‘जंकफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने
१५ भदौ २०७९
•
२ मिनेट पाठ
‘जंकफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने
अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारको बनावटी खाना (जंकफुड) निषेध गरिएको छ। बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविमा जंकफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो।




यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन्। विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जंकफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो।

उक्त निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने, नत्र नदिने भएपछि नियमित रुपमा घरघरबाट खाजा बनेर आउने गरेको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताइन्। नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक रु १५ खाजा स्वरुप दिने व्यवस्था गरेको छ।

‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जंकफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नपरेको हो’, गौतमले भनिन्, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन।’ विद्यालयले एकमुष्ट रकम दिएर दैनिक खाजाको क्यालेन्डर पनि घरमा पठाइदिएको छ।  

अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए। ‘हरेक दिन फरकफरक खाजा खुवाउन पनि सकिएको छ’, पौडेलले भने, ‘बालबालिका पनि रमाएर खाजा खान तयार हुन्छन्।’ तोकेको दिन सबैको खाजा एकै प्रकारको हुनुपर्ने प्रावधान छ।

उनका अनुसार विद्यालयले हरेक आइतबार रोटी र तरकारी, सोमबार मकैभट्ट र मंगलबार अण्डा तरकारीको व्यवस्था गर्न क्यालेन्डर बनाइएको हो। त्यस्तै बुधबार हलुवा पिठो, बिहीबार चना र शुक्रबार खट्टे घ्यू खुवाउने गरिएको हो। विद्यालयले दिएको तालिकाअनुसार सबै बालबालिकाको खाजा एकै प्रकारको भएपछि मिठोनमिठो भन्ने अवस्था नरहेको गौतमले बताए।

कतिपय विद्यालयले भने सामग्री किनेरै अभिभावकलाई दिने गरेका छन्। बानपा–८ को सिगानास्थित बौडे चउर माविमा भने विद्यालयले सामग्री खरिद गरेर दामासाही दिएको हो। यसरी दिँदा थोरै खर्चमा धेरै सामग्री किन्न सकिएको अभिभावकले बताए। खाजाको क्यालेन्डर बनाएर नियमित घर घरबाट ल्याएको खाने बानीले बालबालिकाको स्वास्थ्य राम्रो भएको गौतमले बताए।

उनीहरुको कामबाट शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्याय प्रभावित भएको बताए। ‘विद्यालयले राम्रो काम गरेको रहेछ’, उपाध्यायले भने, ‘खाजाको एकरुपता भएको छ, धनी र गरीबबीचको खाडल पनि पुरिएको देखियो।’ मिठो मसिनो मात्रै पठउने र जंकफुडमा खर्च गर्नेले पनि तोकिएकै खाजा ल्याउन बाध्य भएपछि बालबालिकामा विभेद नदेखिएको उनले बताए।

विद्यालयले प्लास्टिकजन्य फोहरको व्यवस्थापनमा पनि एकरुपता ल्याएको छ। प्लास्टिकजन्य फोहर ननिकाल्ने, निस्केमा पनि उचित स्थानमा राखेर व्यवस्थापन गर्ने तथा नियमित विद्यालय सफाइ गर्ने व्यवस्थासमेत भएको अर्का शिक्षक नीता गैरेले बताइन्। ‘सुरुसुरुमा शिक्षकले गर्दा बालबालिकामा पनि बानीको विकास भएको छ’, गैरेले भनिन्, ‘राम्रो आचरण बसाल्दा समाजलाई पनि फाइदा भएको छ।’ 
अर्को समाचार
दिवाखाजाले छुटाउँदैछ ‘जंकफुड’ को कुलत
२९ भदौ २०८०
•
७ मिनेट पाठ
दिवाखाजाले छुटाउँदैछ ‘जंकफुड’ को कुलत
काठमाडौंको कालिमाटीकी पविता श्रेष्ठ आफ्ना नानीबाबु ‘जंकफुड’को लतमा पर्दा निकै चिन्तित थिइन्। छोराछोरीमा जंकफुडको बानी कसरी छुटाउने होला भनेर उनी अत्तालिएकी थिइन्। स्कुल जानेबेला छोराछोरी चाउचाउ, चिप्स, चकलेट, बिस्कुट लान ढिपी गर्थे। छोरा आयुषलाई चिप्स नभई हुन्नथ्यो भने छोरी आयुष्मा पनि चाउचाउ नकिनिदिएसम्म स्कुलै जान मान्दिनथिन्। तर अहिले आयुषा र आयुष्मामा जंकफुडको लत छुटेको छ। कालीमाटीस्थित नीलबाराही माध्यमिक विद्यालयले विद्यार्थीलाई दिवाखाजा दिन थालेपछि बिस्तारै उनीहरू ‘जंकफुड’को लतबाट बाहिर निस्किएका हुन्। आयुष सोही विद्यालयको कक्षा ४ र आयुष्मा कक्षा ३ मा पढ्छन्।




विद्यालयमा उपलब्ध स्वस्थकर र पोसिलो खाजाका कारण छोराछोरीमा जंकफुडको लत छुटेको हुँदा पवितालाई ठुलो सन्तोष मिलेको छ। ‘घरमा पकाएको खानेकुरा खानै नमान्ने मेरा बच्चाहरू अहिले स्कुलमा खाजा दिन थालेपछि साथीभाइको संगतमा रमाएर पकाएको खाना खान सिकेका छन्,’ उनले भनिन्, ‘स्कुलको दिवाखाजामा अन्डा, फलफूल, हलुवा, पुरी, तरकारी, जाउलो, समोसालगायत परिकार दिइने रहेछ। छोराछोरीले जंकफुड चटक्कै छाडेको देख्दा मनै फुरुंग भएको छ। पोसिलो र स्वस्थकर खाजा खान पाइने भएपछि खानेकुरा केही नबोकी छोराछोरी खुसी भएर स्कुल जान्छन्। त्यस्तो नभएको भए चाउचाउ, चिप्स नकिनी सुखै पाइन्नथ्यो।’ घरायसी काम गर्दै आएकी पविताले विद्यालयले उपलब्ध गराएको खाजाका कारण छोरा आयुष र छोरी आयुष्माले जंकफुड खान छाडेको सुनाइन्।

विद्यालयमा सरकार र स्थानीय तहको सहकार्यमा पछिल्लो समय दिवाखाजा उपलब्ध गराउने व्यवस्थाले कामकाजी अभिभावकलाई आफ्ना बच्चालाई स्कुलमा के खाजा पठाउने भन्ने चिन्ताबाट मुक्त बनाइदिएको छ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका अभिभावक राजेन्द्रप्रसाद कँडेलका अनुसार आमाबुवा दुवै कामकाजी हुँदा बच्चालाई खाजाका रूपमा जंकफुड पठाउनुपर्ने बाध्यता थियो। तर विद्यालयले उलब्ध गराउने खाजाकै कारण आफ्ना छोरामा जंकफुड खाने बानी छुटेको भन्दै उनले खुसी साटे। छोरा अजित कँडेल कक्षा ६ देखि विश्वनिकेतनमा पढ्न थालेका हुन्। उनी अहिले कक्षा १० मा पुगेका छन्।

‘विगतमा मैले छोरालाई खाजाका लागि पैसा दिन्थें। उसले मन लागेको बजारु खाजा किनेर खान्थ्यो। स्कुलले पोसिलो खानेकुरा पकाएर दिन थालेपछि अहिले छोरा अजित जंकफुड खानुपर्ने बाध्यताबाट बचेका छन्,’ राजेन्द्रले भने, ‘अहिले बाबुले जंकफुड रुचाउँदैन पनि। साथीसँगै बसेर खाजा खाने स्कुलको बानीले अब घरमा पनि परिवारसँगै बाने खाने बानी परेको देख्दा म हर्षित छु। दिवाखाजा कार्यक्रमले सँगै बसेर मिलीजुली खाने संस्कारसमेत सिकाएको अनुभव हुन थालेको छ।’

डिल्लीराम पौडेल पेसाले शिक्षक हुन्। कीर्तिपुरका स्थायी बासिन्दा उनले छोरी अदिती पौडेललाई विश्वनिकेतन माविमा पढाएका छन्। खाजा कार्यक्रमले विद्यार्थी उत्साहित भएर विद्यालय गएको र अभिभावकलाई समेत आर्थिक भार कम भएको आभास भएको उनी सुनाउँछन्। अदिती कक्षा ९ मा पढ्छिन्। ‘स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा १० सम्मका बालबालिकालाई खाजा दिन थालेपछि अभिभावकमा आर्थिक बोझ कम भएको छ,’ शिक्षक पौडेलले भने, ‘साताभरिको तालिका नै बनाएर दिइने पोसिलो खानेकुराका कारण मेरी छोरीको स्वास्थ्य पनि राम्रो भएको छ। अब प्याकेटको खानेकुरा खान उनी रुचाउँदिनन्।’ उनले सरकारले ल्याएको खाजा कार्यक्रमले बालबलिका विद्यालय जान हौसिने गरेको सुनाए। खाजा कार्यक्रमले आमाबुवाले ढुक्क भएर कामकाजमा पनि लाग्न पाएका छन्। ‘उनी आफू पनि शिक्षक भएकाले जनताकै करबाट चलेका सरकारी स्कुलमै बच्चा पढाउन रुचाएको समेत सुनाए।

सरकारले गत वर्षसम्म कक्षा ६ सम्मको बालबालिकाका लागि मात्र खाजा कार्यक्रम राख्दै आएको थियो। उक्त कार्यक्रमले गर्दा सार्वजनिक शिक्षाको गुणस्तर सुधारसँगै विद्यार्थीले कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिएकाले सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरेको हो। ३२ लाख विद्यार्थीको खाजाका लागि सरकारले ८ अर्ब ४५ करोड रकम छुट्याएको छ। 

तर खाजाको रकम अपुग भएको भन्दै धेरै पालिकाले कार्यक्रम सञ्चाल गर्न नसकेको बताइरहेका बेला काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्र सरकारको रकममा आफ्नो बजेट थपेर कक्षा १० सम्मका बालबालिकालाई विद्यालयभित्रै निःशुल्क दिवाखाजा पकाएर दिने प्रबन्ध मिलाएको छ। यसले महानगरभित्रका ८९ सार्वजनिक विद्यालयका कुल ४५ हजार विद्यार्थी लाभान्वित भएका छन्। नानीबाबुलाई खाजाकै लागि व्यवस्थापनको चिन्तामा दिनहुँ पिल्सिनुपर्ने अभिभावकमा आर्थिक बोझ पनि कम भएको छ।

स्वस्थ दिमागले बालबलिकामा पढेको विषयवस्तु छिटो सिक्ने र लामो समयसम्म सम्झिन सक्ने क्षमता बलियो भएको नीलबाराही स्कुलकी प्रधानाध्यापक डा. जानुका नेपाल बताउँछिन्। उनको स्कुलमा हाल कक्षा १० सम्म ७५० विद्यार्थी अध्ययनरत छन्। उनका अनुसार विद्यालयमा खाजाको व्यवस्था नहुँदा अभिभावकले चाउचाउ, बिस्कुट, भुजिया, चिप्सलगायत प्याकेटका जंकफुड नै बढी पठाउने गरेका थिए। तर हाल स्कुलमा अनिवार्य कक्षा १० सम्म महानगरपालिकाले दिवाखाजाको व्यवस्था गरेपछि जंकफुडले स्कुलभित्र प्रवेश गर्न स्वतः बन्द भएको छ।

‘संघीय सरकारले प्रतिविद्यार्थी १५ रूपैयाँका दरले खाजा रकम वितरण गरेको थियो। यति रकमले विद्यालयमा खाजा पकाएर खुवाउन मुस्किल परेको थियो,’ प्रअ नेपालले भनिन्, ‘तर महानगरपालिकाले यसमा पनि १० रूपैयाँ थपेर २५ रूपैयाँ पुर्‍याएपछि बालबालिकालाई दिवाखाजा पुगेको छ। भदौदेखि कक्षा १० सम्मका लागि दिवाखाजाको व्यवस्था गरेर महानगरले प्रतिविद्यार्थी ३० रूपैयाँ दिने छुट्टै व्यवस्था गरिदिएको छ। अब सार्वजनिक विद्यालयमा बालबालिका भोको पेटमा पढ्नसपर्ने अवस्था छैन। स्वस्थकर खाजाले बालबालिकाको स्वास्थ्य र मस्तिष्क स्वस्थ बनाउँदै गएको महसुस भएको छ। रमाएर खुसी भएर बालबालिका नियमित कक्षा आउने गरेका छन्।’

महानगरले विद्यालयमा कक्षा १० सम्म अनिवार्य रूपमा विद्यालयमै साप्ताहिक रूपमा तालिकाअनुसार पकाएर पोसिलो दिवाखाजा खुवाउने व्यवस्थाले विद्यालयहरूले साप्ताहिक रूपमा तालिका नै बनाएर दिवाखाजा खुवाउन थालेका छन्। दिवाखाजा कार्यक्रमले विद्यार्थीहरू कक्षाकोठामा नियमित हुन थालेको बौद्धमा रहेको जनकल्याण माविका प्रअ कुमारी कमला राईले बताइन्। हाल यो विद्यालयमा बालकक्षादेखि कक्षा १० सम्म १४ सय विद्यार्थी अध्ययनरत छन्। ‘हाम्रा विद्यालयमा १४ सय विद्यार्थी एकसाथ एकैखाले खाजा ख्वाउँछन्। यसले बालबालिकाबिचको विभेद दूर गरेको छ भने मिलेर खाने राम्रा बानीको विकास भएको छ,’ प्रअ राईले भनिन्, ‘स्कुलमा साप्ताहिक रूपमै खाजाको तालिका तयार छ। त्यहीअनुसार पोसिलो र स्वस्थकर खाजा तयार हुन्छ। कक्षा छाड्ने दर शून्य छ अहिले। बालबालिका खुसी भएर विद्यालय आउँछन्।’

विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले विद्यालयभित्र दिवाखाजा कार्यक्रमले बालबालिकाको कक्षाकोठाभित्रको शिक्षण सिकाइमा सुधार भएको बताए। उनका स्कुलमा १ हजार ७०० विद्यार्थीले दिवाखाजा खाने गरेका छन्। ‘गरिब दुखीको विद्यालय सार्वजनिक विद्यालय हो। ज्यालामजदुरी गर्ने अभिभावकका नानीबाबु नै हाम्रा विद्यालयमा अध्ययन गर्छन्,’ प्रअ कँडेलले नागरिकसँग भने, ‘गरिब, हुने र नहुने सबै विद्यार्थी एकैसाथ बसेर खाजा खान्छन्। यसले वास्तविक रूपमा समाजवाद शिक्षाको सुरुवात भएको छ। प्रअको संयोजकमा खाजा व्यवस्थापन समितिले खाजाको अनुगमन गरेर मात्र खाजा खुवाउने व्यवस्थाले स्वास्थ्यकर खाजा बालबालिकाले पाएका छन्। यसले समग्र शिक्षण सिकाइमा नै सुधार भएको छ।’ यस स्कुलमा कार्यरत ९० प्रतिशत शिक्षकका बालबालिका विश्वनिकेतनमै अध्ययनरत छन्।  

महानगरपालिकाका अधिकृत मोती भट्टराईका अनुसार महानगरले नगरपालिकाभित्रका ८९ सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित नै कक्षा १० सम्म दिवाखाजाको व्यवस्थापन गरेको हो। यसका लागि महानगरले यस वर्ष ९ करोड रकम छुटाएको उनको भनाइ छ। ‘काठमाडौं महानगरभित्रका बालबालिका भर्ना हुने तर हराउने दर बढी थियो। महानगरले खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएपछि विशेष गरी तराई मूलका बालबालिका हराउने कम भएको छ भने कक्षामा टिक्ने संख्या बढेको छ,’ अधिकृत भट्टराईले भने, ‘दैनिक ज्यालादारीमा काम गर्ने अभिभावकका नानीबाबु अब ढुक्कसँग पोसिलो खाजा खाएर पढ्न पाउने अवस्था बन्यो। मुख्य रूपमा बालबालिकाले खाने गरेका हानिकारक जंकफुड न्यूनीकरण हुन्छ।’ यति मात्र होइन महानगरले एसइईको नतिजा राम्रो पार्न परीक्षाअगावै तीन महिनाका लागि गणित, अंग्रेजी र विज्ञानमा थप शिक्षको व्यवस्था गरेको थियो। यसले सार्वजनिक शिक्षाको नतिजामा समेत सुधार भएको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस