झापा- भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाली पक्षले मागे जति इन्धन दिन फेरि आनाकानी गरेको छ। केही दिनयता लगातारजसो इन्धन उपलब्ध गराउँदै आएको आइओसीले बुधबार फेरि नाकाबन्दी जारी रहेकै शैलीमा थोरै इन्धन दिएको छ।
झण्डै सातायता दिनहुँ कम्तीमा १५ इन्धनका ट्यांकर भित्रिरहेको काँकडभिट्टा नाकाबाट बुधबार जम्मा ६ वटा मात्रै भित्रिए। ३ वटा डिजेल, २ वटा पेट्रोल र एउटा हवाई इन्धनको बुलेट काँकडभिट्टा आएको छ। 'अरु दिनभन्दा बुधबार एकदमै न्यून इन्धन दिएको छ,' मेची पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष नवीन कोइरालाले भने, 'इन्धन कम दिनुको कुनै कारण बताएको छैन।' उनका अनुसार काँकडभिट्टाबाट सिलिगुडीस्थित आइओसीको डिपोमा बुधबार २५ नेपाली ट्यांकर इन्धन लिन पुगेका थिए। तर, उसले ६ वटामा मात्रै भरेर पठाएको छ।
नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै धर्ना र अवरोध नभएका नाका पनि ठप्प पारेको भारतीय पक्षले केही दिनयता अवरोध हटाएको छ। इन्धन बोकेका ट्यांकर दैनिक पठाइरहेको थियो। तर, बुधबार अति न्यून मात्रै पठाएपछि नेपाली पक्ष फेरि संशकित बनेको छ। 'माथिको आदेश भन्दै थोरै इन्धन भरेको सूचना आएको छ', नेपाल आयल निगम स्रोतले भन्यो, 'तर आइओसीले आधिकारिक रुपमा केही भनेको छैन।'
नेपाल आयल निगमको जिल्लास्थित कार्यालयले भने यसलाई कडाइ मानेको छैन। 'पहिले पनि कुनै बेला थोरै ट्यांकर आउँथे, यो नियमित प्रक्रिया हो', आयल निगम चारआलीका प्रमुख कमलेश अर्यालले भने, 'त्यसैले यसलाई अन्यथा लिन हुँदैन।' उनले नाकाबन्दीअघि पनि कुनै दिन दुई तीन वटा मात्रै इन्धनका ट्यांकर आउँथे। 'त्यहाँ स्टक सकिएर पनि त्यसो भएको हुनसक्छ', उनले भने, 'अहिले नै केही भनिहाल्न सकिन्न।'
भारतीय पक्षले काँकडभिट्टा नाकामा केही दिनयता आवागमन पनि पूर्ववत सहज पारेको छ। 'केही दिनयता पूर्वी नाका पूरै सहज भएको छ', काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने। तर, बुधबारबाट इन्धन दिन फेरि आनाकानी गरेपछि नेपाली पक्ष संशकित भएको होृ।
जोगबनीबाट पनि घट्यो
विराटनगर संवाददाता विनोद सुवेदीका अनुसार जोगबनी नाकाबाट बुधबार ५ ट्यांकर डिजेल भित्रिएको छ। नाकामा कुनै अवरोध नभए पनि पेट्रोलियम बोकेका ट्यांकर जा"चपासको पंक्तिमा नभएकाले मंगलबारको तुलनामा बुधबार थोरै भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार मंगलबारजस्तै बुधबार पनि बिनाअवरोध आयात–निर्यात भयो। अवरोधका कारण तीन दिनदेखि रोकिएका पेट्रोलियम र अन्य मालवाहक सवारी नाका खुलेस"गै एकै पटक नेपाल प्रवेश गर्दा मंगलबार धेरै आयात भएको उनले बताए।
मंगलबारदेखि नाकामा भारतीय पक्ष र आन्दोलनरत मोर्चा कसैले पनि अवरोध नगरेको ढुंगानाले जानकारी दिए। 'जोगबनी नाकाबाट नियमितजस्तै आयात भइरहेको छ, कहीं–कसैको अवरोध छैन,' ढुंगानाले भने। मंगलबार नेपाल भित्रिएका ट्यांकर तेल खन्याएर फेरि भारत जानुपर्ने भएकाले हरेक दिन इन्धन बोकेका ट्यांकरको चाप नहुने उनले बताए।
