काठमाडौं— भूकम्पको समयमा उत्कृष्ट सेवा प्रदान गर्ने चार स्वास्थ्यकर्मी र एक अस्पताललाई सम्मान गरिएको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा क्षती पुगेको र स्वयं घाइते भएको अवस्थामा समेत व्यक्तिगत स्वार्थलाई नहेरी निरन्तर घाइतेको सेवामा जुटेका व्यक्ति तथा संस्थालाई 'अर्थक्वेक हिरोज्' अवार्डबाट सम्मान गरिएको हो।
भूकम्पमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई मूल्यांकन गर्दै स्वास्थ्य खबरपत्रिकाले उनीहरूको सम्मानार्थ अवार्ड समर्पित गरिएको हो । पत्रिकाको पाँचौ वार्षिकोत्सवका अवसरमा आयोजत कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले उत्कृष्ट ब्यक्ति तथा संस्थालाई अवार्ड हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा मन्त्री अधिकारीले विपत्को घडीमा आफ्नो ज्यानलाई समेत जोखिममा राखेर घाइतेको उपचारमा जुट्ने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरेर सेवाको उचित सम्मान भएको बताए । 'संकटको उक्त अवस्थामा समग्र स्वास्थ्यकर्मी र संस्थाले प्रशंसनिय काम गरेका थिए,' उनले भने, 'अझ त्यो घडीमा भोक, निद्रा केही नभनी निरन्तर सेवा गर्नेलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको छ ।' उनले सम्मानीत व्यक्ति तथा संस्थालाई आगामी दिनमा समेत उत्कृष्ट सेवा गर्न शुभकामना दिएका छन् ।
भूकम्प प्रभावित विभिन्न जिल्लाबाट उत्कृष्ट अस्पताल, उत्कृष्ट चिकित्सक, उत्कृष्ट नर्स, उत्कृष्ट स्वास्थ्यकर्मी र उत्कृष्ट जनस्वास्थ्यकर्मी छानेर अवार्ड प्रदान गरिएको हो । उत्कृष्टको अवार्ड अस्पतालतर्फ धादिङ जिल्ला अस्पताल, डाक्टरमा रसुवा जिल्ला अस्पतालका डाक्टर तेजेन्द्र साउद, जनस्वास्थ्यकर्मीमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जीवन कुमार मल्ल, नर्समा सिन्धुपाल्चोक जिल्ला अस्पतालकी सिनियर नर्स ज्ञानी खड्का र स्वाथ्यकर्मीमा सिन्धुपाल्चोक भिमटार स्वास्थ्यचौकीका इन्चार्ज उमेशप्रसाद चौधरी रहेका छन् ।
अवार्ड छनौटका लागि विभिन्न तीनवटा कमिटी गठन गरिएको थियो । स्वास्थ्य मन्त्रालयका पूर्व महानिर्देशकहरु, चिकित्सकहरु, स्वास्थ्यकर्मी तथा स्वास्थ्यका विभिन्न सरोकारवालाहरुको समितिले तीन महिनाको अध्ययनबाट उत्कृष्ट छनोट गरेको पत्रिकाका प्रकाशक अनिल न्यौपानेले जानकारी दिए । उनका अनुसार अवार्डका लागि व्यक्ति र संस्थातर्फ विभिन्न मापदण्डहरु तोकिएको थियो ।
व्यक्तिका हकमा गृहजिल्लाबाहिर रहेर सेवा गरेको, आपतकालीन समयमा विज्ञताभन्दा फरक खालको सेवा समेत दिएको, परिवार तथा आफ्ना समस्यालाई प्राथमिकतामा नराखी सेवा गरेको, सीमित स्रोत÷साधनमा असीमित सेवा दिएको, आफैं स्रोत÷साधन जुटाएर सेवा गरेको लगायतका मापदण्ड थियो भने संस्थाका लागि भवन भत्किएको वा सेवा दिन नसक्ने संरचना भए पनि तत्काल व्यवस्थापन गरी सेवा सुचारु गरेको, स्वास्थ्यकर्मीहरू तत्काल परिचालन गरेको, औषधी÷उपकरणको तत्काल व्यवस्थापन गरेको लगायतका मापदण्ड थिए।