पहुँचका भरमा जहाजको टिकट वितरण
१२ जेष्ठ २०७९
•
१ मिनेट पाठ
पहुँचका भरमा जहाजको टिकट वितरण
फाइल तस्बिर
पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ। टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।  




हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन। सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन्।

नेपाल वायुसेवा निगमको न्यून  उडानका कारण यात्रु थप मारमा परेका छन्। थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन्।  

नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउँछन्। “तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ', उनले भने।

निजी एयरलाइन्स कम्पनीले नियमित उडान नभर्दा सबैभन्दा बढी हुम्ली मारमा परेका छन्। सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान सङ्ख्या कटौती गरेका छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ।

सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ। यस्तै समस्या डोल्पा जानका लागि छ । नेपालगञ्जबाट डोल्पा जाँदा रु नौ हजार र फर्कँदा रु पाँच हजार तिर्नुपर्छ। पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ। रासस
अर्को समाचार
इन्धनको मूल्य वृद्धिले हवाई यात्रा प्रभावित
१९ चैत्र २०८२
•
४ मिनेट पाठ
इन्धनको मूल्य वृद्धिले हवाई यात्रा प्रभावित
मध्यपूर्वका मुलुकमा जारी तनावका कारण नेपाली पर्यटन क्षेत्रले मार खेपिरहेको छ। सिजनको समयमा नेपाल आउन चाहेका विदेशी पाहुना आउन सकेका छैनन्। विशेषगरि अमेरिकी र यूरोपियन मुलका पाहुना बढि प्रभावित भएको व्यावसायीले बताईरहेका छन्। नेपाल आउनका लागि विदेशी पाहुनाले अग्रिम रुपमा बुकिङ गरेको हवाई टिकट पनि धमाधम रद्द गरिरहेको भन्दै हवाई कम्पनिले चिन्ता जनाएका छन्।




पछिल्लो समय मध्यपूर्वका मुलुकको तनावको बाछिटाको प्रभावस्वरुप नेपालमा हवाई इन्धनको मुल्य झन्डै दोब्बरले बढेको छ। हवाई इन्धनको मुल्य बढेपछि हवाई यात्रा महंगो भएको एयरलाईन्सले बताएका छन्। हवाई यात्रा महंगो हुँदै जाँदा हवाईजहाजका यात्रु थालेको भन्ने चिन्ता एयरलाइन्सको छ। कतिपय उडान मर्ज हुनसक्ने पनि उनीहरुको भनाई छ।  

बुद्ध एयरले विहीबार विज्ञप्ती जारी गर्दै खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको जनाएको छ। विदेशी पर्यटकले बुकिङ गरेका हवाई टिकट समेत धमाधम रद्द गरिरहेको बुद्ध एयरको भनाई छ। तनावकै कारण नेपालको आन्तरिक तथा बाह्य हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको  एयरलाइन्सको भनाई छ।  

‘हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको छ। स्वचालित रुपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको छ,’ बुद्ध एयरको विज्ञप्तिमा उल्लेख छ। हवाई इन्धनको भाउ बढेसँगै हवाई कम्पनिले गरेको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले स्पष्ट पारेको छ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले प्रतिकूल परिस्थितिमा पनि अत्यन्त संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन। उनका अनुसार हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गर्दछ, तर हालको मूल्यवृद्धि पछि यो अनुपात झण्डै ५० प्रतिशत हाराहारीमा पुगेको छ।

यससँगै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्च समेत उल्लेखनीय रुपमा बढेको बुद्ध एयरको भनाई छ। नेपाल आयल निगमले केहीदिन अघि मात्र हवाई इन्धनको मुल्य करिब ९८ प्रतिशत वृद्धि गरेको थियो। हवाई इन्धनको मुल्य वृद्धि भएपछि हवाई भाडा अन्तर्गत फ्यूल सरचार्ज बढ्दा हवाई भाडा पनि ह्वात्तै वृद्धि भएको छ।  

काठमाडौ–पोखरा रुटमा मात्र फ्यूल सरचार्ज करिब दुईहजार रुपैयाँले बढ्दा झन्डै चारहजार पुगेको छ। यात्रुले बढेको फ्यूल सरचार्ज हवाई टिकटमै जोडेर तिर्नुपर्छ। त्यसबाहेक एयर फेयर, विमानस्थल सेवा शुल्क र मुल्य अभिवृद्धि कर समेत यात्रुले नै तिर्नुपर्छ। नेपाल आयल निगमले प्रतिलिटर १ सय २७ मा बिक्री गरिरहेको इन्धनलाई गत मंगलबारदेखि बढाएर प्रतिलिटर २ सय ५१ रुपैयाँ पुर्याएको छ।  
हवाई कम्पनिका पदाधिकारीका अनुसार अहिले आन्तरिक उडानमा मात्र नभई अन्तर्राष्ट्रिय उडानमा पनि हवाई भाडा वृद्धि भएको छ। मध्यपूर्वको तनाव सहित हवाई उडान प्रभावित भएको तथा इन्धनको मुल्यवृद्धिले पनि भाडा वृद्धि भएपछि अहिले अन्तर्राष्ट्रिय उडानका यात्रु पनि प्रभावित भएका छन्। कतिपय यात्रुले उडान बुकिङ गरेको भएपनि अहिले टिकट रद्द गरिरहेका छन।

‘जसोतसो काठमाडौं ओर्लिएका पाहुना पनि अब अन्यत्रका गन्तव्यमा नजान सक्छन। यसै त नेपालसम्मकै अन्तर्राष्ट्रिय हवाई यात्राको मुल्य आकाशिएको छ, त्यसपछि आन्तरिक यात्रा पनि महंगो परेपछि यात्रा प्रभावित हुने पक्का छ,’ हवाई कम्पनिका एकजना अधिकारीले भने।  

यती यरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले पछिल्लो समय अन्तर्राष्ट्रिय उडान प्रभावित भएसँगै नेपालको आन्तरिक हवाई यात्रुको संख्या पनि घट्न थालेको बताए। ‘मध्यपूर्वका मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने नेपाली यात्रुहरु पर्याप्त हुन्थे। तर, अहिले ती यात्रु पनि घटिसकेका छन। विदेशबाट आउने पर्यटक त यसै पनि प्रभावित भएका छन,’ बर्ताैलाले भने, ‘मध्यपुर्वका मुलुकको प्रभाव नेपालको आन्तरिक हवाई यात्रामा समेत परेको छ। यसले व्यवस्थापना सकस थपिएको छ।’  

इन्धनको मुल्य बढेसँगै हवाई भाडा बढेपछि हवाई यात्रुहरु स्थलमार्गबाट यात्रा गर्ने उनले बताए। ‘बरु एकदिन छिटो वा ढिलो होस, तर, स्थलमार्गबाटै आउजाउ गर्ने भनेर यात्रुहरुले हवाई यात्रा छाड्नेछन। अहिलेको इन्धनको मुल्य वृद्धिको प्रभाव झनै बढ्दै जाने देखिएको छ,’ उनले भने। त्यसबाहेक डलरको मुल्य वृद्धि हुँदा पनि समस्या भएको उनले बताए।  

पर्यटन व्यावसायी पनि मध्यपूर्वको प्रभावले अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा विदेशी पर्यटक भित्रिन नपाएको र आन्तरिक उडान पनि महंगो पर्दा पर्यटन क्षेत्र धराशायी हुने चिन्ता जनाउँछन। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘अन्तर्राष्ट्रिय हवाई उडानले काठमाडौंसम्मको यात्रा प्रभावित भएको छ। विदेशी पर्यटक चाहेर पनि नेपाल आउन सकेका छैनन। आएका पाहुना पनि स्वदेश फर्किदा महंगो हवाई यात्राको मारमा परेका छन। इन्धनको मुल्य बढेसँगै नेपालको आन्तरिक हवाई यात्रा पनि महंगो बनेको छ। यसले यात्रा प्रभावित पारेको छ।’ सिजनको बेलाको पर्यटन क्षेत्र पाहुनाविहीन हुने अवस्था सिर्जना भएको उनले सुनाए।  
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस