डा. केसीको अनशन स्थगित
२५ माघ २०७२
•
९ मिनेट पाठ
डा. केसीको अनशन स्थगित
काठमाडौं- वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमबारदेखि तय भएको आफ्नो अनशन स्थगित गरेका छन्। प्रस्तावित मनमोहन प्रतिष्ठान विधेयक रोकेर अन्य विकल्पमा जान सञ्चालकहरु तत्पर देखिएको भन्दै नागरिक अगुवा र चिकित्सा शिक्षा आयोगका पदाधिकारीको आग्रहमा उनले पूर्वघोषित कार्यक्रम स्थगन गरेका हुन्।चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदनले सुझाएका विकल्पका आधारमा समस्या सल्टाउन पहल भएको भन्दै आयोगका सदस्यसहित अगुवाहरुले उनलाई अनशन रोक्न आग्रह गरेका थिए।

त्रिवि उपकुलपति डा. केदारभक्त माथेमालगायत अगुवाले माग पूरा गर्ने विषयमा सरोकारवाला पक्षबाट 'सकारात्मक संकेत' देखिएको भन्दै अनशन रोक्न आग्रह गरेपछि तीन साताका लागि अनशन स्थगित गरेको डा. केसीले जानकारी दिए।

डा. केसीले अनशन थाल्ने घोषणा गरेको समय सोमबार ५ बजेअगावै केसीलाई मनाउन वरिष्ठ चिकित्सकहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अनशन घोषणा भइरहेको अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित थिए। अनशन बस्ने तयारी भएको ठाउँमा करिब दुई साताअघि संसद र सरकारलाई विधेयक फिर्ता लिन ध्यानाकर्षण गराएका माथेमासहित, डा. मदन उपाध्याय, डा. रमेशकान्त अधिकारीसहित नवगठित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. भगवान कोइराला, अर्जुन कार्की, डा. जगदीशप्रसाद उपाध्यायसमेतले डा. केसीलाई मनाउन प्रयास गरेका थिए।

उक्त बैठकमा डा. केसीले 'नागरिक अगुवाको दबाबमूलक कार्यक्रमलाई अलमल्याएर विधेयक अगाडि बढाउन 'षड्यन्त्र' भएको हुनसक्ने भन्दै कुनै प्रक्रिया अगाडि बढे अल्टिमेटम अवधिअगावै अनशन सुरु गर्ने चेतावनी दिए।

बैठकमा सहभागी एक चिकित्सकका अनुसार त्यस क्रममा चिकित्सकहरुले मनमोहन सञ्चालकका तर्फबाट विकल्पबारे भएका निर्णयको प्रति नै देखाएका थिए। स्रोतका अनुसार सञ्चालकहरुले मनमोहन अधिकारीको नाममै संस्था रहने गरी सरकारलाई हस्तान्तरण गर्न वा ट्रस्टअन्तर्गत चलाउन जुनसुकै विकल्प पनि आफूहरुलाई मान्य हुने निर्णय गरेका छन्।

उक्त प्रस्ताव सञ्चालकहरुले चिकित्सा शिक्षा आयोगका सदस्यसहित माथेमालगायत केही नागरिक अगुवालाई समेत भेटेर सुनाएका थिए। माथेमाले भने 'छलफलमा रहेका कुराले ठोस रुप नलिँदासम्म केही भन्न नसकिने' बताए।

'हामीलाई कुराहरु सकारात्मक लागेकाले डा. केसीलाई आग्रह गरेका हौं,' उनले भने, 'वचनअनुसार भएमा केही निष्कर्ष आउला।'

यसअघि माथेमा संयोजकत्वको 'उच्चस्तरीय कार्यदल' ले गत असारमा सरकारलाई बुझाएको प्रतिवेदनमा पूर्वाधार पूरा गरेका मेडिकल कलेजले सम्पत्ति हस्तान्तरण गर्न चाहे सरकारले नियामानुसारको उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने सुझाएको थियो।

यस्ता शिक्षण संस्थाले सरकारले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहे सरकारले प्रोत्साहन सुविधा (जग्गा लिज, कर छुट आदि) उपलब्ध गराउनसमेत सुझाव दिएको थियो। यसैगरी प्रतिवेदनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न अबको १० वर्षसम्म कुनै पनि संस्थालाई मनसायपत्र (एलओआई) प्रदान नगर्ने सुझाव दिएको थियो।

यही आधारमा डा. केसीले प्रतिवेदन कार्यन्वयनका लागि पटकपटक अनशन बस्दा मन्त्रिपरिषदका दुवै विकल्पबारे सरकारी स्तरमा समेत छलफल चलिरहेको र त्यतिबेलासम्म विधेयकबारे छलफलसमेत अगाडि नबढाउने प्रतिबद्धता सुनाएका थिए। डा. केसीले भने आफ्नो प्रमुख माग गलत ढंगले लगिएको विधेयक फिर्ता लिनुपर्ने भन्ने भएको भन्दै कुनै सकारात्मक संकेत देखेर भन्दा माथेमा लगायतका अगुवाको आग्रहलाई विश्वास गरेर मात्रै स्थगत गरेको बताए।

