रूखले किच्यो डाक्टर बन्ने सपना
०९ साउन २०७९
•
२ मिनेट पाठ
रूखले किच्यो डाक्टर बन्ने सपना
विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन्। भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे। ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए। डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो।  




तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ। आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो। विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्तीर्ण भएपछि एमबिबिएस पढ्ने तयारीमा थिए। ‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्रै होइन, देशका दिनदुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने।

काठमाडौंबाट भक्तपुर आउने क्रममा भक्तपुरको सल्लाघारीमा गुडिरहेको बा२ख ३५८४ नम्बरको मिनीबसमाथि अचानक रूख ढलेर बज्रिँदा उनको निधन भएको हो। त्यही नै आइपुगेको बा६१प ३९७८ नम्बरको स्कुटरमाथि पनि सोही रूख बज्रियो। रूख ढल्दा दुवै सवारीसाधनमा सवार गरी तीनजनाको मृत्यु भएको छ। घटनामा विशेषसहित चाँगुनारायण नगरपालिकाका ५५ वर्षीय न्हुछेमान बखद्यो र सर्लाहीका ४५ वर्षीय राजकुमार भुजेलको पनि ज्यान गुमेको हो। भक्तपुरका विशेष र सर्लाहीका राजकुमार बसमा सवार थिए भने न्हुछेमान स्कुटीमा गुडिरहेका थिए।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर–१ सल्लाघारीस्थित चोंगा गणेशस्थान सडक छेउको सल्लाको रूख अचानक ढल्दा काठमाडौंदेखि कमलविनायकसम्म चल्ने बस सल्लाघारीबाट दुधपाटीतर्फ आउँदै गरेको र दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको स्कुटरमाथि बज्रेको थियो। रुख बज्रिँदा दुवै सवारीसाधन कच्याकुचुक भएका छन्। परिसरका  

सूचना अधिकृत राजु पाण्डेका अनुसार घटना आइतबार मध्याह्न सवा १२ बजेतिर भएको हो। घटनामा परी नौजना घाइते भएका छन्। उनीहरूको जिल्लाका विभिन्न अस्पतालमा उपचार  

भइरहेको छ।  घटनास्थलमा अनुसन्धान अधिकृतसहितको उद्धार टोली पुगेर प्रारम्भिक अनुसन्धानपछि ढलेको रूख र किचिएका सवारीसाधन हटाएको थियो। यसका लागि डोजर, जेसिबीलगायत साधन लगिएका थिए। घटनाका कारण उक्त मार्ग भएर भक्तपुर–काठमाडौं जाने यातायातसमेत केही घन्टा रोकिएका थिए। घटनास्थल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारीबाट माथि भक्तपुरको दूधपाटी जाने बाटोमा रहेको छ। यो ठाउँमा सल्लाका थुप्रै रूख छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले मिनीबास काठमाडौंबाट भक्तपुर दुधपाटी आउँदै गरेको र स्कुटर भक्तपुरबाट काठमाडौं जाँदै गरेको अवस्थामा रूख बज्रिएको थियो। उनका अनुसार मिनीबसमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रु थिए। पछाडिको भाग किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल छन्।
अर्को समाचार
भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने
२० पौष २०८०
•
२ मिनेट पाठ
भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने
भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।




आव २०८०/८१ मा भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यता (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण प्रदान गर्ने सम्बन्धमा आवेदन पर्न आएकामध्ये अन्तरवार्ताबाट १०१ जना विद्यार्थीहरू छनोट भएको कार्यक्रममा बताइयो। 

छनोट हुनेमा भनपा वडा नं. १ का ३ जना, भनपा २ का १५ जना, भनपा ३ का ११ जना, भनपा ४ का १५ जना, भनपा ५ का १० जना, भनपा ६ का १६ जना, भनपा ७ का १२ जना, भनपा ८ का ७ जना, भनपा ९ का ४ जना र भनपा १० का ८ जना रहेको जनाइयो। नगरपालिकाले विगत वर्षहरूदेखि नै आर्थिक अभावका कारण पढाइबाट वञ्चित गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा शैक्षिक ऋण वितरण गर्दै आएको छ।

 कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बौद्धिक जनशक्ति उत्पादन गरी देश विकासमा महत्त्वपूर्ण योगदान पुयाउन नगरपालिकाअन्तर्गत विभिन्न विषयका शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताए। नपाले शिक्षा क्षेत्रको विकासमा गरेको लगानी उपलब्धिपूर्ण भएको बताउँदै उनले कामदार वर्गको हितमा काम गर्ने नीतिअनुरूप भनपाले काम गरिरहेको बताए। शारीरिक र बौद्धिक श्रमले देश विकासमा टेवा पुर्‍याउने बताउँदै प्रमुख प्रजापतिले युवा जनशक्ति बिदेसिँदा र यहाँ प्राप्त स्रोतसाधनको उचित प्रयोग नहुँदा देश विकासमा झन् झन् पछाडि पर्दै गएको बताए। 

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरूले अध्ययन गर्ने सबै विषयहरू समान ढंगले महत्त्वपूर्ण भएको बताए। नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले सबै विषयहरू अध्ययन अध्यापनको व्यवस्था नपाबाट सञ्चालित कलेजहरूमा गरिरहेको बताउँदै शैक्षिक ऋणलाई ऋणको रुपमा नभई नगरबासी विद्यार्थीहरूलाई नपाले प्रदान गरेको सुविधाको रुपमा लिई यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राखे। वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्वले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सम्बन्धी व्यवस्था, शैक्षिक ऋण माग गर्न आवश्यक प्रक्रिया, ऋणको सीमा र सर्त, ऋणको साँवा ब्याज असुली आदिबारे प्रस्ट पारे।

जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस