पाल्प-पाल्पाको झडेवा–२ मा भएको जीप दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ। चारैजनाको घटनास्थलमै मृत्यु भएको हो। २४ जना घाइते छन्,उनीहरूको उपचारको लागि सदरमुकाम तानसेन लगिएको छ।
तानसेनबाट झडेवातर्फ जाँदै गरेको लु १ ज १९२२ नम्बरको जीप दुर्घटना भएको हो। घटनास्थलमा प्रहरी चौकी माथा र प्रहरी चाैकी प्रभासको टोली उद्धारको लागि पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप करिव ५०० मिटर तल खसेको छ। जिपको छतमा समेत यात्रु खचाखच थिए।

घटनास्थलमा उद्धारमा खटिएका स्थानीय शिक्षक राजन अधिकारीको फेसबुक स्टाटस।

तस्विरःराजन अधिकारीको फेसबुकबाट