काठमाडौं- सरकारले राजधानीकै व्यस्तमध्ये तीनकुने–माइतीघर सडक विस्तार गरी देशकै चौडा आठ लेन सडक बनाएको दुई वर्षसम्म त्यसमा रहेका दुइटा पुल भने चार लेनकै छन्। तीनकुनेस्थित बागमती र बिजुलीबजारस्थित धोबीखोला पुल साँघुरै रहँदा आठ लेनबाट आएका सवारी थुप्रिएर जाम हुने समस्या छ। पुल बनाउन अझै तीनचार वर्ष लाग्ने सरोकारवाला निकायको भनाइ छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार दुईमध्ये बागमतीमा पुल बनिसक्न ०७५ असारसम्म लाग्नेछ भने धोबीखोलामा ०७४ पुस। लेनअनुसारको पुल नबन्दा ८ लेन सडकबाट आउजाउ गरेका सवारी पुलमा पुगेपछि लामो समयसम्म जाममा पर्नुपर्ने समस्या छ।
आठ लेन पुलको डिजाइन पास भइनसकेकाले भनिएकै मितिमा पुल निर्माण सक्न पनि समस्या हुने सम्भावना छ। आयोजना प्रमुख मनोज श्रेष्ठका अनुसार पुलको डिजाइन र निर्माण जिम्मा एउटै निर्माण कम्पनीलाई दिइएकाले छिट्टै काम अगाडि बढ्नेछ। उनले बागमतीको पुलको जिम्मा पप्पु कन्स्ट्रक्सन र धोबीखोलाको जेई कन्स्ट्रक्सनलाई दिइएको बताए।
'दुवै कम्पनीले सम्झौताअनुसार समयमै काम सक्नुपर्छ,' उनले भने, 'दुवै स्थानमा पुल बनिसकेपछि ८ लेन सडकमा सहज रुपमा आवतजावत गर्न ०७५ असारपछि पाइनेछ।' उनले पुलको डिजाइन बनाइसकेको र पास हुन मात्र बाँकी रहेको जनाए।
आयोजनाले तीनकुने–माइतीघर सडकमा पर्ने बागमती र धोबीखोलामा नेपालमै पहिलोपटक नयाँ डिजाइनका पुल निर्माण गर्न लागेको छ। दुवै नदीमा 'नेटवर्क आर्क ब्रिज' निर्माण गर्न लागिएको हो।
आयोजना प्रमुख श्रेष्ठका अनुसार बागमती नदीमा बनाउन लागिएको पुलको लागत रकम २१ करोड रुपैयाँ छ भने धोबीखोलामा बनाउन लागिएको पुलको लागत रकम भने १२ करोड छ। धोबिखोलाको पुल भन्दा बागमतीको पुलको लम्बाई निकै लामो हुने भएकाले लागत रकममा फरक परेको हो। बागमतीमा बनाइने पुलको लम्बाई ८५ मिटरको र धोबीखोलाको ५० मिटरको हुनेछ।
'हामीले नेपालमा पहिलोपटक यस्तो प्रकारको पुल बनाउन लागेका हौँ,' उनले भने, 'नयाँ डिजाइन भएकाले डिजाइनको सबै पक्ष राम्रोसँग हेर्न भनेर तेस्रो पक्ष अनुगमनका लागि बंगलादेशमा पठाइएको छ।' उनले बंगलादेशबाट पुलको डिजाइन पास भएर आउनेबित्तिकै यहाँबाट पनि पास गरेर निर्माणका काम अगाडि बढाइने बताए।
दुई दशमलव ६ किलोमिटर लामो उक्त सडक खण्डका दुवै नदीमा हाल भएको पुलभन्दा उत्तरतर्फ एक–एक र दक्षिणतर्फ एक–एक गरी चारवटा पुल निर्माण हुनेछन्। चारवटै पुल दुई–दुई लेनको हुने र पुलको चौडाइ १२ मिटरको हुनेछ। चारवटै पुलमा सवारी गुड्ने दुई लेनसहित फुटपाथ र साइकल लेन पनि हुनेछ।