हत्या आरोपमा नाबालिकालाई यातना
१५ जेष्ठ २०७९
•
३ मिनेट पाठ
हत्या आरोपमा नाबालिकालाई यातना
इलाका प्रहरी कार्यालय सिमरामा थुनामा रहेकी नाबालिका निरुता केसी(बायाँ) र उनलाई भेटेर निस्कँदै गरेकी आमा दुर्गादेवी।
जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।




जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।

वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्। थुनामा राखिएकी छोरीले घटनाबारे सत्यतथ्य बताउँदा पनि जिल्ला प्रहरी कार्यालय बारामा  कार्यरत नायब प्रहरी निरीक्षक सागर राणालगायत प्रहरीले निर्घात कुटपिट गरेर आफूअनुसारको बयान लिन खोजेको उनले बताइन्।

‘वैशाख २९गते राति २ बजेतिर छोरी निरुता सुतेको कोठामा राकेशभक्त पुगेर छाती समाउन खोजेपछि छोरीले प्रतिवाद गरिन्,’ निरुताकी आमा दुर्गादेवीले घटना विवरण सुनाइन्, ‘त्यसक्रममा राकेशले लगाएको घडी कोठामै खस्यो।’ हातमा बियरको बोतलसहित कोठामा छिरेका राकेशले जबरजस्ती करणी गर्न खोजेपछि बाध्य भएर छोरीले बियरको बोतल खोसेर टाउकोमा हान्दा उनी घाइते भए। दुई तलामाथिको कोठाबाट निस्केर भाग्न खोज्दा राकेश गेटमा ठोक्किएर अचेत भएर लडेको दुर्गादेवीले बताइन्।

उनी लडेको देखेर दुर्गादेवीका पति चित्रबहादुर क्षेत्री, उद्धव अधिकारी, खगेन्द्र खटपाललगायतले एम्बुलेन्समा राखेर उपचारका लागि सिमराको अल्पाइन अस्पताल हुँदै वीरगन्जको बयोधा अस्ताल लगेको दुर्गादेवीले सुनाइन्। उनका पति चित्रबहादुर माओवादीबाट वडा सदस्यमा चुनाव लडेका र वैशाख २९ गते राति चुनावबारे कुरा गर्न घरमा पार्टीका अन्य कार्यकर्ता तथा नेता जम्मा भएका थिए। घरमा आएका नेता तथा कार्यकर्तालाई नास्ता गराउँदा छिमेकीसमेत रहेका राकेशलाई पनि चिउरा र मासु खुवाएको उनले बताइन्।

चिउरा र मासुसँगै बियर खाएर उनी राति १२ बजेतिर आफ्नो घर गएका थिए। राकेश घर गएपछि पुनः राति १ः३० बजेतिर घरमा बियर माग्न आएपछि फेरि बियरको बोतल दिएको दुर्गाले सुनाइन्। घरमा आएकालाई छतमा सुत्ने व्यवस्था भए पनि राकेश कुर्सीमै सुतेका थिए। केही समयपछि २ बजेको हाराहारीमा राकेश बियरको बोतल हातमा लिएर छोरी सुतेको कोठामा पुग्दा यो घटना हुन पुगेको उनले बताइन्।

घटनाबारे यथार्थ कुरा जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलीबाट खटेका सागर राणा र इलाका प्रहरी कार्यालय सिमरालाई बताउँदासमेत छोरीलाई कुटपिट गुर्नका साथै परिवारका अन्य सदस्यलाई पनि कहिले थुनामा राख्ने त कहिले छोड्ने गरेर शारीरिक र मानसिक यातना दिने गरेको उनले सुनाइन्। इलाका प्रहरी कार्यालय सिमरामा भेटिएकी निरुताकी आमा दुर्गादेवीले सत्य कुरा कसैले नपत्याएको बताइन्। थुनामा सोधपुछका नाममा सागर राणाले ‘राकेशसँग तेरो लसपस थियो र त सुतिस् होला भन्, तैंले मात्र राकेशलाई मार्न सक्दिनस्’ भन्दै छोरीलाई कुटपिट गरेको दुर्गादेवीको आरोप छ।

आफूलाई पनि प्रहरीले छोरीसँगै एक दिन थुनामा राखेको उनले बताइन्। त्यसैबेला प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको र निलडाम परेको आफूले देखेको उनले बताइन्। प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको देखेपछि आफूले भित्रै तेल मगाएर मालिससमेत गरिदिएको दुर्गादेवीले सुनाइन्। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले राकेशभक्तको हत्याबारे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताएका छन्।

थुनामा निरुतालाई कुटपिट गरेको आरोप परिवारले लगाइरहेका छन् त? भन्ने प्रश्नमा तिमिल्सिनाले यसबारे आफूलाई थाहा नभएको बताए। राकेशभक्तका दाइ राजेशभक्त पौडेलले सन्तोष खत्रीले भाइलाई चित्रको घरमा बोलाएर छतमाथि लगेर रक्सी खुवाई हत्या गरेको आरोप लगाएका छन्। हत्यारालाई लुकाउन नाबालिकालाई अघि सारिएको राजेशभक्तको दाबी छ।
अर्को समाचार
इटहरीमा जबरजस्ती करणी गर्ने चार जना पक्राउ
१९ मंसिर २०७९
•
१ मिनेट पाठ
इटहरीमा जबरजस्ती करणी गर्ने चार जना पक्राउ
इटहरीमा एक विवाहित युवतीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।




प्रहरीले इटहरी वडा नं. १० का २५ वर्षे विकास चौधरी, सोही ठाउँका २८ वर्षे मुकेश चौधरी, २० वर्षे धिरज चौधरी र ३१ वर्षे सरोज चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनाको समूहले वैशाख २७ गते राति गाउँमा भएको विवाहमा पुगेर फर्कदै गरेकी युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

पक्राउ पर्नेको समूहले ती युवतीलाई जबरजस्ती करणी गरेपछि ‘घट्ना बारेमा कसैलाई सुनाएमा युवती तथा युवतीको परिवारका सदस्यलाई मारि दिन्छौ’ भनी धाक धम्की दिएका थिए। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार डर–त्रासकै कारण ढिलो गरि पीडितले उजुरी दिएको खुलेको छ। उजुरी दिनासाथ सबैलाई पक्राउ गरि अनुसन्धान थालिएको खड्काले बताए। उजुरी दिन प्रहरी कार्यालयमा पीडित युवती आउँदा कुनै असुरक्षा हुन नदिने प्रहरीले बताएपछि उजुरी दिएको खुलेको छ। पक्राउ परेका विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरिएको छ।  डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ।  

जबरजस्ती करणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि हुने जबरजस्ती करणीका घटनाहरू उकालो लागेको प्रहरीले जनाएको छ। 
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस