सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको चौतारा बन्देउ खडक खण्डको साँगाचोकमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ। ३८ घाइते छन्।मृत्यु हुनेमा थुम्पाखर-४ का ५५ वर्षीय इन्ख्याधोज भण्डारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विश्व अधिकारीले बताए।
घाइतेहरुलाई चाैतारा र धुलिखेल अस्पताल लगिएको छ। धुलिखेल लगिएकामध्ये १० जनाको अवस्था गम्भीर छ।
क्षमताभन्दा बढी यात्रु बोकेर तीव्र गतिमा गुडेको बस सडक छेउको माटोको ढिस्कोमा ठोक्किएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
बिहीबार साँझ पाँच बजे चौताराबाट बाह्रविसे जाँदै गरेको बा२ प ४८१५ नम्बरको बस सडकमा पल्टिएको सिएसपी विश्व अधिकारीले जानकारी दिए।