काठमाडौं- भारतको नाकाबन्दीका कारण देशैभर इन्धनको अभाव छ। नेपाल आयल निगमले सार्वजनिक तथा निजी सवारी साधनलाई मागको आधारमा इन्धन उपलब्ध गराउन सकेको छैन। तर, काठमाडौंका सडकमा भने सवारी साधनको चाप थेगिनसक्नु छ। उपत्यकाका अधिकांश स्थानमा जाम हुन थालिसकेको छ। इन्धनको सहज आपूर्ति नहुँदा र निगमले पेट्रोल पम्पबाट मागको आधारमा सवारीसाधनलाई डिजेल तथा पेट्रोल उपलब्ध नगराउँदा पनि कसरी गुडिरहेका छन् त यति धेरै सवारीसाधन?
महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गतकै ट्राफिक प्रहरी भन्छन्, 'कालोबजारीबाट आएको पेट्रोल तथा डिजेल हालेर नै सडकमा सवारी चाप बढेको हो।' ट्राफिक प्रहरीको यो भनाइलाई निगमबाट वितरण हुने इन्धनको तथ्यांक र उपत्यकाका सडकमा गुड्ने सवारीको तथ्यांकले पनि पुष्टि गर्छ।
निगमले काठमाडौंमा सामान्य अवस्थाको तुलनामा अहिले २० देखि २५ प्रतिशत मात्र इन्धन भित्रिरहेको बताएको छ। तर, ट्राफिक महाशाखाको तथ्यांकअनुसार उपत्यकाका सडकमा ७५ प्रतिशतभन्दा बढी सवारीसाधन गुडिरहेका छन्। इन्धन वितरणको तुलनामा सवारीसाधन बढी गुड्नु र जाम हुनुको कारण विभिन्न माध्यमबाट भित्रिएको डिजेल तथा पेट्रोल नै रहेको महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्द स्विकार्छन्।
'निगमका पम्पबाहेक अन्य विभिन्न माध्यमबाट सवारी साधनमा इन्धन हालिएका कारण नै सडकमा सवारी चाप बढेको हो,' उनले भने, 'सवारी चाप बढेर जाम नै हुने अवस्था आएका कारण नै हामीले मोटरसाइकलमा तीन जना राख्न पाउने र छतमा यात्रु राख्न दिएको छुट हटाइसकेका छौँ।'
निगमले इन्धन वितरण कम गरे पनि पछिल्ला केही दिनयता उपत्यकाका मुख्य स्थान नयाँ बानेश्वर, थापाथली, चाबहिल, कोटेश्वर, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, महाराजगन्ज, पुतलीसडक, जमललगायत स्थानमा जाम हुन थालिसकेको छ। कार्यालय समयमा त ती स्थानमा सामान्य अवस्थामा झैँ लामै जाम हुन थालिसकेको छ।
महाशाखाको तथ्यांकअनुसार उपत्यकाका सडकमा अहिले निजी तथा सार्वजनिक गरी ५ लाखभन्दा बढी सवारीसाधन गुडिरहेका छन्। बाग्मती अञ्चलमा साना–ठूला गरी ८ लाख सवारी दर्ता छन्। तीमध्ये एक लाखजति पुराना भएका कारण 'ग्राउन्डेड' भएको अनुमान छ। निगमले दैनिक ५० हजार लिटर पेट्रोल र ३ लाख ५० हजार लिटर डिजेल मात्रै वितरण गरिरहेको छ। जबकि सामान्य अवस्थामा ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार डिजेलको माग छ।
निगमले निजी सवारी साधनलाई पेट्रोल निकै कम वितरण गरे पनि उपत्यकाका सडकमा गुड्ने सवारीको चाप भने निजीकै बढी देखिने महाशाखाले जनाएको छ। 'भाडाका सवारी साधनलाई इन्धन धेरै उपलब्ध गराइएको छ र उनीहरू लामो लाइनमा बसेर जसोतसो डिजेल हालेर चलाइरहेका छन्,' महाशाखाकै एक ट्राफिकले भने, 'तर निजी सवारी साधनले कालोबजारीबाट ३ सय देखि ५ सय रुपैयाँसम्म हालेर सवारी चलाइरहेका छन्।' उनले उपत्यकाका सडकमा गुड्ने निजी सवारीसाधनमध्ये आधाभन्दा बढीले कालोबजारीकै तेल हालेर गुडाइरहेको बताए।
काठमाडौं भित्रिने प्रमुख नाकाबाट सार्वजनिक सवारी साधनका छत तथा भित्र राखेर ड्रमका ड्रम डिजेल तथा पेट्रोल भित्रिरहँदा पनि गृह प्रशासनले त्यसलाई रोक्न सकेको छैन। अवैध रुपमा भित्रिएका त्यस्ता इन्धनलाई प्रहरीले व्यक्तिगत प्रयोजनका लागि ल्याइएको भन्दै भित्याउन छुट दिइरहेको छ। जस्का कारण १ सय ४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य व्यक्ति र टोलपिच्छे २ सयदेखि ५ सय रुपैयाँसम्म छ। तर, उपत्यकामा पछिल्लो समय तस्करीको तेल भित्रिने क्रम ह्वात्तै बढ्दा प्रतिलिटर ६ सय रुपैयाँसम्म बिक्री हुने पेट्रोलको भाउ घटेर २ सयमा झरिसक्यो र झर्ने क्रम जारी छ।
नाकाबाट भित्रिने इन्धनलाई नरोके पनि प्रहरीले सरकारी मूल्यभन्दा बढी रकम लिएर इन्धन बेच्ने केही व्यक्तिलाई भने पक्राउ गरिरहेको छ। नाकाबन्दीपछि हालसम्मको अवधिमा प्रहरीले डेढलाख लिटरभन्दा बढी कालोबजारीको इन्धन नियन्त्रणमा लिएको जनाएको छ।
नाकाबन्दी सुरुसँगै चितवनको ठोरी, झापाको काकडभिट्टा, भैरहवाको सुनौलीलगायत नाका हुँदै नेपालमा इन्धन तस्करी सुरु भएको थियो। मधेस आन्दोलनका कारण अवरोध भएका राजमार्गमा सुरक्षा एस्कर्टिङसहित उपत्यका भित्रिने सवारीसाधन यात्रुभन्दा बढी इन्धनका ग्यालेन र ड्रमले भरिँदासमेत तस्करी र कालोबजारी नियन्त्रणको जिम्मेवारी पाएको गृह प्रशासन मौन नै थियो।
गृह मन्त्रालय मौन बस्ने मात्र होइन कालोबजारीको विषयमा उपप्रधानमन्त्री कमल थापाले त खुलेरै प्रशंसा गरेका थिए। थापाले एक सार्वजनिक कार्यक्रममै निजी व्यापारीलाई गाली गर्दै कालोबजारीका कारण उपत्यकाका सडकमा सवारीसाधन गुड्न पाएको भन्दै कालोबजारी गर्नेलाई धन्यवाद दिएका थिए।