एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ
१२ वैशाख २०७३
•
२ मिनेट पाठ
एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ
भीमदत्तनगर-भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन्।पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो।




'पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,' प्रहरीले स्रोतले भन्यो– 'उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।'

स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।

उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ । उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन । यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले विस्तृत विवरण दिन चाहेनन्। 'अहिले नै मकहाँ आइपुगेको छैन,' डिआइजी भट्टले भने। रासस
अर्को समाचार
हतियारसहित आएका भारतीय प्रहरीको जिप्रका कैलालीमा अनुसन्धान हुँदै
१३ वैशाख २०७३
•
४ मिनेट पाठ
हतियारसहित आएका भारतीय प्रहरीको जिप्रका कैलालीमा अनुसन्धान हुँदै
भीमदत्तनगर-सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाट हतियारसहित पक्राउ परेका पाँच भारतीय प्रहरी कञ्चनपुरको गड्डाचौकीनाकामा तीन दिनका लागि नेपाल घुम्न जान लागेको बहानामा भित्रिएको तथ्य खुलेको छ।




शनिबार दिउँसो ३:२० मिनेटमा गड्डाचौकी भन्सारमा उनीहरु आफूहरुले प्रयोग गरेको भारतीय जिपको भन्सार राजस्व तिरेर नेपाल प्रवेश गरेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ।

"नेपाल घुम्न जानका लागि भन्दै तीन दिनको राजस्व तिरेर प्रवेश गरेका छन्," कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भने–"भन्सार तिर्नुपर्ने सामान उनीहरुसित केही पनि थिए।"

पञ्जाब प्रहरीका प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र दुई जना हबल्दारसहित पाँच जना भारतीय बिबी १३ एच ००५९ नम्बरको जिप लिएर सादा पोसाकमा नेपाल प्रवेश गरेको भेटिएको छ। पञ्जाबमा चिकित्सक हत्याका आरोपितलाई खोज्दै हिँडेका उनीहरु अछामका एक स्थानीयवासीसँगै पाँचैजना प्रहरी आइतबार डोटीको सानागाउँ, चौखुट्टे क्षेत्रमा पक्राउ परेका थिए।

उनीहरुले आफूहरु गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेको बताए पनि सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीले हतियार भित्र्याएको सुइँकोसम्म पाएनन्। "सबैभन्दा ठूलो गल्ती कञ्चनपुर प्रहरीको देखिएको छ," एक प्रहरी अधिकारीले भने – "हतियारसहित चौथो जिल्ला पुग्दासम्म सुरक्षा निकाय सुतेरै बसेको जस्तो देखियो।" पक्राउ परेका सवारी चालक भारतीय नागरिक गगन दीपसहित पाँचै जना भारतीय प्रहरीलाई आइतबार कैलालीको धनगढी पुर्या इएको स्रोतले जनाएको छ।

"भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान थालिएको छ," प्रहरी स्रोतले भन्यो – "यो घटनालाई निकै गोप्य राखिएको छ ।" पक्राउ परेका भारतीय प्रहरीबाट नेपाल प्रहरीले एके–४७ एक थान र एक थान पेस्तोल र दुवै हतियारमा लाग्ने ३७ राउन्ड गोलीसमेत नियन्त्रणमा लिएको छ । उनीहरु पक्राउ परेसँगै प्रहरीले घटनालाई सार्वजनिक गर्न चाहेको छैन। आइतबार घटनाबारे जानकारी लिन खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयकुमार भट्टले कुनै प्रतिक्रिया दिन मानेनन्।

त्यसैगरी आज पनि उक्त घटनाका विषयमा सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद शर्मा घिमिरे पनि 'डिआइजी सापबाट बुझ्नुस' भन्दै घटनाबारे अनभिज्ञता प्रकट गरे। अछाम जान लागेका भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझा नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको बुझिएको छ।रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस