काठमाडाैं— त्रिपुरेश्वरमा दुई मोटरसाइकल दुर्घटना भई कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ।
त्रिपुरेश्वरबाट टेकूतर्फ जाँदै गरेको बा ६० प ९५१४ नम्बरको मोटरसाइकललाई कालिमाटीतिरबाट त्रिपुरेश्वर आउँदै गरेको बा ४९ प ३८०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।
ठक्करपछि अनियन्त्रित बनेको मोटरसाइकल बा ८ च ६८२२ नम्बरको कारमा गएर ठोक्किन पुगेको थियो। कारमा सामान्य क्षति पुगेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘बा ६० प ९५१४ नम्बरको मोटरसाइकल पछाडि बसेका १६ वर्षे भानु लामिछानेको अवस्था गम्भीर छ’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका जितेश दाहालले नागरिकन्युजसँग भने, ‘सोही मोटरसाइकलका १८ वर्षे चालक प्रशान्त सापकोटा र ठक्कर दिने मोटरसाइकलका पवन लामा सामान्य घाइते छन्।’
गम्भीर घाइते दाहाल र अर्का घाइते सापकोटालाई त्रिपुरेश्वर स्थित काठमाडौं अस्पताल भर्ना गरिएको छ।
लामालाई कालिमाटी प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण त्रिपुरेश्वर क्षेत्रको ट्राफिक केही समय अस्तव्यस्त बन्न पुगेको थियो।