने, ‘स्वास्थ्य गम्भीर रहेको उपचारमा संलग्न मेडिकल टोलीले जानकारी गराएको छ।’ खड्काका अनुसार केसीको रगतमा ग्लुकोज र फोस्फोरसको मात्रा कम भइसकेको छ। उनको फोक्सोमा पनि संक्रमण भएकाले एन्टिबायोटिक औषधि चलाइएको छ। शरीरमा अक्सिजनको मात्रा र रक्तचाप पनि घटेको छ। केसीलाई मेडिकल चिकित्सकको निगरानीमा राखिएको निर्देशक खड्काले बताए। केसीको शुक्रबारको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको बुलेटिन त्रिवि शिक्षण अस्पतालले आइसियू कक्षबाहिर पनि टाँसेको छ।

केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालका चिकित्सकको एक टोली बनाइएको छ। उपचार टोली संयोजकमा आइसियू तथा क्रिटिकल केयर विशेषज्ञ डा. सुवास आचार्य छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट इलाम खटिएको विशेषज्ञ चिकित्सक टोलीले केसीको स्वास्थ्य अवस्था गम्भीर भएको बताएपछि उनलाई काठमाडौं ल्याइएको हो।

सहमति कार्यान्वयन गर्न माग

यसैबीच मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. केसीसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत समाजले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै केसीको अनशनलाई उचित निकास दिन ध्यानाकर्षण गराएको हाम्रा संवाददाता दमन राईले जनाएका छन्।

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको समाजले जनाएको छ। विगतमा डा. केसीसँग भएका सहमति अक्षरशः कार्यान्वयन गरेर सोही विषयमा फेरि अनशन र आन्दोलन गर्नुपर्ने परिस्थिति उत्पन्न हुन नदिन समाजले सरकारलाई आग्रह गरेको छ। चिकित्सा शिक्षा सुधार अभियन्ता केसीसँग बारम्बार गरिएका सहमति कार्यान्वयनमा आलटाल गर्दा जनतामा वितृष्णा आउने र सरकारप्रति पनि जनताको विश्वास घट्नेतर्फ समाजले ध्यानाकर्षण गराएको छ। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिनु दुर्भाग्यपूर्ण भएको समाजका खोटाङ अध्यक्ष नारायणदास राईले बताए।

केसीको समर्थनमा फिदिममा र्‍याली

यसैगरी पाँचथर सदरमुकाम फिदिममा डा. केसीको समर्थनमा शुक्रबार र्‍याली निकालिएको छ। फिदिमका युवाको अगुवाइमा निकालिएको र्‍याली फिदिम बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको संवाददाता गिरिराज बाँस्कोटाले जनाएका छन्। केसीसँग भएका सम्झौता कार्यान्वयन नभएसम्म चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउने घोषणसमेत युवाले गरेका छन्।

र्‍यालीमा विभिन्न पेसाकर्मी, स्वास्थ्यकर्मी, व्यवसायी, गृहिणी तथा युवा सहभागी थिए। ‘हामी डा. केसीसँगै छौं, डा. केसीसँग भएका सम्झौता पूरा गर, स्वास्थ्य र शिक्षामा व्यापार रोक’ जस्ता नारा लेखिएका प्लेकार्ड र्‍यालीमा प्रदर्शन गरियो। कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवा प्रेम ओझाले केसीसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्न नहुने बताए। ‘सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने काम गरेको छ। यो अधिकारसँग जोडिएको आन्दोलन हो। सरकारले समयमा सोच्न सकेन भने गम्भीर अवस्था आउन सक्छ’, उनले चेतावनीपूर्ण शैलीमा भने, ‘केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई दबाब दिनुपर्छ।’ त्यस्तै आदिवासी जनजाति महासंघ पाँचथरका पूर्वअध्यक्ष लोकेन्द्र आलेमगरले तत्काल सम्झौता कार्यान्वयन गर्नुको विकल्प नभएको बताए। सभालाई सुरेश शाह, सुवराज थापा, विकास थापालगायतले सम्बोधन गरेका थिए। उनीहरूले पूर्वी पहाडमा सरकार आफैंले मेडिकल कलेज खोल्नुपर्ने माग पनि गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस