काठमाडौं– सरकारले निर्धारण गरेभन्दा बढी मूल्यमा औषधि बेचेको आरोपमा प्रहरीले लोमश फर्मास्युटिकल्स प्रालिका सञ्चालक प्रज्वलजंग पाण्डे र प्रचुरजंग पाण्डे तथा देउराली जनता फर्मास्युटिकल्स प्रालीका सञ्चालक हरिभक्त शर्मालाई पक्राउ गरेको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा सरकारले निर्धारण गरेको भन्दा २० देखि २५ रुपैयाँसम्म बढी मूल्यमा औषधि बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै कम्पनीको औषधि भण्डारण कक्षमा शिलबन्दी गरेको छ। पक्राउ परेका सञ्चालकहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको जनाइएको छ। सरकारले गत असार २१ गते नेपालमा उत्पादन हुने विभिन्न ९६ थरीका औषधिको मूल्य निर्धारण गरेको थियो। लोमस फर्मास्युटिकल्सको उत्पादन कम्पनी गोठाटारमा र देउराली जनताको उत्पादन प्लान्ट धापासीमा रहेको छ। शर्मा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हुन् भने पाण्डे नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा हुन्।
अर्को समाचार
औषधि उद्योगी हरिभक्त शर्मा र पाण्डे दाजुभाई पक्राउ
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