काठमाडौं- चिकित्सा शिक्षासम्बन्धी माग राखेर ९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बनेको छ।लगातारको अनशनका कारण डा. केसीको शरीरमा इलेक्ट्रोलाइड, अक्सिजन र सेतो रक्तकोषिकाको मात्रा अत्यन्त न्यून भएकाले महत्वपूर्ण अंगको कार्यसञ्चालनमा दीर्घकालीन असर पर्ने अवस्था आएको चिकित्सकहरूले बताएका छन्। डा. केसीको स्वास्थ्य अवस्थालाई नजिकबाट हेरिरहेकी वरिष्ठ फिजिसियन डा. दिव्यासिंह शाहले उनको शरीरमा सेतो रक्तकोषको मात्रा निकै कम भएको जानकारी दिइन्।
'सेतो रक्तकोषको मात्रा निकै घटिसकेको छ, यो रोगप्रतिरोधात्मक क्षमताको सूचक हो,' उनले भने, 'अब पनि अनशन कायम राखे गम्भीर खालका संक्रमण भाइरल, फंगसजस्ता अवसरवादी संक्रमणको जोखिम उच्च छ,' उनले भनिन्। यस्ता संक्रमण प्रतिरोधी क्षमता कमजोर भएको समयमा विकास हुन्छ जसले गर्दा यसलाई नियन्त्रणसमेत गर्न कठिन हुन्छ।
चिकित्सकहरूका अनुसार सेता रक्तकोषिकाको संख्या सामान्य अवस्थामा पनि कम्तीमा ४ हजार ५ सय हाराहारीमा हुनुपर्छ। डा. केसीको शरीरमा ३ हजार हाराहारी मात्र छ। 'यस्तो अवस्थामा क्षयरोग र अन्य खालका भाइरसको पनि जोखिम हुन्छ,' उनले भनिन्, 'संक्रमण भइहालेको अवस्थामा झन् नियन्त्रण गर्न कठिन हुन्छ।'
डा. केसीले आफू होसमा छँदासम्म कुनै पनि औषधि र पोषक तत्व नदिनू भन्ने इच्छा राखेकाले चिकित्सकहरूले पानीका लागि नर्मल स्लाइन मात्रै दिइरहेका छन्। 'स्लाइन दिन र रगत निकाल्नका लागि क्यानुला जोड्न ठाउँ सार्दा र नमुनाका लागि पटकपटक रगत निकाल्न प्वाल बनाउँदा नाडीभरि संक्रमण भएर सुन्निएको छ,' उनले भनिन्, 'दुई दिनदेखि नमुना परीक्षणका लागि निकाल्न रगत निकाल्नसमेत मुस्किल भएको छ।' चिकित्सकहरूका अनुसार लगातार स्लाइन दिनका लागि ठाउँ फेरेर धेरै ठाउँमा प्वाल पार्दा भेनमा संक्रमण भएकाले रगत जमेर निकाल्नै कठिन छ। 'पानीबाहेक अरू लिन मान्नुहुन्न, शरीरका तन्तु चलाउन पुग्ने पोषक तत्वसमेत बाँकी छैन,' उनले भनिन्, 'यो निकै जोखिमपूर्ण अवस्था हो।'
डा. शाहका अनुसार उनको शरीरमा इलेक्ट्रोलाइड निकै कम हुँदा शरीरको कार्यप्रणाली पूरै कमजोर भएको छ जसले गर्दा अघिल्ला अनशनमा दिनभर जागै देखिने र भेटघाटमा आउनेलाई निरन्तर 'रेस्पोन्स' गर्ने डा. केसी यसपटक अधिकांश समय निदाइरहेका हुन्छन्। 'यो महत्वपूर्ण अंग सञ्चालनका लागि पनि चाहिने सूक्ष्म पोषक तत्व नपुगेको अवस्था हो,' उनले भनिन्, 'यो अवस्था जारी रहँदा मुटु, मिर्गौला, मस्तिष्कका तन्तुमा समेत असर पुग्ने गरी कुनै पनि दुर्घटना हुन सक्छ,' उनले भनिन्।
तेस्रो दिन नै सुरु भएको पिसाबमा किटोन बडी पोजेटिभ देखिने, पिसाबको मात्रा नै घट्ने, छाती र पूरै मांशपेशीको दुखाइ यसपटक झन् बढी देखिएको छ। 'अघिल्ला अनशनमा समयसमयमा मात्रै मेन्टल कन्फ्युजनको अवस्थामा गएको देखिन्थ्यो, अहिले अधिकांश समय ब्युँझँदा पनि कहाँ छु भनेजस्तो हुने (मेन्टल कन्फ्युजन) को अवस्था बढ्न थालेको छ,' डा. शाहले भनिन्।
डा. केसीले यस्तो कन्फ्युजन बढ्दै गएर बेहोस भए पनि अघिल्लो सम्झौता पूर्ण रूपमा कार्यान्वयन र चिकित्सक शिक्षा आयोग गठन माथेमा प्रतिवेदनअनुरूप सच्याउने गरी मात्रै सम्झौतमा पुग्न सहयोगीलाई आग्रह गरिसकेका छन्।
'गलाउने रणनीतिमा सरकार'
तराई–मधेसकेन्द्रित आन्दोलन र संविधानपछि भारतले सिर्जना गरेको समस्यामा मुलुकको ध्यान केन्द्रित भइरहेको अवस्थामा सरकार डा. केसीको अनशनलाई बेवास्ता गरेर गलाउने र टार्ने रणनीतिमा देखिएको भन्दै सहकर्मीहरू आक्रोशित भएका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले सरकारलाई अप्ठेरो परेको महसुस गरेर कडा कदम चाल्न अपनाएको संयमतालाई कमजोर नठान्न चेतावनी दिए। उनले सरकारी अधिकारीहरू खुला रूपमा छलफल गर्नुको सट्टा सम्झौता उल्लंघन गर्ने पुरानो निर्णयको बचाउमा लागेको बताए। '१४ दिनको अनशनपछि ११ बुँदे सम्झौता ४८ घन्टा नपुग्दै उल्लंघन गर्ने?' उनले भने, 'अहिले त्यसकै औचित्य पुष्टिमै सरकारको ध्यान छ।'
नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका पूर्वअध्यक्ष डा. रामचन्द सापकोटाले यसपटक स्वास्थ्य गम्भीर बन्दा पनि सरकारको रवैया 'डा. केसीलाई जेसुकै होस्' भन्ने चाहनाबाट निर्देशित भएको बताए। 'केही नेता र उच्च नेतृत्व राष्ट्रका अन्य समस्या पछाडि लागेको बहानामा यो विषयलाई महत्वहीन बनाउन माफियाकै योजनाअनुसार लागेका छन्,' उनले भने, 'तराई आन्दोलन ४६ दिनदेखि जारी छ, सरकारका मन्त्री नै सम्झौता उल्लंघनमा लागेका छन्।'
अघिल्लो अनशनका क्रममा डा. केसीका तर्फबाट वार्तामा संलग्न डा. सापकोटाले मुख्य सचिव सोमलाल सुवेदी र योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले सबैसँग कुरा गरेरै सहमतिमा आएको भन्दै कार्यान्वयनको प्रतिबद्धता गरे पनि सम्झौता गरेर फर्किएपछि टेलिफोनसमेत उठाउन छोडेको बताए। 'सर (डा. केसी) का तर्फबाट वार्तामा सहभागी कसैलाई पनि फेस गर्ने हिम्मत उहाँहरूमा छैन,' उनले भने, 'जिम्मेवारी लिनुपर्ने मन्त्रीहरू त सम्बन्धन खोल्न चाहने र माथेमा प्रतिवेदन तुहाउन खोज्नेको इसारामा नाचिरहेका छन्,' उनले भने।
उनले राजनीतिक आन्दोलनको बहानामा सरकारले सिर्जना गरेको सातांै अनशनलाई ओझेलमा पार्ने र उपलब्धि नै समाप्त गर्ने खेलमा सरकार लागेको बताए। डा. केसी निकट चिकित्सकका अनुसार चिकित्सक संघ, वीर र धरानका रेजिडेन्ट चिकित्सकलाई समेत छुट्टै फोनमार्फत सरकारी अधिकारीले आन्दोलन नचर्काउन आग्रह गरिरहेका छन्।
'अब कडा आन्दोलन'
राजनीतिक वातावरण प्रतिकूल रहेका बेला सरकारलाई झन् अप्ठेरो पर्ने भन्दै सचेत देखिएका चिकित्सकहरूले अब धेरै दिन धैर्य गर्न नसक्ने निष्कर्ष निकालेका छन्। आइतबारदेखि ओपिडी सेवा छाडेका त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकका प्रतिनिधि र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का प्रतिनिधिले चिकित्सक संघलाई कडा आन्दोलनमा जान दबाब दिइरहेका छन्। उनीहरूले संघले खुट्टा कमाए रेजिडेन्ट चिकित्सकले कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
संघका अध्यक्ष डा. झाले सकेसम्म सरकार जिम्मेवार भएर आओस् भन्ने अपेक्षा र धैर्यता राखेको बताए। 'लटरपटर पारेर सम्झौता गर्ने र कार्यान्वयन नगरे पनि हुन्छ भन्ने सोचले अब काम गर्दैन,' उनले भने, 'हाम्रो धैर्य टुट्न नदेऊ।'