काठमाडौं- पाँच दिनयता 'अघोषित नाकाबन्दी' जारी राखेर सीमामा कडाइ गर्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विभिन्न नाकामा पेट्रोलियम पदार्थ बोकेका ट्रक र ट्यांकर रोकेर राखेको छ।
पानीट्यांकी, जोगबनी, तिलाठी–कुनौली, जटही, भिट्टामोड, बैरगनिया, रक्सौल, सुनौली, कृष्णनगर, रुपैडिहालगायत तराईका मुख्य नाकामा एसएसबीले हजारौं ट्रक र ट्यांकर रोकेपछि जनजीवन अस्तव्यस्त भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भने पूर्वका सीमावर्ती नाकामा प्रदर्शन गर्नुका साथै 'टेन्ट' टाँगेरै धर्ना जारी राखेका छन्।
झापा संवाददाता राजु अधिकारीका अनुसार पेट्रोलियम पदार्थ बोकेका २ सय हाराहारीका ट्रक र ट्यांकर भारतीय सुरक्षा बलले भारतको पानीट्यांकी नाकामै रोकेर राखेको छ। 'सुरक्षा' को कारण देखाएर भन्सार प्रक्रिया पूरा भइसकेका ढुवानीका साधन रोकिँदा नेपाली बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभाव सुरु भइसकेको छ।
काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार आइतबार सिमेन्टको कच्चा पदार्थ क्लिंकर, कोदो, आलुलगायत सामग्री बोकेका नौवटा साधन नेपाल भित्रिएका छन्। सात ट्यांकर भने भारतीय आयल निगमले तेल नदिएपछि रित्तै फर्केका छन्।
भारतले पेट्रोलियम पदार्थ रोक्ने तर नेपाली बजारमा तत्कालै धेरै आवश्यक नरहेका सामानचाहिँ पठाइदिने गरेको सीमाक्षेत्रका स्थानीय बताउँछन्। 'दैनिक अत्यावश्यकीय सामग्री रोक्ने, तत्कालै नपठाउँदा हुने क्लिंकर र कोदोचाहिँ छाडिदिनाले भारतको नियत प्रस्ट बुझिन्छ,' भारत, बागडोग्रास्थित उत्तर बंगाल विश्वविद्यालयका नेपाली विद्यार्थी सौरभ पाठक भन्छन्, 'यो नेपाललाई गलाएर आफ्नो भनाइ मान्न बाध्य पार्ने खेल मात्रै हो।'
एसएसबीले सुरक्षा जाँचका नाममा लामो समय रोकेपछि कतिपय साधन पानीट्यांकी नाकाबाट सिलिगुडीतिरै फर्किन थालेका छन्। केही दिनअघिसम्म २ सयभन्दा धेरै साधन भएको पानीट्यांकीको मुख्य सडकमा अहिले संख्या घट्न थालेको छ। नेपालका लागि हिँडेका ती साधन यता आउन पाउने सम्भावना कमजोर भएपछि उतै फर्किएका हुन्। नेपाली सुरक्षा निकायले पनि त्यसको पुष्टि गरेको छ।
यसैबीच पूर्वी काँकरभिट्टा नाका अवरोध गरेको भन्दै प्रहरीले आइतबार कोचिलाका दुई नेतालाई पक्राउ गरेको छ। काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी शयामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा कोचिला ग्राभुर फ्रन्टका केन्द्रीय कोषाध्यक्ष सुन्दर राजवंशी र केन्द्रीय सदस्य त्रिलोचन राजवंशी छन्। सुन्दर भद्रपुर–१३ र त्रिलोचन मेचीनगर–११ निवासी रहेको प्रहरीले जनाएको छ।
जोगबनी ठप्प
