२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वीरगन्ज महानगरद्वारा 'मलखाद'का ट्रक र ट्याक्टर नियन्त्रणमा

वीरगन्ज महानगरपालिकाको नियन्त्रणमा रहेका मलखादका ट्रकहरु। तस्विरः रितेश/नागरिक

वीरगन्ज महानगरपालिकाले स्थानीय किसानका लागि पर्याप्त मलखाद माग्दै कृषी सामग्री कम्पनीबाट रसायनिक मलखाद बोकी निस्केका ट्रक र ट्याक्टरहरु नियन्त्रणमा लिएको छ। 

कम्पनीको वीरगन्ज १६ भुटनदेवी स्थानमा रहेको गोदामबाट ७ वटा ट्रक र एउटा ट्याक्टर मल नपाएका स्थानीय किसानले दिउसो २ बजे नियन्त्रणमा लिएर नगरप्रमुख राजेशमान सिंहलाई बुझाएका हुन्।  

यसअघि वीरगन्ज महानगरपालिका कार्यालयमा नगरप्रमुख सिंहलाई भेटेर मल नपाएर ट्रक नियन्त्रणमा लिने उनीहरुले बताएका थिए। नगरप्रमुख सिंहले मलखाद स्थानीय किसानले पाउनुपर्नेमा आफू एकमत रहेको र यस अभियानमा साथ रहने प्रतिक्रिया दिएका थिए। महानगरपालिका कार्यालयबाट निस्केका किसानहरुले नियन्त्रणमा लगतै लिएका कम्पनीका ७ मध्ये खाली रहेका ३ वटा बहेक भर्ती रहेका ४ वटा ट्रक र एउटा ट्याक्टर उनीहरुले नगरप्रमुख सिंहलाई बुझाएका थिए।  

‘मँ किसानहरुको साथमा छु, वीरगन्ज भएर मलहरु अन्य ठाउँमा जाने यहाँका मानिसहरु धुलो धुँवा मात्र सहेर बस्ने?, सिंहले भने, ‘यस्तो हुँदैन। मल खादको समस्याबारे प्रमुख जिल्ला अधिकारीदेखि प्रदेशका मुख्यमन्त्रीसम्मलाई अवगत गराउदा पनि समाधान नभएपछि यो बाध्यात्कम अवस्था आएको हो।’ वीरगन्ज महानगरपालिकालाई ८ हजार मलको आवश्यक्ता रहेको यहाँको कृषी शाखाले जनाएकोमा ८ सय टन मात्र पाउने भएको उनले गुनासो गरे। 

अब अलि कमबेस आश्यक्ता टर्ने गरी मलको व्यवस्था गर्न आफूहरुले माग गरेको र समाधान निस्केपछि ट्रक छोडिने सिंहले बताए। कृषी सामग्री कम्पनीको वीरगन्जस्थित प्रादेशिक कार्यालयका प्रमुख चन्द्रप्रसाद चौलागाईले समस्या समाधानका लागि आफूले माथिल्लो तहमा समन्वय गरिरहेको बताए। 

प्रकाशित: २९ श्रावण २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App