पेट्रोलियमस"गै अन्य मालवाहक सवारी पनि नाकाबाट निर्बाध नेपाल भित्रिरहेका छन्। बुधबार बेलुकासम्म १ सय २० मालवाहक सवारीसाधन भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। मंगलबार सा"झसम्म जोगबनी नाकाबाट ८८ ट्यांकर इन्धनसहित २ सय ११ मालवाहक सवारी भित्रिएका थिए।
इन्धनका गाडी अझै आएनन्
बुटवल संवाददाता शेरबहादुर केसीका अनुसार बेलहिया नाकाबाट बुधबार पनि पेट्रोलियम बोकेका गाडी पर्याप्त आउन सकेनन्। बेलहिया नाकाबाट डेढ सय गाडी आएकामा एलपी ग्यास बुलेट २, पेट्रोल १ र डिजेलका ३ ट्यांकर आएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ। 'नाका खुलेको छ, अझै पनि इन्धनका गाडी पर्याप्त आउन सकेनन्,' रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने।
मंगलबार २ सय ५० सवारी बेलहिया नाकाबाट आएकामध्ये ३ डिजेल, २ पेट्रोलका ट्यांकर र ५ ग्यासका बुलेट भित्रिएका थिए। इन्धनका गाडी बैतालपुर डिपोमा लोड हुन्छन्। भारतीय पक्षले इन्धन भर्न आनाकानी गरेको छ। नाका खोल्नेे तर इन्धन रोक्ने भारतीय रणनीति देखिएको भैरहवा भन्सार कार्यालयका एक अधिकृतले बताए।
बैतालपुर डिपोको ३५ ट्यांकर डिजेल र १५ ट्यांकर पेट्रोल लोड गर्न सक्ने क्षमता छ। मंगलबारदेखि ४/५ ट्यांकर मात्रै लोड गरेको जानकारी पाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।
'इन्धन रोक्ने भारतीय रणनीति बुझेर केन्द्रीय तहबाट नै समस्या समाधानका लागि पहल गर्नुपर्छ, स्थानीय स्तरबाट भएका प्रयासले मात्रै खुल्दैन,' नाका नियमित गराउन निरन्तर खटेका ढकालले भने।
गौरिफन्टाबाट इन्धन ट्यांकर भित्रिए
धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार गौरिफन्टा नाका हुँदै बुधबार २६ ट्यांकर इन्धन भित्रिएको छ। यसअघि दैनिक २–३ ट्यांकर मात्रै तेल दिँदै आएकोमा बुधबार ४ लाख ७२ हजार लिटर इन्धन भित्रिएको हो। ग्यासका ४ बुलेट भित्रिएका छन्।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलले बुधबार २४ ट्यांकर डिजेल र २ ट्यांकर पेट्रोल भित्रिएको बताए। उनका अनुसार २० हजार लिटर क्षमताका १८ र १२ हजार लिटर क्षमताका ६ गरी २४ ट्यांकर डिजेल र २० हजार लिटर क्षमताका २ ट्यांकर पेट्रोल भित्रिएको छ। यसअघि केन्द्रिय कार्यालयको निर्देशन भन्दै १० प्रतिशतभन्दा बढी ट्यांकर भर्न नमानेको मेनथरा डिपोले मंगलबारदेखि आवश्यक मात्रामा तेल दिन थालेको हो। मंगलबार २२ ट्यांकर तेल भित्रिएको थियो। 'यही परिणाममा तेल भित्रिए ३/४ दिनमै इन्धन सहज बिक्री वितरण हुनेछ,' प्रमुख पौडेलले भने।
सुदूरपश्चिममा दिनहुँमा औसत ४० हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल खपत हुने गरेको छ। भारतले आवश्यक मात्रामा तेल दिन थालेपछि कोटा प्रणाली हटाइएको उनले जानकारी दिए।
गौरीफन्टा नाकाबाट अन्य मालवाहक सवारी पनि सहज रूपमा आउन थालेको त्रिनगर प्रहरी कार्यालयका इन्चार्ज जीवन गुरुङले बताए। उनका अनुसार बुधबार ४ दर्जन बढी मालवाहक सवारीसाधन भित्रिएका छन्।