विराटनगर संवाददाताका अनुसार संविधानबाट असन्तुष्ट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आइतबार विराटनगर भन्सार नाकामा धर्ना दिएका छन्। यादवसहितका नेता–कार्यकर्ता भन्सारको दुई नम्बर ढाटनजिक त्रिपाल टाँगेर धर्ना बसेका थिए।
मोर्चाका कार्यकर्ता दसगजा क्षेत्रको बाटोमा बस्न खोज्दा प्रहरीले बल प्रयोग गरेर हटाएको छ। प्रहरीको लाठीचार्जबाट तीन कार्यकर्ता घाइते भएको संघीय समाजवादी फोरम, मोरङका अध्यक्ष राजकुमार यादवले जानकारी दिए। भन्सारमा धर्ना दिन ठूलो संख्यामा मोर्चाका नेता–कार्यकर्ता पुगेपछि उक्त क्षेत्रमासुरक्षा तैनाथी बाक्लो पारिएको छ। दसगजा क्षेत्रमा झडप भएपछि सीमामा तैनाथ भारतीय सुरक्षाबल एसएसबीले पनि सुरक्षा मजबुत पारेको छ।
यता, विगत पाँच दिनदेखि जोगबनी नाकाबाट आयात–निर्यात रोकिएको छ। 'असुरक्षा' भन्दै भारतीय ट्रान्सपोर्ट र भन्सार एजेन्टले नेपालतर्फ सामान आयात गर्न नसकिने भन्दै पैठारीमा रोक लगाएका छन्।
राजविराज संवाददाता जितेन्द्रकुमार झाका अनुसार भारतीय सिमानासँग जोडिएका तिलाठी–कुनौली नाका र राजमार्गमा प्रदर्शनकारीको अवरोध जारी छ। सदरमुकाम राजविराजसहित विभिन्न ग्रामीण भेगसम्म अवरोध छ।
जिल्लाका तोपा, भारदह, कुनौली बजार, कञ्चनपुर, रुपनीलगायत ग्रामीण बजारमा आइतबार पनि प्रदर्शन भयो। स्थानीय राधेश्याम झा तथा शिवकुमार मण्डलको नेतृत्वमा प्रदर्शनकारीले तीन दलका शीर्ष नेता तथा गृहमन्त्रीको पुतला दहन गरेका थिए। उनीहरूले काग्रेस, एमाले, एमाओवादी तथा राप्रपा नेपाल सम्बद्ध सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएका छन्।
जनकपुर संवाददाता सुरेश यादवका अनुसार डेढ महिनायता अनिश्चितकालीन आमहडताल जारी राखेको मधेसी मोर्चाले तीन दिनयता भारतीय सीमामा रहेका भन्सार नाका ठप्प पारेको छ।
लामो समयसम्म तराई बन्द गर्दा पनि सुनुवाइ नभएको भन्दै गत शुक्रबारबाट आन्दोलनकारीले भन्सार नाकामा धर्ना सुरु गरेका हुन्। धनुषास्थित जटही र भररिया नाकामा आन्दोलनकारीले आइतबार तेस्रो दिन पनि धर्ना जारी राखेका छन्।
प्रहरी स्कर्टिङमा पूर्वी तराई तथा पहाडी जिल्लाबाट सवारीसाधन राजधानी आउजाउ गरिरहेकोमा शनिबार रातिदेखि आन्दोलनकारीले राजमार्ग क्षेत्रमा पनि धर्ना सुरु गरेका छन्। धनुषालगायत मधेसका स्वास्थ्यकर्मीले पनि औपचारिक रुपमा आन्दोलन घोषणा गरेका छन्। मधेसको अधिकार प्राप्त नहुन्जेलसम्म हातमा कालोपट्टी बाँधेर काम गरिने मधेस स्वास्थ्य सेवा समाजले विज्ञप्तिमार्फत जनाएको छ।
धर्ना जारी
महोत्तरी संवाददाता महेशकुमार दासका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेताले आइतबार तेस्रो दिन पनि महोत्तरीका भन्सार नाका ठप्प पारेका छन्।
नेपाल–भारत सीमास्थित दसगजामै टेन्ट हालेर उनीहरूले चौबीसै घन्टा धर्ना दिँदै आएका छन्। मूल भन्सार नाका भिटामोड, छोटी भन्सार नाका मटिहानी र सम्सी नाका अवरुद्ध छन्।
आइतबार भारतबाट नेपालतर्फ कुनै पनि मालवाहक गाडी आएका छैनन्।
जिल्लाका सीमासँग जोडिएको १३ गाविसको गोरेटो बाटो भएका नाका पनि आन्दोलनमा समर्थन जनाउँदै स्थानीयले आवतजावत अवरुद्ध गरेका छन्।
मोर्चा कार्यकर्ता प्रदर्शन
रौतहट संवाददाता मदन ठाकुरका अनुसार मधेसी मोर्चाले चौथो दिन पनि गौर, बैरगनियास्थित नाका ठप्प पारेका छन्। नाकाबाट दैनिक उपभोग्यदेखि पेट्रोलियम पदार्थसम्म रोकिँदा सर्वसाधारण आजित छन्। जिल्लामा डिजेल, मट्टीतेल, पेट्रोल, ग्यासलगायत सामग्री अभाव हुन थालेको छ।
संघीय मधेसी मोर्चा, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम गठबन्धन संर्घष समितिका कार्यकर्ता संयुक्त रुपमा बैरगनिया नाकाको दसगजास्थित पुलमा धर्ना बसेका छन्। आइतबारको धर्नामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, सभासद डिम्पल झा, संयुक्त लोकतान्त्रिक मोर्चाका संयोजक बाबुलाल साह, नेता अनिल सिंह, सद्भावना पार्टीका सेख जमसैद, फोरम लोकतान्त्रिकका अजय गुप्ता, संघीय समाजवादी फोरम नेपालका रामकिशोर यादव, योगेन्द्र यादवलगायत सहभागी थिए।
सर्लाही संवाददाता सन्तोष सिंहका अनुसार मोर्चा कार्यकर्ता जिल्लाका ११ वटा नाकामा धर्ना बसेका छन्। धर्नाकै कारण मलंगवा मुख्य नाकासहित भाडसर, मधुवनी, बारा उद्योरण, संग्रामपुर, त्रिभुवन नगर, सिमरा, खुटौना, पर्सा र बलरा नाका आइतबार पनि ठप्प रहे। मुख्य मलंगवा नाकामा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा धर्ना थालिएको छ। भाडसर, मधुवनी र बाराउद्योरण नाकामा तमलोपाका कार्यकर्ता बसेका छन्। संग्रामपुर, त्रिभुवननगर र सिमरा नाकामा तराई–मधेस सद्भावना पार्टीका कार्यकर्ताको धर्ना छ।
बुटवल संवाददाता शेरबहादुर केसीका अनुसार आइतबार बेलहिया नाकाबाट दुई पेट्रोल र दुई एलपी ग्यासका ट्यांकर प्रवेश गरेका छन्। भारतले गरेको अघोषित नाकाबन्दीले सीमा नाका बेलहियाबाट शनिबार मालवाहक गाडी ठप्प भएका थिए। भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले चार इन्धनका गाडीसहित केराका दुई, आलुका तीन र सिमेन्ट बोकेको एक गरी १० वटा मालवाहक गाडी आएको जानकारी दिए।
एसएसबीले गरेको अवरोधले सीमापारि सुनौलीदेखि ४० किलोमिटर दुरीसम्म मालवाहक गाडीको लाइन छ। अवरोधले भारतीय व्यापारीसमेत आक्रोशित छन्। उनीहरूले बाटैमा अलपत्र पर्दा फलफूललगायत सामग्री कुहिने समस्या भएकाले समस्या छिटो समाधान गर्न भारतीय पक्षलाई दबाब दिएको सुनौलीका एक व्यापारीले बताए। कपिलवस्तुको कृष्णनगर नाका पनि ४५ दिनदेखि बन्द छ। आन्दोलनकारीले नाका ठप्प पारेपछि आयात निर्यात हुन सकेको छैन।