बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे
०९ साउन २०७९
•
३ मिनेट पाठ
बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे
ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरवका शिवराम खड्का छोरीलाई कलेज पुर्‍याउन र लिन दैनिक चार किलोमिटरको सडक ओहोरदोहोर गर्छन्। तर सडक अस्तव्यस्त हुँदा उनले ओहोरदोहोरका क्रममा निकै सास्ती खेप्नुपरेको छ। पहिलेपहिले टीकाभैरवसम्म नै कलेज बस आउने गरेको तर अहिले प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहेका कारण चापागाउँ चौकीसम्म मात्रै बस सेवा सञ्चालन हुँदै आएको उनले जनाकारी दिए। जसले गर्दा उनलाई मात्र नभएर कैयौं विद्यार्थी, कर्मचारीलगायत स्थानीयलाई आवागमनमा कठिनाइ हुने गरेको छ।  




बिहान ६ बजे नै कलेज जानुपर्ने भएकाले छोरीलाई एक्लै जंगलको बाटो पठाउन नसकिएको, आफैं लिन र छाड्न जाने गरेको खड्काले बताए। कहिलेकाहीँ केही महत्वपूर्ण काम पर्दा पुर्‍याउन र लिन जान नभ्याउँदा छोरी हिँडेरै जानेआउने गरेको उनको भनाइ छ। ‘एकातिर कलेज जान बिहान राति नै उठेर हिँडेर जानुपर्ने हुन्छ, यस्तो धेरै पानी झमझम परिरहेको हुन्छ। कति दिन त चिप्लो बाटोमा लडेर फर्किनुपरेको छ। अर्कोतिर यस्तो घाममा हिँड्दा आफूलाई थकाइ, रिँगटा लागेर पढ्न र काम गर्नसमेत नसकेको अवस्था छ,’ उनले भने।  

बन्दै गरेकाले महिनौंसम्म सडक अवरुद्धहुँदा कामको सिलसिलामा चापागाउँ, ठेचो हिँडेरै आउनेजाने गरेको टीकाभैरव र लेलेका स्थानीय बासिन्दा बताउँछन्। यस क्षेत्रका सबै सडकमा बस चल्दैनन्। चापागाउँस्थित सडक ढलान हुँदै गर्दा रुटको गाडी नचलेकाले हिँडेरै आउनजान बाध्यतामा परेको पैदलयात्रीहरूको गुनासो छ। ‘आआफ्नो सवारीसाधन हुनेलाई त रुटको गाडी चल्दा के भो र नचल्दा के हुने हो र, मार पर्ने भनेको हामीजस्ता बुढाबुढी र बच्चाहरूले साह्रै कठिनाइ भोग्नुपरेको छ। बर्खा होस् वा हिँउद, आज लगाएर गएको कपडा भोलि हेरिसक्नु हुन्न,’ चापागाउँकी निशा देसार बताउँछिन्, ‘हिउँदमा धुलोले र बर्खामा हिलोले गर्दा सर्वसाधारणलाई परेको मर्का कसले बुझ्छ र !’  

हिउँदमा धुलोले गर्दा बाहिर कपडा सुकाउनै नहुने, काममा जाँदा लगाएको कपडा भोलि लगाउनै नहुने, अव्यवस्थित बाटोले गर्दा नयाँ सवारीसाधन एक वर्षपछि कवाडीलाई बुझाउनुपर्ने, धुवाँधुलोले गर्दा एक महिनामा नै तीनपटक अस्पताल जानुपर्ने जस्ता धेरै समस्या देसार बताउँछिन्। गोदावरी नगरपालिका प्याङगाउँदेखि चापागाउँको चौकीसम्मको सडक ढलान भइरहेकाले डेढ महिनाभन्दा लामो समयदेखि मुख्य सडक बन्द छ। सडक बन्द हुँदा लखनखेलबाट आउने रुटका सवारीसाधन वडा १० सम्म जान सकेको छैनन्। मुख्य सडक नै बन्द हुँदा समेत घन्टौंसम्म स्थानीयवासी जाममा पर्ने साथै जामका कारणचक्रपथ निस्कन घन्टौं लाग्ने गरेको छ। सडक निर्माण गर्नै पर्ने भए पनि वैकल्पिक सडकको राम्रो व्यवस्था नहुँदा आवतजावत गर्न गाह्रो भएको गुनासो स्थानियको छ।  

सडक रोक्न एक महिनाभन्दा बढी दिन भइसकेको छ भने अझै केही समय लाग्ने देखिन्छ। गोदावरी नगरपालिका मात्रै नभएर ललितपुरका तीन गाउँपालिका र मकवानपुरको दुई गाउँपालिकाका बासिन्दाहरूलाई पनि ठुलै समस्यामा परेको चापागाउँका स्थानिय बासिन्दा कर्ण देसार बताउँछिन्। प्याङगाउँको माथिल्लो क्षेत्र ढलान सकिएर खुलाइ सकेको तर तल्लो क्षेत्र अझै समय ढलान गर्न लागे पनि त्यसको सेटिङका लागि पनि समय लाग्ने देसारको भनाइ छ। केही वर्षपहिले ढोलाहिटी–लेले सडक विस्तार सुरु भएकोमा प्याङगाउँ–चापागाउँ चौकीसम्मको खण्डमा मात्रै ढलान गर्न लागिएको हो। विगतमा कालो पत्रे गरेको केही समयमा नै उप्केको देसारले बताइन्।  

