थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२५ कार्तिक २०८३
•
४ मिनेट पाठ
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । अग्लो डाँडाको थुम्कोमा अवस्थित यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ ।




थानीमाई मन्दिरमा भक्तजनको आकर्षण कति छ भन्ने पछिल्लो कात्तिक महिनाको तथ्याङ्कले पनि देखाउँछ । कात्तिकका दुई मङ्गलबारमा मात्रै यहाँ ९३ वटा फूलको डोली भित्रिएका छन् । तीमध्ये कात्तिकको तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा फूलको डोली चढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । उक्त अवधिमा दश हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजाआजा गरेका थिए ।

कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले फूलको डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछि तेस्रो मङ्गलबार एकै दिन ९१ वटा डोली भित्रिएपछि मन्दिरमा भक्तजनको उल्लेख्य चहलपहल देखिएको थियो । चौथो मङ्गलबार भने तिहारका कारण दुई वटामात्रै डोली आएको उनले बताए ।  थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो । प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार यहाँ विशेष रूपमा फूलको डोली चढाउने गरिन्छ । ती महिनाका मङ्गलबार देशका विभिन्न स्थानबाट भक्तजन आफ्नो मनोकामना लिएर मन्दिर पुग्ने गर्छन् ।

थापाका अनुसार थानीमाई मन्दिरमा फूलको डोली चढाउँदा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण वर्षौंदेखि भक्तजन यहाँ आउने र भाकल पूरा भएपछि पुनः फूलको डोली चढाउन आउने परम्परा छ । यहाँ डोली चढाउने प्रक्रिया पनि आफ्नै मौलिक धार्मिक विधिअनुसार सम्पन्न गरिन्छ । भक्तजनले मन्दिरमा फूलको डोली चढाउनुभन्दा अघिल्लो दिन अर्थात् सोमबार सत्यनारायणको पूजा गरी डोली तयार पार्ने गर्छन् । भाकलअनुसार फूल, तोरण र अन्य सामग्रीसहित तयार गरिएको डोली लिएर मङ्गलबार बिहानैदेखि भक्तजन मन्दिर पुग्ने गर्छन् ।

पञ्चैबाजाको तालमा मन्दिर परिक्रमा

थानीमाई मन्दिरमा फूलको डोली चढाउने दिनको दृश्य आफैँमा आकर्षक हुन्छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीनपटक परिक्रमा गर्छन् । परिक्रमा गर्दा बज्ने पञ्चैबाजा, भक्तजनको नाचगान र थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जायमान बन्ने गर्छ ।

मन्दिरको परिक्रमा गरेपछि माथिल्लो थुम्कामा रहेको मन्दिर परिसरका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि भक्तजन मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना पूरा भएको भन्दै थानीमाईको पूजा तथा आराधना गर्छन् ।

ध्वजापताका, फूलका माला र पञ्चैबाजासहित मन्दिर पुग्ने भक्तजनका कारण मङ्गलबार बसन्तपुरको वातावरण उत्सवमय बन्ने गरेको छ । टाढाटाढाबाट आउने भक्तजनका लागि यो केवल पूजाआजा गर्ने अवसर मात्र नभई वर्षौंदेखि चल्दै आएको धार्मिक परम्परासँग जोडिने माध्यमसमेत बनेको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा नियमित पूजाआजा हुँदै आएको छ । तर फूलको डोली चढाउने विशेष महिनाका मङ्गलबार भने यहाँ भक्तजनको चाप बढी हुने गरेको छ ।

धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको आकर्षण

समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित थानीमाई मन्दिर धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यका हिसाबले पनि आकर्षक गन्तव्य हो । मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार, लमजुङको राइनासकोटलगायत आसपासका भूभागको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएका हिमशृङ्गलाको दृश्यले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।

धार्मिक दर्शनसँगै प्रकृतिको आनन्द लिन चाहनेका लागि पनि यो स्थान उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ । मन्दिरको अग्लो स्थान, वरपरको प्राकृतिक वातावरण र विभिन्न भूभागको दृश्यले यहाँ पुग्ने जोकोहीलाई केही समय प्रकृतिसँग रमाउने अवसर प्रदान गर्छ ।

पछिल्लो समय धार्मिक स्थललाई पर्यटनसँग जोड्ने प्रयास भइरहेका बेला थानीमाई मन्दिरलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । विशेषगरी फूलको डोली चढाउने दिन यहाँ हुने भक्तजनको उपस्थिति र सांस्कृतिक गतिविधिले स्थानीय क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुर्‍याएको छ ।

इतिहास र किंवदन्तीसँग जोडिएको मन्दिर

थानीमाई मन्दिरको इतिहास स्थानीय जनविश्वास र किंवदन्तीसँग जोडिएको छ । स्थानीयवासीका अनुसार १८२५ सालदेखि यस स्थानमा पूजाआजा सुरु भएको मानिन्छ । किंवदन्तीअनुसार १८२५ सालतिर मन्दिर रहेको स्थानमा एक भोटीनी आमा र उनकी छोरी पुगेका थिए । त्यतिबेला ठूलो हावाहुरी चलेपछि उनीहरू एउटा रुखमुनि ओत लागेका थिए । सोही क्रममा आमा र छोरी त्यहीँबाट अन्तध्र्यान भएको भन्ने जनश्रुति रहिआएको छ । त्यस घटनापछि उक्त स्थानलाई धार्मिक शक्तिसँग जोडेर पूजा गर्न थालिएको स्थानीयवासीको भनाइ छ ।

यही समयदेखि थानीमाईको पूजा आराधना सुरु भएको र क्रमशः यो स्थान धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको स्थानीयको विश्वास छ । पुस्तौँदेखि सुनिँदै आएको उक्त किंवदन्तीले मन्दिरको धार्मिक महत्त्वलाई थप विशेष बनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट थानीमाई मन्दिरमा समेत क्षति पुगेको थियो । भूकम्पले क्षति पुर्‍याएपछि मन्दिरको पुनर्निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरमा चढाइएको भेटीबाट सङ्कलित रु छ लाखको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस