औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध
२६ भदौ २०७९
•
९ मिनेट पाठ
औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध
‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ। श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ। यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ। ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले नपाउने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।




श्राद्धमा कर्ताले पालना गर्नुपर्ने एकछाकी बाहेकका सबै नियम निमन्त्रणा पाएको पुरोहितले पनि पालना गर्नुपर्ने शास्त्रीय विधि रहेको बताउनुहुन्छ वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई।

श्राद्ध गराउने पुरोहितले पनि घरमा पूजा गर्नु नहुने शास्त्रीय वचन छ। नित्य पूजा गर्ने अरु कोही नभई गर्नै पर्ने भएमा पूजा गरिसकेपछि फेरि स्नान गरेर मात्र यजमान कहाँ श्राद्ध गर्न जानुपर्छ। पुरोहितले पनि निधारमा टीका लगाउनुहुँदैन। 'कर्ता र पुरोहितको पनि निधारमा टीका देखेपछि पितृ निराश भएर फर्कन्छन्, यसैले पूजा गर्नै पर्ने भए पनि पानीको मात्र टीका लगाउनुपर्छ, पुरोहितले एक घरमा मात्र श्राद्ध गर्नुपर्छ' उनले भने।  

देशे काले च पात्रे च श्रद्धया विधिना च यत्।

पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे।।

देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ भनी विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।सोह्र श्राद्धमा कुनै एक पितृको मात्र नभएर दिवङ्गत भएका सम्पूर्ण पितृको सम्झनामा तर्पण दिई श्राद्ध गरिन्छ। आफ्नै घर हुनेले घरमा र घर नहुनेले नदीको किनारमा श्राद्ध गर्नुपर्छ। अघिल्लो दिनदेखि नै चोखो बसेर, कपाल काटेर श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ। ब्रम्हाजीले बताएअनुसार श्राद्ध भनेको श्रद्धा अर्थात् विश्वास हो।  दिवङ्गत पितृको कर्म गर्दा दिएको पाउनुहुन्छ भनेर श्रद्धा र विश्वासले ब्राम्ह्ण, गाई, अग्नि, नदी, दुःखी, गरिब, असहायमा समर्पण गर्नु श्राद्ध हो भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

नेपाल धर्म र संस्कृतिले धेरै धनी रहेको छ। प्रत्येक दिनजसो एक न एक पर्व परेकै हुन्छ।  चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन्। वर्षका चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोहे श्राद्ध भनिन्छ। एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मका सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।

यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। बढ्दो आधुनिकताका कारणले गर्दा कतिपय व्यक्तिलाई श्राद्धका नियम थाहा नहुन पनि सक्दछ। हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई बिर्सिदै जाने क्रम बढेको छ। समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभई नहुने वस्तुको अभाव हुँदै गएको छ।  

पितृ खुसी हुनु भयो भने आयु, पुत्र, धन, विद्या, राज्य, सुख, स्वर्ग, मोक्ष प्राप्त हुन्छ।  त्यसैले शास्त्रले पितृकर्मलाई अत्यन्त महत्व दिएको छ।  देवताले दिने, पितृले हर्ने शास्त्रीय मान्यता नेपाली समाजमा रहँदै आएको छ।

न सन्ति पितरश्चेती कृत्वा मनसि यो नर।

श्राद्धम् न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते।। 

अर्थात् जसले पितृ छैनन् वा हुँदैनन् भनी श्राद्धादि कर्म गर्दैनन् भने त्यसको रगत पितृले पिउँछन्। भन्ने वचन पनि ग्रन्थमा रहेको छ। भगवान् राम, भीष्मपितामह आदिले पनि श्राद्ध गर्नुभएको रामायाण, महाभारतलगायत ग्रन्थमा उल्लेख गरिएको छ।

हाम्रा धार्मिक शास्त्रमा श्राद्ध धेरै किसिमका छन्। भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ।  दिनदिनै गरिने नित्य श्राद्ध हो। वार्षिक एकोद्दिष्ट नैमित्तिक श्राद्ध, आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध, सपिण्डी श्राद्ध, पार्वण श्राद्ध, गोठमा गरिने गोष्ठी श्राद्ध, पितृ तृप्ति विद्धानको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो।  

सीमन्तोनयन, पुंसवन आदि संस्कारका निमित्त गरिने कर्मांङ्ग श्राद्ध हो।  देवताका लागि गरिने दैविक श्राद्ध। देशान्तरमा जाँदा घ्यूले गरिने यात्रा श्राद्ध हो। शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो।  

यसैगरी अर्को ग्रन्थमा पाँच प्रकारको श्राद्धको उल्लेख गरिएको छ।  यो श्राद्ध भने आजकाल धेरै गरिएको देखिन्छ।  यसमा नित्य, नैमितिक, काम्य, वृद्धि र पार्वण श्राद्ध रहेका छन्।  हाम्रो समाजमा एकोद्दिष्ट बढी प्रचलनमा छ।  पितृलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ।  पितृको मृत महिना, पक्ष र तिथि याद गरी यो श्राद्ध गरिन्छ।

वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ।  सोह्र श्राद्ध समेत भनिने पिता अर्थात् बाबुको जुन तिथिमा गरिन्छ।  एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ।

आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा पनि वर्णन गरिएको छ।  पार्वण श्राद्धमा चार जना ब्राम्ह्ण चाहिने भएकाले ब्राम्ह्णको प्रतीक स्वरुप कुशको ब्राम्ह्ण थापिन्छ।  पहिले–पहिले पार्वण श्राद्ध गर्दा चार जना ब्राम्ह्ण अगाडि राखेर पूजाआजा गर्ने परम्परा थियो।  यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राख्न थालिएको पण्डित देवकोटा बताउनुहुन्छ।  दुवैपट्टि दुई/दुई ब्राम्ह्णलाई क्रमशः विश्देव र पितृ ब्राम्ह्ण भनिन्छ।

पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिएर सुरु गरिन्छ।  प्रत्येक ब्राम्हणलाई निमन्त्रणा गरिन्छ।  यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ।  प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ।  श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो घर नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ। घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ।

के हो पिण्ड?

पिण्ड भनेको ब्रह्माण्डको उत्तम वस्तुद्वारा निर्मित पितृलाई नाम गोत्रोच्चारणपूर्वक समर्पण गरिने पितृको भोज्य अर्थात् खाने पदार्थ हो। श्राद्धको दिन छोरीको छोरो (नाति), कुश, तुलसी, कालो तिल, मासको बारा, अदुवाको भुजुङ्गो छोप चाहिन्छ।

कर्ताले दिएको पिण्डको अन्न पितृलाई अमृत अवस्थामा प्राप्त हुन्छ। दैत्ययोनीमा गएको भए भोगरुपमा प्राप्त हुन्छ। पशु योनिमा तृण अर्थात् घाँसका रुपमा प्राप्त हुन्छ। सर्प योनिमा वायु रुपमा प्राप्त हुन्छ। यक्ष योनिमा गएको भए पान रुपले प्राप्त हुन्छ। मनुष्य योनीमा गएको भए अन्नका अनेक रुपमा प्राप्त हुन्छ। प्रेत योनिमा गएको भए रगतको रुपमा प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।  

पितृ पक्ष (सोह् श्राद्ध) को अपराह्नकालस् कुन तिथि कतिखेर गर्ने?

दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह् श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको हुन्छ। धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह् श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचन अनुसार पञ्चाङ्गकार तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकाली सार्वजनिक गरेका हुन्।

पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ २६ गते आइतबार अर्थात् आजदेखि सुरु भएको छ।  सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय प्रमाण छ।  

आइतबार आज प्रतिपदा तिथिको श्राद्ध दिउँसो १३: १४ बजेदेखि १४ः १९ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो।  यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ। तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ।  यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतम बताउछन्।

भदौ २६ गते आइतबार नै द्वितीया तिथि श्राद्ध दिउँसो १४ः०९ बजेदेखि सूर्यास्तपूर्व सम्मको समय दिइएको छ।  भदौ २७ गते सोमबार तृतीया तिथि श्राद्धको समय  १३ः३० बजेदेखि सूर्यास्त पूर्वसम्म गर्न सकिन्छ।  भदौ २८ गते मङ्गलबार चतुर्थी तिथि श्राद्ध पनि १३ः१२ बजेदेखि सूर्यास्त पूर्व नै सक्ने गरी गर्नुपर्छ।

यसैगरी पञ्चमी तिथि श्राद्ध भदौ २९ गते बुधबार दिउँसो १३ः बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा सक्नुपर्नेछ।  षष्ठी तिथि श्राद्ध भदौ ३० गते बिहीबार १३ः११ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ।  सप्तमी तिथि श्राद्ध भदौ ३१ गते शुक्रबार १३ः११ बजेदेखि सूर्यास्त पूर्व सम्ममा गर्नुपर्नेछ।  यस वर्ष असोज १ गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ।

अष्टमी तिथि श्राद्ध असोज २ गते आइतबार दिउँसो १३:०९ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ। नवमी तिथि श्राद्ध असोज ३ गते सोमबार दिउँसो १३ः१० देखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ। दशमी तिथि श्राद्ध असोज ४ गते मङ्गलबार १३ः०९ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ।

एकादशी श्राद्ध असोज ५ गते बुधबार दिउँसो १३ः०८ बजेदेखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ।  द्वादशी तिथि श्राद्ध असोज ६ गते बिहीबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयमा सक्ने गरी गर्नुपर्नेछ। त्रयोदशी तिथि श्राद्ध असोज ७ गते शुक्रबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गर्नुपर्नेछ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज ८ गते शनिबार १३ः०६ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो।  औँसी तिथि श्राद्ध असोज ९ गते आइतबार दिउँसो १३ः०७ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गरिसक्नु पर्नेछ। अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ। यस्तो श्राद्ध पितृले पाउँदैनन्। कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउछन्।

पितृपक्ष अर्थात् सोह् श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए। यो समयमा पनि कारणवश सोह् श्राद्ध गर्न नसकिएमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो।  दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह् श्राद्ध गर्न थालिएको हो।  यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस