तेह्रथुम–तेह्रथुम र सङखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात भए पछि जनजीवन कष्टकर भएको छ। जिल्लाको हिमाली क्षेत्र गुफापोखरी, मंगलबारे चौकी, मुडेशनिश्चरे र मकालु क्षेत्रमा हिमपातले चौपायादेखि मानिसलाई बाहिर निस्कन समस्या हुँदा जनजीवन कष्टकर बनेको हो।बाक्लो हिमपातका कारण मानिसहरु बाहिर निस्कन नसकिएको गुफापोखरीका माया खनालले जानकारी दिइन। हिमपात १५ सय मिटर तलसम्म झरेको छ। बाक्लो हिउ परे पछि स्थानीयदेखि बटुवा, पर्यटकसमेत समस्यामा परेको टुटेदेउरालीका छिरिङ लामाले बताए।
उता हिमपातकै कारण धरान–खाँदबारीसम्मको यातयात सञ्चालनमा कठिनाइ भएको छ। यस क्षेत्रमा विगतका वर्ष भन्दा ढिलोमात्र हिमपात भएपछि बुधबार बिहानैदेखि हिउँ खेल्न धरान ,बिराटनरलयायतका मुख्य शहरका नागरिक बसन्तपुर आउन थालेका छन्।