काठमाडौं- पुनरावेदन अदालत पाटनले रुद्र गौतमलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को महाप्रबन्धकमा अर्को सुनुवाई नभएसम्म नियुक्त नगर्न अन्तरीम आदेश दिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले महाप्रबन्धकमा नियुक्ती दिइसकेको भए पदबहाली नगराउन र नियुक्ती दिन बाँकी भए हाल नदिनसमेत भनेको छ। पुनरावेदनको आदेशमा दुवै पक्षको बहस नभएसम्म अहिले जारी रहेको प्रक्रिया जुन अवस्थामा रहेको छ त्यही स्थितिमा राख्न भनिएको छ। अदालतले आगामी पेसी भदौ ३० गते तोकेको छ।
सहरी विकासमन्त्री नारायण खड्काको दबाबमा प्रक्रिया मिचेर विवादित गौतमलाई आइतबार केयुकेएलको महाप्रबन्धक नियुक्त गरिएको थियो। केयुकेएलका संस्थापक शेयरधनीबीचको सम्झौता २०६४ विपरीत आइतबार बसेको सञ्चालक समिति बैठकले विवादित गौतमलाई महाप्रबन्धक नियुक्त गरेको थियो। शेयरधनी सम्झौताको बुँदा ८ 'ग' अनुसार सञ्चालकबाट हटेको एक वर्षसम्म कुनै पनि पदमा रहन नपाउने व्यवस्था छ। गत वर्ष भदौसम्म केयुकेलका सञ्चालक सदस्य रहेका गौतमले शेयरधनी सम्झौताविपरीत गत कात्तिक ९ गते नै महाप्रबन्धकमा आवेदन दिएका थिए। महाप्रबन्धक नियुक्तीका लागि केयुकेएलले गत वर्ष असोजमा गरेको दरखास्त आह्वानमा १७ जनाको आवेदन परेका थिए। गौतमको आवेदन परेलगत्तै सञ्चालक समिति सदस्यले गौतमको निवेदन गैरकानुनी रहेको भन्दै फाइल अगाडी नबढाउने बताउँदै आइरहेका थिए।
नियमविपरीत गौतमलाई महाप्रबन्धक बनाउन मन्त्रीको दबाब बढेपछि आइतबारको बैठकमा दुई सदस्य अनुपस्थित भएका थिए। सात सदस्यीय आइतबारको समिति बैठकमा ललितपुर उपमहानगरपालिकाका आर्किटेक्ट इन्जिनियर प्रवीण श्रेष्ठ र एसियाली विकास बैंक एडिबी प्रतिनिधि कमलराज पाण्डे अनुपस्थित थिए।
उपस्थित पाँचमध्ये दुई सदस्य मन्त्रीले गौतमलाई नै महाप्रबन्धक बनाउन गत बुधबार मात्र समिति सदस्यमा ल्याएका थिए। मन्त्री खड्काले सहरी विकास मन्त्रालयका सदस्यद्वय पदम मैनाली र हुमनाथ भट्टराई हटाएर आफूनिकट रामचन्द्र देवकोटा र कुमार कोइरालालाई ल्याएका हुन्।
मन्त्रीनिकट स्रोतका अनुसार मन्त्री खड्काले केयुकेएलको महाप्रबन्धकमा गौतम नियुक्त गर्न सघाए मन्त्रालयका सहसचिव देवकोटालाई खानेपानी तथा ढल निकास विभागको महानिर्देशक बनाइदिने आश्वासन दिएर समितिमा ल्याएका थिए।
नियमविपरीत प्रक्रिया मिचेर भए पनि गौतमलाई महाप्रबन्धक बनाउन मन्त्रीले दबाब दिए पनि मैनाली र भट्टराईले फाइल अघि नबढाएपछि गत बुधबार मन्त्री खड्काले सदस्य फेरेका हुन्। समितिमा सहरी विकास मन्त्रालयका दुई जना, काठमाडौं महानगरपालिकाका प्रमुखसहित इन्जिनियर इन्द्रमानसिंह सुवाल, ललितपुर उपमहानगरपालिकाका आर्किटेक्ट इन्जिनियर प्रवीण श्रेष्ठ, एडिबी प्रतिनिधि कमलराज पाण्डे र चेम्बर अफ कमर्सका सुरेसकुमार बस्नेत सदस्य रहेका छन्।
दबाबमै गत बिहीबार नै गौतमलाई महाप्रबन्धक बनाउने तयारी भए पनि यसबारे सार्वजनिक भएपछि केयुकेएलका कर्मचारीले प्रधानमन्त्री सुशील कोइरालासँग भेटी विवादित व्यक्तिलाई महाप्रबन्धक नबनाउन आग्रह गरेका थिए। आग्रहलगत्तै प्रधानमन्त्री कोइरालाले मन्त्री खड्कालाई फोन गर्दै विवादितलाई नियुक्त नगर्न भनेका थिए। प्रधानमन्त्रीको आग्रह र कर्मचारीको विरोधपछि बिहीबार राति १० बजेसम्म बैठक बसे पनि निर्णय हुन सकेन।
गौतम केयुकेएलको प्रबन्ध निर्देशक रहँदा एडिबीको क्षमता अभिवृद्धि परियोजना, मेलम्ची खानेपानी लिमिटेडको पिआइडी प्रोजेक्टसम्बन्धी विवादमा तानिएका थिए। उनीविरुद्ध कर्मचारी आन्दोलन समेत भएको थियो। २०६७ चैतमा त कर्मचारीले गौतमको विरोधमा तालाबन्दी नै गरेका थिए।