काठमाडाैं-दुई दशकयता नेपालको वनक्षेत्र बढ्दै गएको पाइएको छ । वन मन्त्रालयले आइतबार सार्वजनिक गरेको 'राष्ट्रिय वनस्रोत सर्वेक्षणले' २१ वर्षको अवधिमा वनक्षेत्र ५ दशमलव १५ प्रतिशतले वृद्धि भएको देखाएको हो।फिनल्यान्ड सरकारको सहयोगमा सन् २०१० मा सुरु सर्वेक्षणको अन्तिम नतिजा र प्रतिवेदनले औंल्याएको वृद्धिदरसँगै नेपालको वनक्षेत्र ४४ दशमलव ७४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । भू–उपग्रहबाट प्राप्त नक्सा, स्थलगत नापजाँच र कम्प्युटर सफ्टवेयरमार्फत अध्ययन गरिएको हो ।
प्रतिवेदनअनुसार पछिल्ला दशक मध्यपहाडी क्षेत्रमा वन वृद्धिदर तीव्र छ । तराई र चुरेक्षेत्रमा भने विनाश रोकिन सकेको छैन । मुलुकको करिब ५९ लाख ६२ हेक्टर (४०.३६ प्रतिशत) भूभाग वनले ओगटेको छ जसमा झाडी र बुट्यानले घेरिएको ६ लाख ४८ हजार हेक्टर (४.३८) क्षेत्र पनि समेटिएको प्रतिवेदनमा उल्लेख छ ।
अब यही सर्वेक्षणका आधारमा वनसम्बन्धी तथ्यांक अद्यावधिक गरिने प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा वनसचिव उदयचन्द ठाकुरले जानकारी दिए । 'अबदेखि वनसम्बन्धमा देशका सबै नीति, नियम, योजना र कार्यक्रममा यही अध्ययनलाई आधार मानिनेछ ।' देशको कुल गार्हस्थ उत्पादमा वनको करिब १० देखि १२ प्रतिशत हिस्सा रहेको आँकलन छ ।
सर्वेक्षणमा सहभागी वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपमहानिर्देशक यमप्रसाद पोखरेलका अनुसार यस अवधिमा तीन संयोगलाई वनक्षेत्र बढ्नुका प्रारम्भिक कारण अनुमान गरिएको छ । ती हुन्– दसवर्षे सशस्त्र द्वन्द्व, युवाशक्तिको विदेश पलायन र वन संरक्षणमा उपभोक्ताको सक्रियता ।
सशस्त्र द्वन्द्वका कारण मध्य र उच्च पहाडी क्षेत्रका सर्वसाधारण तराई बसाइँ सरेपछि त्यस क्षेत्रका वनमा मानवीय अतिक्रमण हुन पाएन । त्यसै गरी युवा रोजगारीका लागि बिदेसिँदा गाउँमा काम गर्ने व्यक्तिको अभावमा निजी जमिन बाँझै हुन पुग्यो । त्यो जमिनमा वरिपरि जंगलबाट बिउ फैलिएर बिरुवा उम्रिएसँगै रुख र बुट्यान फैलियो । यसबाहेक संरक्षणप्रति उपभोक्ताको सक्रियताले पनि पहाडी र मध्यपहाडी क्षेत्रमा वन बढेको अध्ययनले औंल्याएको छ ।
उपमहानिर्देशक पोखरेलले प्रत्येक आधा हेक्टर क्षेत्रफलका रुख अध्ययनमा समेटिएको जानकारी दिए । यसअघिको सर्वेक्षणमा ४ वर्गकिमि क्षेत्रफलमध्ये एउटालाई केन्द्रविन्दु मानेर अध्ययन गरिएको थियो । 'अहिले सानोभन्दा सानो क्षेत्र समेटेर अध्ययन गरेका छौं, त्यसैले पनि क्षेत्रफल बढेको हो', पोखरेलले भने ।
वनविज्ञ डा. विनोद भट्ट वनक्षेत्र बढ्नुको मुख्य कारण बसाइँ सराइ र सामुदायिक वनको अवधारणालाई लिन्छन् । 'पहाडी क्षेत्रका सर्वसाधारण देशका विभिन्न सहर र विदेश पलायन भइरहेका छन्, वयष्कको संख्या घट्दो छ, बा"झै बसेका कान्ला, पाखा वनमा परिवर्तन भएका हुन्,' उनले भने ।
प्रतिवेदनअनुसार नेपालको कुल वनक्षेत्रमध्ये ३७.८० प्रतिशत मध्यपहाडी, ३२.२५ प्रतिशत उच्च पहाडी तथा उच्च हिमाली, २३.०४ प्रतिशत चुरेक्षेत्र र ६.९० प्रतिशत तराईमा पर्छ । यसमध्ये तराईमा प्रतिवर्ष ०.४४ प्रतिशत र चुरेमा ०.१८ प्रतिशतले वन विनाश भइरहेको छ ।
पछिल्ला अन्य अध्ययन र स्थलगत प्रतिवेदनले पनि जनसंख्याको अत्यधिक चाप, वनक्षेत्र अतिक्रमण र चोरीनिकासीले चुुरे र तराईमा रुख घट्दै गएको देखाएका छन् । यसमा डढेलो, बाढी, भू–क्षयजस्ता प्राकृतिक विपत्तिलाई पनि कारण मानिएको छ ।
सरकारले पुनर्वास गरिएकालाई वनक्षेत्रनजिक राख्नु, बाटो खन्नेलगायत बहानामा चुरेका रुख काटेर तस्करी गर्ने प्रवृत्तिले वन जोखिममा परेको वनविज्ञ भट्टको तर्क छ । 'तराई र चुरेमा भइरहेको मन्द अतिक्रमले त्यहाँ वन घटिरहेको छ, दुई–चार हातका दरले बर्सेनि अतिक्रमण भइरहेको छ । रुख क्रमबद्घ रूपमा काटिएका छन्,' उनले भने । यद्यपि मध्यपहाडी क्षेत्रमा भने रुखहरुको संख्या पनि बढेको भट्टले जानकारी दिए । 'यो अध्ययनले प्रत्येक हेक्टरमा १० सेमिभन्दा बढी व्यासका रुख ४ ३० वटासम्म पाइएको छ । सन् १९९५ मा यो संख्या ४०८ थियो,' उनले भने ।
वनक्षेत्रमा हाल १० सेमिभन्दा बढी व्यासका रुख २ अर्ब ५६ करोड ३३ लाख रहेको विवरण अध्ययनले दिएको छ । काठको कुल आयतन भने अघिल्ला अध्ययनको तुलनामा घटेको छ जुन यसपालि ९८ करोड २३ लाख घनमिटर (घनमिटर प्रतिहेक्टर) छ । सन् १९९५ को प्रतिवेदनले काठको आयतन १७८ घनमिटर प्रतिहेक्टर देखाएको थियो । यसै गरी रुखको जमिनमाथिको औसत तौल (बायोमास) १९४ दशमलव ५१ टन प्रतिहेक्टर छ ।
कुल वनमध्ये संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७.३२ प्रतिशत) छ । यसमध्ये पनि संरक्षितभित्र १३.२९ र मध्यवर्ती क्षेत्रमा ४.०३ प्रतिशत छ । सर्वेक्षणले सामुदायिक वनमा ४ सय ४३ प्रजातिका रुख (२ सय ३९ जाति र ९९ परिवार) रहेको जनाएको छ ।
उक्त अध्ययनले पहिलोपटक वनक्षेत्रमा कार्बनको तथ्यांकसमेत समेटेको छ जसअनुसार नेपालका वनमा करिब १ अर्ब ५ करोड ५० लाख (प्रतिहेक्टर १७६.९५ टन) टन कार्बन सञ्चित रहेको उल्लेख छ । यसमध्ये ६१.५३ प्रतिशत रुखमा, ३७.८० प्रतिशत माटोमा र ०.६७ प्रतिशत पातपतिंगरमा रहेको प्र्रतिवेदनले औंल्याएको छ ।
'पछिल्लो समय सञ्चित कार्बनको व्यापार भइरहेको छ, यसबाट नेपालले पनि फाइदा लिन सक्छ भनेर अध्ययन गरेका हौं,' पोखरेलले भने । जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले पछिल्ला दिन कार्बन अध्ययन अपरिहार्य रहेको उनले बताए । कार्बन सञ्चित गरेबापत विकसित मुलुकले विकासशील र अल्पविकसित मुलुकलाई आर्थिक सहयोग गर्दै आएका छन् । यसका लागि संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्षधर राष्ट्रले 'कार्बन कोष' नै स्थापना गरेका छन् ।
अध्ययनमा २ सयभन्दा बढी प्राविधिक सहभागी थिए । उनीहरूले सुरुमा नेपालको सम्पूर्ण भूभागलाई भू–उपग्रह तस्बिरसाथै अन्य नक्सामार्फत अध्ययन गरे । स्थलगत भ्रमणपछि समग्र क्षेत्रलाई वन, बुट्यान र अन्य क्षेत्र गरी तीन भागमा छुट्याई नक्सांकन तयार गरे । पहिलो चरणमा ४ किमि वर्गाकार ग्रिडअन्तर्गत ९२३० क्लस्टरमा रहेका ५५ हजार ३ सय ५८ प्लट अध्ययन गरिएको थियो । दोस्रो चरणमा १ हजार ५ सय ५३ बुट्यानमा १ सय ५ र अन्य गरी जम्मा २ हजार ५ सय ४४ नमुना प्लट फिल्डमा गई नाँपजाँच गरिएको थियो । सर्वेक्षणमा डिजिपिएस/जिपिएस, भर्टेक्स–४ र ट्रान्सपोन्डर टी ३, डेन्सिओमिमिटरलगायत उपकरण प्रयोग गरिएको थियो । यसअघि पनि फिनल्यान्ड सरकारकै सहयोगमा सन् १९८७ देखि १९९५ सम्म नेपालको वनक्षेत्र अध्ययन गरिएको थियो ।