ब्लड चाहिए बालकुमारी जानुस्
०७ पौष २०७२
•
५ मिनेट पाठ
ब्लड चाहिए बालकुमारी जानुस्
काठमाडौं-तपाईंका बिरामीलाई रगत चाहियो ? राजधानीको भृकुटीमण्डपतिर होइन, अब ललितपुर, बालकुमारीतिर दगुर्नुस् । किनकि, सोमबारबाट ब्लडबैंक त्यतै सरेको छ ।

३३ वर्षदेखि राजधानीको भृकुटीमण्डपबाट बिरामीलाई चौबिसै घन्टा रक्तसञ्चार सेवा उपलब्ध गराउँदै आएकाले स्वास्थ्य क्षेत्रमा ब्लड बैंक र भृकुटीमण्डपको नाम पर्यायझैं थियो । तर, भृकुटीमण्डपबाट केही वर्ष रगत पाइँदैन ।

वैशाखमा आएको भूकम्पले भृकुटीमण्डपको ब्लड बैंकको मुख्य भवनमा क्षति पु¥याएपछि टेन्टबाट सेवा दिँइदै आएको थियो । त्यहाँ पुरानो भवन भत्काई नयाँ भवन बनाउन समय लाग्ने र टेन्टबाट सेवा दिन समस्या भएपछि नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपमा सञ्चालन गर्दै आएको ब्लड बैंक केही वर्षका लागि बालकुमारीमा सारिएको जनाएको छ ।

बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार सेवा भवनबाट सोमबारबाटै सेवा सुरु गरिएको केन्द्रले जनाएको छ ।

ब्लड बैंकका सिनियर मेडिकल अफिसर डा. प्रकाशकुमार यादवले सोमबारबाट भृकुटीमण्डपको सेवालाई बालकुमारी सारिएको जानकारी दिए । उनले सबै सेवा एकैपटक सार्दा उपचारमा रहेका बिरामीलाई समस्या पर्ने भएकाले केही दिनलाई भृकुटीमण्डपबाट पनि आंशिक सेवा दिइने जनाए ।

'आकस्मिक अवस्थाका बिरामीलाई समस्या नपरोस् र मानिसले सहज रुपमा सेवा पाऊन् भनेर केही दिन आंशिक सेवा भृकुटीमण्डपबाट पनि चालु रहनेछ,' उनले भने, 'भृकुटीमण्डपबाट आकस्मिक अवस्थाका बिरामीलाई मात्र रगत उपलब्ध गराइनेछ भने अन्यलाई बालकुमारीबाट ।'

भृकुटीमण्डपमा नयाँ भवन बनेपछि ब्लडबैंक सेवा पुनः पुरानै ठाउँमा फर्कने उनले बताए ।

रेडक्रसले प्राकृतिक विपत्तिका बेला सहज रूपमा रगत उपलब्ध गराउन भन्दै बालकुमारीमा अत्याधुनिक आकस्मिक रक्तसञ्चार केन्द्र निर्माण गरेको छ । उक्त केन्द्र ब्रिटिस रेडक्रसको सहयोगमा ३ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । भवन ९ म्याग्निुच्युड स्केलको भूकम्प आए पनि नभत्कने बताइएको छ ।

रेडक्रसका अनुसार बालकुमारीको उक्त भवनमा बिनाविद्युत ७२ घन्टासम्म सञ्चालन हुन सक्ने सोलार पावर जडान गरिएको छ । उक्त समयमा पनि विद्युत आपूर्ति नभए विकल्पका रूपमा वैकल्पिक जेनेरेटरले पावर दिन सक्नेछ । केन्द्रका ब्लड चिस्याउने रेफ्रिजरेटर युरोपबाट ल्याइएको जनाइएको छ । सात वटा कन्टेनर जोडेर बनाइएको उक्त केन्द्रमा १ हजार ६ सय पिन्ट रगत मौज्दात राख्न सकिनेछ ।

भवनको भित्री भागमा मौसमअनुसार तापक्रम सन्तुलन गर्न सक्ने तथा ल्याबमा रक्त परीक्षण र भण्डारण गर्ने अत्याधुनिक यन्त्र स्थापना गरिएको रेडक्रसले जनाएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यÔ प्रेमसागर कर्माचार्यले ब्लड बैंक जहाँ सरे पनि बिरामीले खोजेको समयमा सहज रुपमा रगत पाउनुपर्ने बताए ।

'भवन सरेको बहानामा बिरामीले रगत नपाउने अवस्था आउनु हुँदैन,' उनले भने, 'व्यवस्थापकीय कमजोरीका कारण उपत्यकामा सधैँ रगत अभाव भइरहेको समयमा भवन सरेको भन्दै फेरि रगत अभाव सिर्जना गरिनु हुन्न ।'

ब्लड बैंकको तथ्यांकअनुसार उपत्यकामा दैनिक ३ सय ५० पिन्ट हाराहारी रगत माग हुने गरेको छ । तर पछिल्ला दिनमा मागका आधारमा भन्दा कम मात्रामा दैनिक रगत संकलन भइरहेको छ । भारतको नाकाबन्दी र चिसो मौसमका कारण उपत्यकामा अहिले मुस्किलले दैनिक औसतमा २ सयदेखि २ सय ५० पिन्ट रगत संकलन हुन्छ ।

रेडक्रसले आगामी दिनमा रगतको अभाव नहुने गरी कार्य अगाडि बढाउने बताएको छ । रेडक्रसले ०२३ सालबाट ब्लड बैंक स्थापना गरी सेवा दिन सुरु गरेको हो । सुरुआती दिनमा वीर अस्पतालबाट सेवा दिँदै आएको भए पनि २०३९ बाट भृकुटीमण्डपमा स्थापित ब्लड बैंकबाट सेवा दिँदै आएको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस