सवारी दुर्घटनामा घाइते भएका वीरगन्ज महानगरपालिकाको वडा नं. २४ का बहुअरी घर घर भएका वडा नवनिर्वाचित सदस्य ३७ वर्षीय कृष्ण कुमार यादव (सन्त)को मंगलबार राति निधन भएको छ।
गत जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको कान्तिलोकपथ जिपलाइनस्थित सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवको १८ दिनपछि उपचारको क्रममा निधन भएको हो।
कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो। उक्त गाडि दुर्घटनामा वीरगन्ज २४ का वडा सदस्य यादवसहित अन्य पनि ५ जना घाइते भएका थिए। भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना रहेका यादवलाई मंगलबार राति थप उपचारको लागि काठमाडौं लैजाँदै निधन भएको हो। वीरगंज महानगरपालिका नगरकार्यपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै शोकब्यक्त गरेको छ।
‘वीरगन्ज महानगरपालिका नगरसभा सदस्य श्री कृष्ण प्रसाद यादव सवारी दुर्घटनामा परी चितवन शिक्षण अस्पताल आइसियुमा उपचार भएको र थप उपचारकै क्रममा काठमाडौं उपत्यकाको मेडिसिटी अस्पतालमा उहाँको असामयिक रुपमा भएको निधनप्रति वीरगन्ज महानगरपालिका गहिरो दुख ब्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ,’ नगरप्रमुख राजेशमान सिंहद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।
शोक जनाउदै बिहीबार महानगरपालिकाका अत्यावश्यक बाहेक सेवाहरु बन्द रहने सूचनामा जनाइएको छ। श्रीमती, एक छोरी र एक छोराका अभिभावक रहेका यादवको मृत्युले बहुअरी गाउँ शोकमग्न भएको छ।