काठमाडौं– नागरिक अगुवाहरुको आग्रहमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेष डा. गोविन्द केसीले सोमबारबाट घोषित अनशन दुई सातालाई स्थगित गरेका छन् ।डा. केसीले पूर्वघोषित अनशनको समयमा प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्दै दुई नागरिक अगुवाको आग्रह शिरोपर गर्दै दुई साताका लागि अल्टिमेटम अवधि थप गरेको बताए ।
अनशन स्थगनका लागि खुला चौरमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीसँग अगुवातर्फबाट पहिलो नम्बरमा हस्ताक्षरकर्ता त्रिवि पूर्व उपकुलपति केदारभक्त माथेमा र डा. मदन उपाध्याय उपस्थित थिए ।
यसअघि आइतबार माथेमा, उपाध्यायसहितका ४५ नागरिक अगुवाले सरकार र संसदका नाममा ध्यानाकर्षणपत्र जारी गर्दै सोही पत्रमा डा. केसीलाई पनि अनशन स्थगित गर्न आग्रह गरेका थिए । उनीहरुले सरकारले निजी मेडिकल कलेजलाई प्रतिष्ठानको रुप दिन संसदबाट विधेयक पास गराउन लगाएको यो कदम प्राज्ञिक मर्यादाविपरीत भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।
उनीहरुले विधेयक फिर्ता नलिए केसीसँगै विरोधमा उत्रिने चेतावनीसमेत दिएका थिए ।
छोटो छलफलबाट ४५ जना तय भए पनि थुप्रै अगुवाले पनि सो ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्न चाहेको भन्दै माथेमाले तत्कालै छलफलबाट एउटा सार्वजनिक भेला आयोजना गर्ने तयारीमा रहेको बताए ।
सोमबार डा. केसीले नागरिक अगुवाको कदमले चिकित्सा शिक्षामा सुधार अभियानलाई नयाँ उचाइ दिएको बताए । उनले आन्दोलनमा विगतदेखि नै आम नागरिक र विद्वत वर्गका तर्फबाट उदाहरणीय सहयोग र सहभागिता रहने गरेको उल्लेख गरेका छन् । 'समग्रमा यो लडाइँ चिकित्सा क्षेत्रका मानिसमा सीमित नभएर समाजका सबै क्षेत्र, तह र तप्काको भूमिका र सहयोगका कारण आजको अवस्थामा आइपुगेको हो,' डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आफूले उठाएका मागमा सर्मथन जनाएर नागरिक अगुवाले 'अपूर्व ऊर्जा र आत्मबल दिएको' पनि उल्लेख गरेका छन् ।
उनीहरुले नै राज्यलाई झक्झक्याउँदै आफूलाई समेत अनशन स्थगित गर्न आग्रह गरेकाले स्थगन गरेको बताए । 'माघ २४ सम्म विधेयक फिर्ता लिनेलगायत सबै माग पूरा गरिएन भने राज्यले इमानदारीपूर्वक यो क्षेत्रमा सुधारका काम अघि बढाउन नचाहेको तथा छलकपटपूर्वक केही व्यक्ति वा समूहको निहित स्वार्थका लागि समग्र नेपालीको स्वास्थ्यमाथि खेलबाड गर्दै कदम चाल्न उद्यत भएको पुष्टि हुनेछ,' उनले भने । उनले माग पूरा नभई फेरि अनशन बस्नुपरे पनि पुनः सहयोग र सद्भाव हुने अपेक्षा दोहोर्याएका छन् ।
नागरिक अगुवाहरुले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिन गरेको ध्यानाकर्षणमा साथ दिन हस्ताक्षरकर्ताको संख्या थपिँदै गएको छ । ४५ जना अगुवाले सुरु गरेको अभियानमा सोमबार सयौंले हस्ताक्षर गरे ।
सोमबार वरिष्ठ पत्रकार भैरव रिसालसहित वासुदेव लुइँटेल, झलक सुवेदी, हरि रोका, सञ्जीव पोखरेल, ब्रजेश खनाल, डा. समीणमणि दीक्षित, मञ्जुल, प्रकाश रिमाल, रामजी दाहाल, गोविन्द अधिकारी, राजेन्द्र सलभ, विप्लव प्रतीकलगायतले ऐक्यबद्धता जनाए । 'चेन्ज डटओआरजी' मार्फत पेटिसनमा हस्तक्षर अभियानमा पहिलो दिनमै करिब ५ सयभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

हस्ताक्षर अभियान जारी