आफूले पटकपटक धोका खाएको भन्दै उनले विभिन्न समूहका कुरामा सकारात्मक नरहेको पनि बताए । मनमोहनका सञ्चालकका प्रस्तावबारे सोधिएको प्रश्नमा डा. केसीले 'तपसिलका विषय भन्दै' कसरी टुंग्याउने भन्ने सरकारको कुरा भएको बताए।

'चिकित्सा शिक्षासम्बन्धी नीति र कानुन नबन्दासम्म कुनै पनि पनि नाममा कुनै पनि संस्था खोल्न हुन्न' डा. केसीले भने 'नीति बनेपछि सोहीअनुसार हुन्छ।'

डा. केसीले अहिलेसम्मको अवस्था हेर्दा अगुवाहरु सकारात्मक भए पनि आफू धेरै आशाबादी नभएको बताए। 'मैले एक महिनादेखि अल्टिमेटम दिएको छु,' उनले भने 'सरकार कतै पनि इमानदार छैन।'

स्रोतका अनुसार आफूले गरेका प्रस्तावमा सञ्चालकले शिक्षामन्त्री लीलामणि पोखरेल परामर्श गरेका थिए। पोखरेलले गत बिहीबारको मन्त्रिपरिषदमा अनौपचारिक रुपमा सो प्रस्तावसमेत राखेका थिए। प्रस्तावबारे विस्तृत छलफल गरेर मात्र निष्कर्षमा पुग्ने भन्दै प्रधानमन्त्री ठोस रुप नलिँदासम्म माइन्युट नगर्ने भनेपछि टुंगिएको थियो।

सम्बन्धनको पर्खाइमा रहेको प्रस्तवित मनमोहन मेडिकल कलेजले त्रिविबाट सम्बन्धन नपाएपछि पछिल्लोपटक तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले मनमोहनलाई प्रतिष्ठानका रुपमा चलाउन संसदमा गत असोज १८ गते विधेयक पेस गरेका थिए।

विधेयकमा संस्था गैरनाफामूलक हुने र प्रतिष्ठान नचले सम्पत्ति सरकारमा जाने गरी प्रस्ताव लगेपछि बीचमा आफूअनुकूल परिवर्तन गरिएको अधिकारीले खुलासा गरेका थिए।

सहकारी ऐनविपरीत हुने गरी हालसम्म आएका प्रतिष्ठानको भन्दा फरक स्वरुपमा विधेयक ल्याउन लागेको भन्दै माथेमा लगायत अगुवाले ध्यानाकर्षण गराएका थिए। उनीहरुले गत शनिबार राजधानीमा भेला नै आयोजना गरेर विधेयक फिर्ता नलिए डा. केसीको पक्षमा उभिने र कडा आन्दोलन गर्ने चेतावनी दिए। डा. केसीले विज्ञाप्तिमा नागरिक समाजले संगठित र उदाहरणीय रुपमा यो क्षेत्रमा सुधारको मागलाई अभियानकै रुपमा उठाएको र उनीहरुले थप केही समय राज्यलाई दिन आग्रह गरेकाको अनशन स्थगन गरेको उल्लेख गरेका छन्।
अर्को समाचार
संसद् विघटनको निर्णय बदर भएपछि डा. केसीको २०औं अनशन स्थगित
१२ फागुन २०७७
•
२ मिनेट पाठ
संसद् विघटनको निर्णय बदर भएपछि डा. केसीको २०औं अनशन स्थगित
फाइल तस्बिर।
चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको २०औं अनशन स्थगित गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन निर्णय बदर गरिदिएपछि डा. केसलीले आजदेखि शुरु गर्ने भनिएको अनशन ‘तत्कालका लागि’स्थगित गरेका हुन्।

तर, विगतका सम्झौताहरु कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान भने जारी राख्ने डा. केसीको भनाई छ। ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’ उनले विज्ञप्तिमा लेखेका छन्,‘तर हामीसित विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने कुरा जानकारी गराउँछौं।’

डा. केसीले जारी गरेकाे प्रेस विज्ञप्तिः

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको छ। देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यही थियो।

तर प्रतिनिधि सभा पुनःस्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौं। अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन ल्याउँदैन। पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन।

खास गरी राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए, ती तत्काल सच्चिनुपर्छ। संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मुल्य चुकाउनुपर्छ भन्ने त यस अगाडि लोकमान सिंह कार्की प्रकरणमा हामी सबैले देखिसकेका छौं। ती निकायहरुको गरिमा फर्काउन अब सही बाटोबाट योग्य व्यक्तिहरुको नियुक्ति गर्नुको विकल्प छैन।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि हामीले जति पनि माग राख्दै आएका छौं र जति सम्झौता हामीसित राज्यले गरेको छ, ती सबै पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य बन्ने कुरा नेकपा र नेपाली काँग्रेसलगायत सबै प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँछौं। २०५२ सालपछिको अवधिमा सांसद किनबेचसहित विकृत गठबन्धन राजनीतिको जस्तो अभ्यास भयो, त्यो अब कुनै पनि हालतमा दोहोरिनु हुँदैन। अब जुनसुकै सरकार आए पनि त्यसलाई निरन्तर खबरदारीसहित उत्तरदायी बनाउनु नागरिकका रुपमा हामी आफ्नो कर्तव्य सम्झन्छौं।

तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं। तर हामीसित विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने कुरा जानकारी गराउँछौं।

डा. गोविन्द केसी

काठमाडौं

२०७७ फागुन १२
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस