काठमाडौं-प्राविधिक समस्याका कारण रोकिन पुगेको स्मार्ट (विद्युतीय) लाइसेन्स आगामी पुस ३ गतेबाट सर्वसाधारणको हातमा पर्ने भएको छ ।
यातायात व्यवस्था विभागले कागजी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाई विस्थापित गर्दै गत २० गतेदेखि नै स्मार्ट विद्युतीय लाइसेन्स वितरण गर्ने बताएको थियो तर छपाइदेखि अन्य प्राविधिक र आन्तरिक समस्या देखिएपछि वितरण कार्य रोकिन पुगेको थियो ।
विभागले लाइसेन्स वितरणका क्रममा देखिएका सबै समस्या समाधान गर्दै २० गतेदेखि लाइसेन्स फर्म भरेका र ट्रायल पास गरेका व्यक्तिलाई पुस ३ गतेबाट लाइसेन्स वितरण गर्ने भएको हो । तत्काललाई बागमती यातायात कार्यालय एकान्तकुनाबाट मात्र स्मार्ट लाइसेन्स वितरण हुने विभागका प्रवक्ता वसन्त अधिकारीले बताए ।
'सबै समस्या हल गरेर स्मार्ट लाइसेन्स छपाइको काम भइरहेको छ,' उनले भने, 'अब ३ गतेबाट ट्रायल पास गरेकाहरुको हातमा स्मार्ट लाइसेन्स पर्नेछ ।' उनले गत २० गते फर्म भरेकाहरुलाई ३ गते स्मार्ट लाइसेन्स दिने र त्यसपछिका दिनमा भरेकालाई क्रमशः ४ गतेपछि बाँड्दै जाने बताए ।
सरकारी घोषणाअनुसार नै २० गतेदेखि स्मार्ट लाइसेन्स बनाउन बागमती यातायात कार्यालय एकान्तकुना पुगेका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएका थिए । सेवाग्राहीले नयाँ लाइसेन्सका लागि फर्म भर्ने र परीक्षा दिने कार्य भने जारी राखेका छन् । २० गते यता मात्र झण्डै ६ सय जनाले ट्रायल पास गरिसकेकाले कार्यालयले उनीहरुलाई प्राथमिकतामा राख्दै ३ गतेबाट स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ ।
बागमती कार्यालयबाट अहिले नयाँ लाइसेन्स लिनेहरुले मात्र स्मार्ट लाइसेन्स पाउने छन् । नवीकरण र प्रतिलिपि बनाउनेहरुले भने पुरानै कागजी लाइसेन्स पाउने छन् । स्मार्ट लाइसेन्स छपाइका लागि हाल ३ वटा मेसिन ल्याइएको छ । तीमध्ये एउटा उपत्यकाबाहिर लहानमा रहेको छ । विभागले अहिलेलाई उक्त मेसिन काठमाडौँमै ल्याएर सेवा दिने तयारी गरेको छ ।
'पहिला बागमती कार्यालयमा वितरण गरिने स्मार्ट लाइसेन्सलाई व्यवस्थित र प्रभावकारी बनाउँदै जाने र त्यसपछि मात्र उपत्यकाबाहिर जाने तयारी भएको छ,' अधिकारीले भने । उनका अनुसार बागमतीमा अहिले हरेक दिन एक हजार हाराहारीमा लाइसेन्स वितरण हुँदै आइरहेको छ । हालको एउटा मेसिनले एक दिनमा जम्मा २ सय वटा मात्र लाइसेन्स छपाइ गर्ने भएकाले सुरुआती अवस्थामा तीन वटा मेसिनलाई यहीँबाट चलाउन खोजिएको हो ।
विभागले लाइसेन्स छपाइदेखि अन्य पूर्वाधार निर्माणको जिम्मेवारी भारतको मद्रास सेक्युरिटी प्र्रिन्टर्स प्रालिलाई दिएको छ ।
उक्त कम्पनीले सम्झौताअनुसार काम नगरी कार्ड छपाइ नगर्दा दुई साताअगाडि लाइसेन्स वितरण कार्य रोकिन पुगेको थियो । तयारी बेगर नै हतारमा लाइसेन्स वितरण गर्न खोज्दा प्रशासनिकदेखि अन्य विभिन्न समस्या आइपरेपछि विभागले प्राविधिक समस्याका कारण लाइसेन्स वितरण कार्य केही दिनलाई रोक्नु परेको जनाएको थियो ।
विभागले यस कार्यका लागि एसियाली विकास बैंकको १५ करोड सहयोग लिएको छ । यो लाइसेन्सको अवधि १० वर्षको हुनेछ । स्मार्ट लाइसेन्स बैंकको एटिम जस्तै डिजिटल प्रविधियुक्त छ । जुन सहजै पर्समा राखेर बोक्न सकिन्छ । उक्त लाइसेन्स घामले नखुइलिइने, पानीले नभिज्ने र सहजै नभाँचिने गरी बनाइएको विभागको दाबी छ ।
'यो लाइसेन्सको सबैभन्दा राम्रो विशेषता भनेको कार्डमा रहेको मोबाइलको सिमकार्डजस्तै सुरक्षात्मक चिप्स हो । चिप्समा चालकका सम्पूर्ण विवरणहरुसँगै सवारीका विवरणसमेत समावेस गरिएको हुन्छ,' अधिकारीले बताए ।
स्मार्ट लाइसेन्सको सुरक्षा र अवधि लामो समयसम्म हुने भएपछि विभागले उक्त लाइसेन्स लिँदा लाग्ने पैसालाई समेत केही बढाउने तयारी गरेको छ । तत्कालका लागि भने पुरानै शुल्क सात सय रुपैयाँमा लाइसेन्स वितरण हुनेछ । लाइसेन्सको रकम बढाउन कानुन संसोधन गर्नुपर्ने भएकाले तत्काललाई पुरानै शुल्क लिन लागिएको महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।