काठमाडौं—सरकारले पेट्रोलियम पदार्थमा आएको गिरावटको आधारमा सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन दिएकको छ।
मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा बिहीबार बसेको केन्द्रिय अनुगमन तथा मुल्याङ्कन समितिको ३७ औँ बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी सार्वजनिक यातायातको भाडा घटाउन निर्देशन दिएको हो।
बैठकले पेट्रोलियम पदार्थकौ मूल्य घट्दा स्वचालित रुपमा भाडादर समायोजन हुने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। नेपाल आयाल निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।
पेट्रोलियम पदार्थमा मूल्य घटेपछि सरकारले यातायात व्यवसायीसँग सहमतिमा भाडा घटाउने निर्णय गरेको थियो। व्यवसायी भने अटेर गर्दै पुरानै दरमा भाडा असुलिरहेका छन्।
पुरानै दरमा भाडा असुल्दा देशभरका सवारीसाधनले दैनिक एक करोडभन्दा बढी रकम यात्रुबाट ठगिन्छन्।
उपत्यकामा मात्र दैनिक गुड्ने ३ हजार बस तथा मिनिबसले दैनिक ३० लाख यात्रु चढाउने र ओराल्ने गर्छन्। एउटै यात्री चार/पाँचपटकसम्म चढ्ने र ओर्लने तथा काठमाडौं भित्रने र बाहिरिनेसमेत गरी यात्रुको संख्या बढी देखिने ट्राफिक प्रहरीको तथ्यांक छ। यस हिसाबले उपत्यकाका सडकमा बस तथा मिनिबस चढ्ने यात्रुबाट मात्र व्यवसायीले दैनिक ४५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्दै आएको देखिन्छ।
सम्बन्धित लिङ्क
सार्वजनिक यातायात भाडामा मनपरी, छ महिनामा दुई अर्ब ठगी