हिमपातले जनजीवन कष्टकर
०६ माघ २०७२
•
७ मिनेट पाठ
हिमपातले जनजीवन कष्टकर
जुम्ला- हिमपातका कारण मध्य र सुदूरपश्चिमका हिमाली भेगको जनजीवन कष्टकर बनेको छ। हिमपातले उच्च हिमाली क्षेत्र सेताम्य बनेका छन्। हिमपातका कारण हुम्लाको तापक्रम माइनस ८ डिग्री सेल्सियस पुगेको छ। जसले गर्दा हिमाली क्षेत्रका बासिन्दाको दैनिक जीवनमा समस्या पर्न थालेको छ।हिमाली क्षेत्रमा मंसिरदेखि हिउँ पर्ने भए पनि यसपटक भने माघ पहिलो सातामा मात्रै हिउँ परेको छ। हिमपातका कारण चिसो बढेसँगै कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, भेरीको जाजरकोट तथा सुदूरपश्चिमको बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुराको लेकाली तथा हिमाली गाविसको जनजीवन प्रभावित भएको छ।

जुम्ला र मुगुमा मंगलबार दिउँसो तथा हुम्ला, डोल्पा र कालिकोटमा भने साँझदेखि मात्रै हिमपात भएको हो। जुम्लामा झन्डै डेढ फिट हिउँ जमेको छ। मुगु सदरमुकाम गमगढीमै एक फिट र हुम्ला, डोल्पा, कालिकोटमा भने आधा फिटसम्म हिउँ जमेको छ। बझाङको सदरमुकाम चैनपुर, काँडा, दाँतोला, मेलबिसौना, धमेना, सुनिकोट, रिलु, मस्टा, दहबगर, भामचौर, सुर्मा, दौलिचौर, सैनपसेला, लेकगाउँ, स्याडी, देउलेक, कपलसेरीलगायतका हिमाली गाविसमा हिउँ परेको छ। यी गाविसमा हिमपातका कारण अत्यधिक चिसो बढेपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले बताए। मंगलबार बिहानैदेखि बादल लागेका कारण सौर्य ऊर्जाद्वारा सञ्चालित सञ्चारमाध्यम बन्द भएका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको चाप न्यून रहेको कर्मचारी बताउँछन्। मुगुका डोल्फु, किम्री, पुलु, माँग्री, रोवा, रुगा, रारा, पिना, खमाले, सेरी, श्रीनगर, जिमा, फोतु, धैनकोटलगायतका हिमाली गाविसमा भारी हिमपात भएको छ।

अघिल्लो वर्षभन्दा दुई महिना ढिलो गरी सुरु भएको हिमपातले मुगुका सम्पूर्ण शैक्षिक संस्था पूर्णरूपमा बन्द भएका छन्। लगातार हिमपात भएपछि निजी तथा सामुदायिक विद्यालयले सार्वजनिक सञ्चार माध्यममार्फत् हिमपात नरोकिँदासम्म विद्यालय बन्द गरिएको सूचना जारी गरेका छन्। त्यसैगरी माथिल्लो हुम्लाका ६ गाविसमा अत्याधिक हिमपात भइरहेको छ।

जाजरकोट सदरमुकाम खलंगाको छेउमा रहेका केही गाउँ तथा पैंक, झाप्रा, रामीडाँडा, नायकबाडा, रोकायगाउँ, अर्छानी, पजारु, टालेगाउँ, ढिमे दह, मजकोट, कोर्ताङलगायतका दर्जन बढी गाविसमा बाक्लो हिमपात भएको छ। त्यस्तै डोल्लाको माथिल्लो क्षेत्रमा भारी हिमपात भए पनि सदरमुकाम दुनैमा भने सामान्य हिउँ परेको छ। हिमपातका कारण कर्णालीमा हवाईजहाज चल्न सकेका छैनन्। सडक सञ्जालसँग जोडिएका जिल्लामा यातायात सेवासमेत बन्द छन्। कालिकोट सदरमुकाम मान्ममा समेत हिउँ परेको छ। सदरमुकाममा पहिलोपटक हिउँ परेको स्थानीयले बताए।

हिमपातका कारण सडक अवरुद्ध भएपछि बाजुराको कोल्टी क्षेत्रका ११ गाविसको आवतजावत ठप्प भएको छ। मार्तडी र पाण्डुसैनको बीचमा पर्ने पोरखे लेकमा भारी हिमपातका कारण बाटो अवरुद्ध भएको हो। जसका कारण ११ गाविसको आवतजावत पूर्णरुपमा ठप्प भएको प्रहरीले बताएको छ। हिमपातले सामान लिएर कोल्टी हिँडेका खच्चड, भेडा भरिया बीचबाटोमै अलपत्र परेका छन्। बाक्लो हिमपातका कारण सामानसहित रोकिनुपरेको भेडा व्यवसायी पेमा भोटेले बताए। चिसोसँगै वर्षाले बाटो चिप्लो भएपछि आवतजावत समेत रोकिएको छ। जिल्लाका रुगिन, बिच्छ्या, जुकोट, दहकोट, कैलाशमाण्डौ, मानाकोट, काँडा, कोल्टी, पाण्डुसैन, आटीचौरलगायतका अधिकांश गाविसका लेकाली भेगमा भारी हिमपात भइरहेको स्थानीयले जनाएका छन्।

धेरैपछि भएको वर्षा र हिमपातले किसानलाई भने राहत पुगेको छ। आकाशे पानीको भरमा लगाएको खेती सप्रिने किसान बताउँछन्। सिँचाइबिना छरेका गहुँ, जौ बाली र तरकारी खेतीलाई राहत पुगेको छ।

पूर्वी पहाडमा पनि हिउँ

तेह्रथुम संवाददाता भगीश्वर लिम्बूका अनुसार तेह्रथुम र संखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात भएपछि जनजीवन कष्टप्रद भएको छ। जिल्लाको हिमाली क्षेत्र गुफापोखरी, मंगलबारे चौकी, मुढेशनिश्चरे र मकालु क्षेत्रमा हिमपातले गाईवस्तुदेखि मानिससम्मलाई बाहिर निस्कन समस्या भई जनजीवन कष्टपद बनेको हो।

बाक्लो हिमपातका कारण मानिस बाहिर निस्कन नसकेको गुफापोखरीकी माया खनालले जानकारी दिइन्। हिमपात एक हजार पाँच सय मिटर तलसम्म झरेको छ। बाक्लो हिउँ परेपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेत समस्यामा परेको टुटेदेउरालीका छिरिङ लामाले बताए। उता, हिमपातकै कारण धरान–खाँदबारीसम्मको यातयात सञ्चालनमा कठिनाइ भएको छ।

यस क्षेत्रमा विगत वर्षभन्दा ढिलो हिमपात भएकाले पनि बुधबार बिहानैदेखि हिउँ खेल्न धरान, विराटनरलयायत पूर्वका मुख्य सहरबाट सर्वसाधारण बसन्तपुर आउन थालेका छन्।

(डिबी बुढा–जुम्ला, जनक केसी–जाजरकोट, सुमन मल्ल–मुगु, पवित्र शाही–कालिकोट, जनक शाही–हुम्ला, जगत खड्का–बझाङ र कृष्ण ओली–बाजुरा)
अर्को समाचार
वर्षा र हिमपातले जनजीवन कष्टकर
२९ मंसिर २०७६
•
३ मिनेट पाठ
वर्षा र हिमपातले जनजीवन कष्टकर
रामेछाप – शुक्रबार बिहानदेखि करिब २४ घण्टा भएको वर्षा र हिमपातले जिल्लाको उच्च भेगको जनजीवन कष्टकर बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारण मारमा परेका छन्।

जिल्लाको दोरम्बा, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका उच्च क्षेत्रमा अत्यधिक हिमपात भएको स्थानीयले बताएका छन्। ती गाउँपालिकाका अग्ला डाँडाहरूमा यतिबेला हिउँले ढपक्क ढाक्नुका साथै घरआगनमै हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। हिमपातले अत्यधिक चिसो बढेको र घरबाट बाहिर निस्कन सक्ने अवस्था नै नरहेको कुभुकास्थलीकी अनिता बस्नेतले बताइन्।

दोरम्बा गाउँपालिकाको शैलुङ क्षेत्र, डडुवा र गोश्वारा, उमाकुण्ड गाउँपालिकाको गुम्देल, कुभुकास्थली, बाम्ती, प्रिती, गुप्तेश्वर र गोकुलगंगा गाउँपालिकाको बेताली, चुचुरे, रस्नालु र ठोसेका अग्ला भूभागमा बाक्लो हिमपात भएको छ। शैलुङ क्षेत्रमा ४/५ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्।

हिउसँगै चिसो पनि अत्यधिक बढेको गुम्देलकी शिक्षिका सची कार्की बस्नेतले बताइन्। निरन्तरको वर्षाले सेर्दिङ, क्यामा र लाच्छोरका अग्ला भूभागमा बाक्लो हिमपात भएको उनले जानकारी दिइन्।चिसोका कारण लेकक्षेत्रमा शुक्रबारदेखि पठपाठनसमेत प्रभावित बनेको छ। निरन्तरको वर्षा र हिमपातका कारण जिल्लाको लेक क्षेत्रको जनजीवन प्रभावित भए पनि अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोषकुमार भट्टराईले बताए।

ओखलढुंगामा हिमपात

ओखलढुंगाको माथिल्लो भेगमा शुक्रबार बेलुकादेखि हिमपात भएको छ। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगालगायत क्षेत्रमा हिमपात भएको हो। हिमपातसँगै रातभर झरी भएकाले चिसो बढेको छ। चिसोका कारण जिल्लाको उच्च भेगका स्थानीयको जनजीवन कष्टकर बनेको छ।

अधिकांश बालबालिका, ज्येष्ठ नागरिक र विद्यार्थी चिसोले प्रभावित भएका छन्। विद्यार्थीलाई पठनपाठनमा समेत समस्या भएको ग्रेस एकेडेमी ठाँडेका अध्यक्ष हरिकुमार मगरले बताए। ठाँडे र पत्ताले सडक क्षेत्रमा हिउँ जमेकाले ओखलढुंगा हुँदै सोलुखुम्बु सल्लेरी चल्ने सवारीसाधन आवागमनमा समस्या भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस