पढाइबिनै एसएलसी परीक्षा
१७ चैत्र २०७२
•
१० मिनेट पाठ
पढाइबिनै एसएलसी परीक्षा
काठमाडौं- 'वैशाखको भूकम्पले जेठसम्म पढाइ रोकियो। साउनभरि बर्खेबिदा। भदौदेखि मंसिर ६ गतेसम्म आन्दोलनले तराई–मधेसका विद्यालय पूरै बन्द। मंसिर ७ पछि फागुनसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र पढाइ भो। तर, यसबीच आन्दोलन चर्किंदै जाँदा पटकपटक कर्फ्युले पढाइ रोकियो। कोर्स नसकिएपछि सबै विषय एकसरो पढ्न पनि कोचिङ कक्षा जानुपर्योै।'बिहीबार (आज) बाट यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) दिन लागेकी वीरगन्जस्थित त्रिभुवन हनुमान माविकी सुजाताकुमारी गुप्ताको भनाइ हो यो। छ महिना लामो मधेस आन्दोलन र भूकम्पका कारण नियमित कक्षा सञ्चालन हुन नसकेपछि एसएलसी परीक्षा आउनु केही दिनअघिसम्म उनी सरसर्ती कोर्स सक्न ट्युसन सेन्टर धाउँदै थिइन्।

बन्दका कारण विद्यालयमा पढाइ रोकिएपछि एसएलसी पास गर्न मासिक एक हजारभन्दा बढी शुल्क तिरेर ट्युसन सेन्टर धाउनुपरेको उनले सुनाइन्। ट्युसनमा उनले अफ्ठेरो भनिएका गणित, अंग्रेजी र विज्ञान विषय मात्र पढिनन्, विद्यालयमा कोर्स नसकिएका अन्य सबै अनिवार्य र ऐच्छिक गरी ८ वटै विषय पढिन्।

भन्छिन्, 'विद्यालय चल्ने समयमा जति बेला पनि आन्दोलन भयो। विद्यालयमा पढाइ नै नभएपछि हजारौँ खर्च गरेर दुई महिनादेखि ट्युसन पढ्न बाध्य भएँ। घरमै आफैँ पढ्न खोज्दा धेरै कुरा बुझ्न समस्या भयो।'

सुजातासँगै उनको विद्यालयका सबै जसो विद्यार्थी कोही ट्युसन त कोही कोचिङ कक्षामा कोर्स पूरा गर्नैका लागि भर्ना हुन बाध्य भएका थिए।

सप्तरीका तनवीर अस्फाक जनता मावि बिसनपुरका विद्यार्थी हुन् तर उनी विद्यालयमा हाजिर छैनन्। एसएलसी परीक्षाको एक साताअघिसम्म उनीसँगै उनको विद्यालयका २८ जना विद्यार्थी राजविराजस्थित दुइटा ट्युसन सेन्टरमा पढिरहेका थिए। अस्फाकले भने, 'विद्यालय खुलेलगत्तै भुइँचालो र त्यसपछि आन्दोलनले पढाइ नभएपछि राजविराज आएर पढ्न सुरु गरेका हौँ। एसएलसी पास गर्नुपर्छ भनेर राजविराजमा आएर पढ्न झन्डै २२ हजार खर्च भइसकेको छ।' ट्युसन सेन्टरमा पनि बन्द र कर्फ्युको समयमा पढाइ अवरुद्ध हुँदा मुस्किलले कोर्स सकिएको तर दोहोर्याोउन नपाएको उनले गुनासो गरे।

पर्सा र सप्तरीका विद्यार्थी मात्र होइनन्, बिहीबारबाट एसएलसी परीक्षामा सहभागी हुने तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका गरी ८ वटै जिल्लाका ६० हजारभन्दा बढी विद्यार्थी विद्यालयको नियमित कक्षाबिनै यसपटकको एसएलसी परीक्षामा सहभागी हुँदैछन्।

विद्यालयमा कोर्स नसकिएका विद्यार्थीमध्ये धेरैले घरमै स्वअध्ययन गरिरहेका छन् भने कोहीले ट्युसन तथा कोचिङ गएर भए पनि पढेका छन्।

भदौदेखि सुरु भएको मधेस आन्दोलनका कारण तराईका यी जिल्लाका अधिकांश विद्यालय ९० दिनभन्दा बढी बन्द भएका छन्। नियमअनुसार विद्यालय एक वर्षमा २ सय २० दिन खुला रहनुपर्छ भने एक सय ९२ दिन नियमित कक्षा सञ्चालन हुनुपर्नेछ। मधेस आन्दोलन, बर्र्खेबिदा, भूकम्प र चाडबाडका कारण तराईका कुनै पनि विद्यालयमा यो नियम पालना हुन सकेन।

लगातार मधेस आन्दोलन, भूकम्प र मधेस आन्दोलन अगाडिको एकमहिने बर्खेबिदाका कारण नियमित कक्षा नभएपछि एसएलसी दिने विद्यार्थीको पढाइ पूरा गर्न नसकिएको सिरहा, लाहनस्थित पशुपति आदर्श उच्च माविका प्रधानाध्यापक परमेश्वर राय बताउँछन्।

'एसएलसी दिने विद्यार्थीको करिब ८० प्रतिशत कोर्स नै पूरा गर्न सकिएन,' उनले भने, 'नियमित कक्षा नहुँदा एकैपटक कोर्स सिध्याउन हतारमा पढाउँदासमेत कोर्स पूरा गर्न समस्या पर्योन।'

उनले आन्दोलनको समयमा विद्यालय पोसाक नलगाई, कोचिङ कक्षा, बिदाको दिन पढाउँदासमेत कोर्स पूरा गर्न नसकेको स्विकारे।

प्रधानाध्यापक रायका अनुसार लगातारको बन्दपछि खुलेको तीन महिना अवधिमा वर्षभरिको कोर्स छिटोछिटो पढाउँदा विद्यार्थीलाई बुझाउनसमेत समस्या परेको छ। 'बन्दको मारमा परेका तराईका जिल्लामा केही समयपछि मात्र परीक्षा सञ्न्चालन गरेको भए राम्रो हुनेथियो,' उनले भने, 'तर सरकारले परीक्षा नसारेका कारण धेरै विद्यार्थी घरमै पढेर, कोचिङको भरमा परीक्षामा सहभागी हुँदैछन्।'

रेडियो, टिभी कार्यक्रम प्रभावहीन

तराईका जिल्लामा कक्षा सञ्चालन नभएपछि सरकारले आठवटै जिल्लाका विद्यार्थीलाई लक्षित गरी रेडियो, टेलिभिजन, इन्टरनेट तथा मोबाइल एप्समार्फत एसएलसी तयारी कक्षा चलाएको छ। विद्यालयमा नियमित रुपमा पढ्न नपाएका विद्यार्थीले उक्त सेवा प्रयोग नै नगरेको बताएका छन्।

महोत्तरीको दुर्गा माविका विद्यार्थी रविनकुमार साह आफ्नो घरमा टिभी नै नभएका कारण सरकारले टिभीबाट पढाएको विषयमा आफूलाई जानकारी नै नभएको बताउँछन्।

'घरमा टिभी नै छैन, कहाँबाट पढ्नु?' उनले भने, 'त्यसमाथि पनि यस्तो लोडसेडिङ हुने देशमा टिभीको पढाइ कसरी पढ्न सकिन्छ?'

उनले रेडियो, टिभीमा पढाएको विषयमा आफ्नो विद्यालयका कसैलाई पनि जानकारी नभएकाले धेरै साथी ट्युसन गएको बताए।

महोत्तरीको बर्दिबासमा रहेको बर्दिबास एजुकेसन फाउन्डेसन एन्ड ट्युसन सेन्टरमा एसएलसी तयारी गरिरहेका विभिन्न १० वटा विद्यालयका ७२ विद्यार्थीले रेडियो तथा टिभीबाट नपढेको बताए। उनीहरुले कोर्स सकाउने चिन्तामा रहेका कारण रेडियो, टिभीभन्दा पनि ट्युसन सेन्टरमा नै भर्ना हुनुपरेको जानकारी दिए। महोत्तरीकै शंकर राष्ट्रिय माविका भूपेन्द्र राय भन्छन्, 'रेडियो, टिभीमा कति बजे, कस्तो कार्यक्रम आउँछ भन्ने नै थाहा छैन,' 'मलाई त कसरी कोर्स सकेर पुनः दोहोर्यानएर पढ्ने भन्ने मात्र चिन्ता छ।'

सर्लाहीका चतुरभुजेश्वर उच्च माध्यमिक विद्यालयका गणित शिक्षक दिनेश साहले पनि विद्यार्थीले रेडियो टिभीमा नपढेको जानकारी दिए। 'हामीले उनीहरुलाई जानकारी गराएका थियौँ,' उनले भने, 'तर लोडसेडिङ तथा समयको समस्याका कारण र नबुझेको कुरा सोध्न नमिल्ने भन्दै विद्यार्थीहरुले नपढेको गुनासो गरेपछि कोचिङ चलाएर पढाएका हौँ।'

जनकपुरको सकल भवन कन्या उच्च माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र ठाकुरले जनकपुरकै एम्बिसन प्वाइन्ट ट्युसन सेन्टरमा पढाउँछन्। 'मैले पढाउने सेन्टरमा १५ वटाभन्दा बढी विद्यालयका विद्यार्थीले एसएलसी तयारी गरेका छन्,' उनले भने, 'ती सबै विद्यालयमा बन्दका कारण कोर्स नसकिएपछि विद्यार्थी कोर्स पूरा गर्न भन्दै सेन्टरमा आएका हुन्।'

शिक्षा विभागका महानिर्देशक खगराज बरालले बन्दको मारमा परेका जिल्लामा लक्षित गरेर चलाइएको रेडियो तथा टिभी कार्यक्रम कतिको प्रभावकारी भए भन्ने कुरा नतिजा आएपछि थाहा हुने बताए। उनले मधेस आन्दोलनका कारण पठनपाठनमा धेरै समस्या झेलेका तराईका विद्यालयमध्ये धेरैलै शनिबार र बिदाको दिन तथा बिहानबेलुकासमेत पढाएको जानकारी दिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस