काठमाडौं-नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा नक्कली परीक्षार्थी बनेर अर्कैको परीक्षा दिइरहेका डाक्टरको लाइसेन्स निलम्बन गरेको छ।
काउन्सिलले डा. सुशील कुमार मण्डलको लाइसेन्स निलम्बन गरेको हो । डा. मण्डलको काउन्सिल दर्ता नम्बर १४२६० हो । काउन्सिलको गत माघ २८ गते बसेको इथिकल कमिटीको सिफारिसका आधारमा डा. मण्डलको लाइसेन्स निलम्बन गरिएको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए ।
उनका अनुसार नक्कली परीक्षार्थी बनेका डा. मण्डलको मुद्धा टुंगो नलागेसम्मका लागि चिकित्सकीय अभ्यास गर्न नपाउने गरी लाइसेन्स निलम्बन गरिएको हो । निलम्बन पछि डा. मण्डलले बिरामीको उपचारमा संलग्न रहन पाउने छैनन् । डा. मण्डललाई गत मंसिरमा नेपाली सेनाको मेडिकल कलेजमा सञ्चालित लाइसेन्सेसिङ परीक्षामा अर्कैको परीक्षा दिँदै गर्दा पक्राउ गरिएको थियो ।
काउन्सिलले डा. मण्डलसहित सोही दिन पक्राउ परेका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नीरज शर्मालाई पनि कारबाही गर्न आइओएमलाई सिफारिस गरेको छ ।
यसैगरी, उनीहरुलाई परीक्षा दिन लगाउने अन्य दुई दुई जनामाथि कार्वाही प्रक्रिया अघि बढाएको छ । डा. मण्डलले सिराहाका नबिनकुमार यादवको र शर्माले रौतहटका सरोज यादवको नाममा खेताला परीक्षार्थी बनेर परीक्षा हलमा पुगेका थिए । प्रवक्ता अधिकारीका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउनै दुवै जनालाई मुद्धाको अन्तिम टुंगो नलागेसम्म लाईसेन्स परीक्षामा सहभागी हुन नदिने निर्णय गरेको हो ।
नक्कली परीक्षार्थी बनेका र परीक्षा दिन लगाउने चारै जनाको मुद्धा जिल्ला अदालतमा चलिरहेको छ । परीक्षाको दिन पक्राउ परेका उनहीहरु साधारण तारेखमा छुटेका थिए । काउन्सिलका अनुसार आफ्ना नाममा परीक्षा दिन लगाउनेमध्ये दुवै जना चिनको मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेर फर्केका हुन् । दईमध्ये एक जना काउन्सिलको लाइसेन्स परीक्षामा १२ पटकसम्म फेल भएका छन् भने अर्का एक जना ८ पटक सम्म फेल भएका छन् ।
काउन्सिल परीक्षामा धेरै फेल हुने रौतहटका सरोज हुन् । उनी आफैँ परीक्षा पास हुन नसकेपछि खेतालाका रुपमा एमिबिबिएस अन्तिम वर्षमा अध्ययनरत शर्मालाई खेताला लगाएका थिए । सरोजले भारतको दिलदयाल उपाध्याय मेमोरियल कलेजबाट सन् २००० मा प्लस टु सिध्याएका थिए ।त्यसपछि उनी एमिबिबिएस अध्ययनका लागि चीनमा गएका थिए । उनले चिनको सिचुवान युनिभर्सिटीबाट सन् २००७ मा एमिबिबिएस उत्र्तिण गरेको सर्टिफिकेट काउन्सिलमा बुझाएका छन् । काउन्सिल स्रोतका अनुसार उनले एसएलसी परीक्षामा ५० प्रतिशत अंक समेत ल्याउन सकेका छैनन् ।
यस्तै, सिरहाका अर्का विद्यार्थी नविनले सन् २००० मा विहार इन्टरमिडियट कलेज भारतबाट आइएस्सी गरेका थिए । उनले पनि एसएलसी परीक्षामा ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन् । उनले चीनको चोङकिङ मेडिकल युनिभर्सिटीबाट सन् २०१२ मा एमबिबिएस सकेका थिए । त्यसयता काउन्सिल परीक्षामा ८ पटक फेल भएका उनले आइओएमबाट सन् २०१३ मा एमबिबिएस पास भई सोही वर्ष काउन्सिलको परीक्षा पास भएका डा. मण्डललाई खेताला बनाएका थिए ।