गोदावरी नगपालिकाका प्रमुख गजेन्द्र महर्जनले सडक निर्माणका क्रममा सर्वसाधारणले दुःख पाए पनि यो सडक दीर्घकालीन रूपमा राम्रो बनाउन लागिपरेको बताए। वैकल्पिक सडक हिँड्दा नागरिकले दुःख पाइरहेको र आफूलाई थुप्रै गुनासो आइरहेको पनि बताए। बर्खाको समयमा धेरै नै पानी चाहिने हुँदा वर्षामा काम गर्नु परेको उनको भनाइ छ। चापागाउँको भित्री बाटो बज्रबाराही हुँदै झरुवासीको धापाखेलबाट नागदह निस्किएर सातदोबाटो र लगनखेल जान सकिने महर्जनले बताए।  

यो सडक दक्षिण ललितपुरका स्थानीय ओहोरदोहोर गर्ने मुख्य सडक पनि हो। तर सडक साँघुरो र खाल्डाखुल्डी हुँदा दक्षिण ललितपुरवासीले सास्ती खेप्ने गरेका छन्। उनीहरूले सडकका खाल्डाखुल्डी पुर्न मात्रै नभएर कालोपत्र र चौडा हुनेपर्ने माग राख्दै आएका छन्। ललितपुरलाई हेटौंडासम्म जोड्ने सबैभन्दा छोटो सडकखण्ड कान्ति लोकपथ पनि यही सडकअन्तर्गत पर्छ। अन्य स्थानमा सडक चौडा पार्ने काम सकिएपछि त्यस क्षेत्रमा भने पुराना बस्ती र सडकको क्षेत्रफल कम हुँदा चौडा पार्ने काम अघि बढेको छैन।  

(प्रशिक्षार्थी पत्रकार)  
अर्को समाचार
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
२९ असार २०८३
•
३ मिनेट पाठ
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन्। उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्रे सम्पन्न भएपछि यस वर्षको बर्खायाममा ससवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन्।




गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको उक्त सडक सञ्चालनमा आएपछि सदरमुकाम बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा सहज, छोटो र सुरक्षित बनेको छ। विगतमा वर्षामा सडक हिलाम्मे हुने, सवारीसाधन चिप्लिने, गाडी फस्ने तथा यात्रा गर्न घण्टौँ लाग्ने अवस्था थियो। हिउँदमा धुलो उड्ने समस्या हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सडक आसपासका बस्तीसमेत प्रभावित हुने गरेका थिए।

अहिले अस्फाल्ट प्रविधिबाट कालोपत्रे भएपछि स्थानीयले राहत पाएका छन्। सडक राम्रो भएपछि वर्षायाममा पनि सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् भने दैनिक आवतजावत छरितो बनेको छ। दोर्दी गाउँपालिका–४ नौथरसैराका स्थानीय लक्ष्मण गुरुङले सडक कालोपत्रे भएपछि बर्खायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिएको बताए।

विगतमा हिलो र चिप्लोपनका कारण उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्ने गरेको स्मरण गर्दै उनले अहिले मोटरसाइकल तथा साना सवारीसाधनबाट १५–२० मिनेटमै आवतजावत गर्न सकिने भएको बताए। 'पहिला बर्खामा सडकको अवस्था खराब हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्थ्यो। गाडी चिप्लिने, हिलोमा फस्ने र कतिपय अवस्थामा यात्रुले झरेर बाटो मिलाउनुपर्ने अवस्था थियो। अहिले सडक राम्रो भएपछि समयमा नै गन्तव्यमा पुग्न सकिन्छ', उनले भने।

बेँसीसहर नगरपालिका–११ रामचोक बेँसीका ईश्वरराज सेढाईले पनि सडक सहज भएपछि दैनिक आवतजावतमा ठुलो सुविधा पुगेको बताए। घर र कामको सिलसिलामा यही सडक हुँदै नियमित यात्रा गर्ने उनले पहिले घर पुगेर फर्किनसमेत धेरै समय लाग्ने गरेकामा अहिले छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था बनेको बताए।

'पहिला जानलाई लाग्ने समयले अहिले गएर आएर काम सक्न सकिने अवस्था छ। समयको सदुपयोग भएको छ', उनले भने। सडक सहज भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन, आवश्यक सामग्री ल्याउन तथा सदरमुकाम आवतजावत गर्न पनि सहज भएको उनको भनाइ छ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्रे भएपछि स्थानीयलाई ठुलो राहत पुगेको जानकारी दिए। सडक निर्माण सम्पन्न भएपछि पालिका आउने–जाने र सदरमुकाम बेँसीसहरसम्मको यात्रा सहज, छोटो र सुरक्षित बनेको उल्लेख गर्दै उनले वर्षायाममा हुने जोखिमसमेत हटेको बताए।

सडक पूर्वाधारको विकासले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायत अन्य विकासका क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ। 'यो सडक दोर्दीको विकासको एउटा महत्वपूर्ण उदाहरण हो', उनले भने।

पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले सडक निर्माण सम्पन्न भई अहिले नियमित रूपमा सञ्चालनमा रहेको बताए। उनका अनुसार गत मङ्सिरको अन्तिमतिर कालोपत्रे सम्पन्न भएको हो। प्रदेश सरकारको रु २६ करोड २९ लाख लगानीमा निर्माण भएको ७।१ किलोमिटर सडकको ठेक्का कन्टेक निर्माण प्रालि काठमाडौंले पाएको थियो।

कम्पनीसँग विसं २०७७ असार ३ गते सम्झौता भएको थियो। कोभिड–१९ लगायतका कारण निर्माण प्रभावित भएपछि तोकिएको समयमा काम सम्पन्न हुन सकेन। त्यसपछि पटकपटक म्याद थप गरिएकामा पछिल्लो पटक थपिएको अवधिभित्र निर्माण सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको हो।

सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य संरचना निर्माण गरिएको छ। सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच सहज भएको छ। सदरमुकामसँगको सम्पर्क सहज बनेसँगै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस