चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र
०८ असोज २०७९
•
२ मिनेट पाठ
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र
उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई  दुई लाख जरिवाना गर्‍यो। विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो।  




विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक खाद्य वस्तु बिक्रेतालाई रु दुई लाख जरिवाना गर्‍यो। टोलीले मूल्यसूची, फर्म दर्ता प्रमाणपत्र बिक्री स्थलमा नराखेको भन्दै ललितपुरकै लगनखेलस्थित एक औषधि पसललाई ५० हजार जरिवाना गरेको छ।  

चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। पछिल्लो एक सातामा मात्रै विभागले दुई सय ७२ फर्ममाथि अनुगमन गरेको छ। गत साउनदेखि हालसम्म आठ सय ४४ फर्मको अनुगमन गरी एक सय ७५ वटा फर्मलाई जरिवाना गरिएको छ। जरिवानाबाट ३५ लाख ३१ हजार राजश्व उठेको छ। सो अवधिमा २३ लाख ९९ हजार मूल्य बराबरको म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेका अधिकांश फर्मलाई विभागले पाँच हजार जरिवाना गरेको छ।  

अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल लिइ विभागमा उपस्थित हुन, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ। विभागले खाद्य वस्तु, तरकारी फलफूल, मिनि मार्ट, फार्मेसी, माछामासु, सूर्तीजन्य एवं मदिरा, डेरी प्रोडक्ट, तयारी तथा थान कपडा पसल, कस्मेटिक तथा मिठाइ पसलमा अनुगमन गरेको थियो।  

विभागका निर्देशक हरि पङ्गेनी चाडबाड नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ्ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुमगनलाई तीव्र पारिएको बताउँछन्।  

बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उनको भनाइ छ। विभागले १० वटा अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ। अनुमगनका क्रममा व्यापारीले बिलबिजक देखाउन नसक्ने, खरिद र बिक्री बिल नभएको, सरसफाइमा ध्यान नदिएकोलगायतका अवस्था भेटिएको थियो। विभागले क्षेत्रगत विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको छ।  

सार्वजनिक बिदाका दिन पनि अनुमगनका लागि विभिन्न स्थानमा टोली खटिइएको निर्देशक पङ्गेनीले जानकारी दिए। बजारलाई व्यवस्थित बनाउन केही दिनअघि विभागले काठमाडौँ महानगरसँग पनि छलफल गरेको छ। स्थानीय तहका उपप्रमुख बजार अनुमगन समितिको अध्यक्ष हुने व्यवस्था छ। रासस
अर्को समाचार
चाडबाड लक्षित बजार अनुगमन तीव्र, ४ फर्मलाई जरिवाना
१६ असोज २०८१
•
३ मिनेट पाठ
चाडबाड लक्षित बजार अनुगमन तीव्र, ४ फर्मलाई जरिवाना
बजार अनुगमन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीलगायत टोली। तस्बिरः महेश्वर
उदयपुरमा नजिकिएको चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरिएको छ।




दसैँ, तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय उदयपुरले थालेको बजार अनुगमनमा उपभोक्ता हितविपरित गर्ने ४ व्यापारिक फर्महरू कारबाहीमा परेका हुन्।

अनुगमनको क्रममा म्याद गुज्रेका सामग्री तथा पेय पदार्थ बेच्ने गरेको, मापदण्डबिपरित अन्य कार्य गरेको तथा मूल्य सूचि नराखी बिक्री वितरण गरेर ग्राहक ठग्ने गरेकोजस्ता कमजोरी गर्नेहरू कारबाहीमा परेका हुन्। जिल्ला अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी नेतृत्वको टोलीले नियम विपरीत गरेका पसलहरूलाई कारबाही गरेको हो।

टोली संयोजक रेग्मीले गल्ती गर्ने व्यापारी व्यवसायीलाई कानुन अनुसार कारबाही गरिएको बताए। सुरुवाती चरणमा भएकाले गाईघाट, बोक्सेलगायत मुख्य गोदाम क्षेत्र र अन्य चल्ती बजार क्षेत्रमा गरेको अनुगमनमा कमजोरी गरेको पाइएपछि ४ वटा पसल कारबाहीमा परेको सहायक सिडिओ रेग्मीले बताए। उनीहरुलाई गरिएको कारबाहीबाट ७२ हजार रुपैँया राजश्व संकलन भएको उनको भनाई छ।

म्याद सकिएको खाद्यान्न तथा चिसो पेय पदार्थ बेच्ने, मापदण्ड अनुसार अन्य कुराहरु पुरा नगरेकाहरू करबाहीको दायरामा ल्याइएको उनले बताए। मंगलबार जम्मा १८ वटा पसलमा गरिएको अनुगमनमा मापदण्ड नपुगेका तथा अनियमित गर्ने ती पसलहरू कारबाहीमा परेका हुन्। जसमा गाईघाटस्थित सत्यन्त्र सप्लयार्स कोर्डिङ डिलर ४० हजार जरिवानाको भागीदार भएको छ।

त्यस्तै त्रियुगा नगरपालिका १० बोक्से करमगाछीस्थित रुपेश किराना पसललाई १५ हजार जरिवाना तिराइएको छ भने प्रशान्त किराना पसललाई १० हजार जरिवाना गराइएको छ। अनुगमन टोलीले पुजा मिष्टान्नलाई ७ हजार जरिवाना तिराएको करदाता सेवा कार्यालय गाईघाटका नासु देवन राईले बताए।

जरिवाना तिराएसँगै ती पसललाई आगामी दिनमा त्यस्तो गैर कानुनी काम नदुहो¥याउन पनि सख्त चेतावनी दिइएको छ। यदि अर्को पटकको अनुगमनमा पनि यस्तो गल्ती गरेको भेटिए दोब्बर वा त्यो भन्दा बढी जरिवाना र अन्य कानुनी कारबाही गर्ने चेतावनी सचेत टोलीले दिएको छ।

चाउचाउ, बिस्कुट, दुनोट, पाउरोटीजस्ता म्याद गुज्रेको खाद्य पदार्थहरू, कोक, फेन्टा, डिउ, पेप्सी, रेडबुलजस्ता पेय पदार्थहरू बेचेको पाइएपछि कारबाही गर्नु परेको हो। त्यस्तै व्यवसाय सञ्चालन गर्ने इजाजत पत्र नभएको, कर कार्यालयको अनुमति पत्र नलिएको तथा अन्य कानुनी आधार प्रमाण पुग्ने कागजात नभएको भेटिएपछि उनीहरु कारबाहीको दायरामा ल्याउनु परेको हो। 

त्यसैगरी मूल्यसुचि नटाँसेको, मापदण्ड अनुसारका नाप तौलका ढक तराजु नभएको, अन्य आवश्यक व्यवस्थापन र सरसफाइजस्ता विषयहरू प्नि अनुगमनको क्रममा टोलीले हेर्ने गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाईघाटले चाडबाडका बेला उपभोक्ता ठगिनबाट बँचाउन तथा कालाेबजारी रोक्न अनुगमन कार्यलाई निरन्तरता दिइएको जनाएको छ। चाडपर्वका बेला बजार भीडभाड हुने मौका छोपेर ठगी धन्दा र कालोबजारी चल्ने विगतको घट्नालाई लिएर अनुगमन नियमित गर्न थालिएको विभागले जनाएको छ।

सहायक सिडिओ रेग्मी नेतृत्वको जिल्ला अनुगमन समितिको टोलीले सदरमुकाम गाईघाट, बोक्से, मोतिगडा, पुरानो गाईघाट, जलजले, देउरी, राजाबास, चुहाडे, बगाहालगायत बजारमा अनुगमन गरिरहेको छ। टोलीले अनुगमन कार्यलाई निरन्तरता दिँदै बेलटार, रामपुर, कटारी, मुर्कुची, घुर्मी, बेतिनी, रौतालगायत अन्य ससाना बजारतिर पनि परिचालन  हुने तयारी गरिरहेको छ। 

अनुगमनको पहिलो फेजमा गल्ती गर्नेलाई सचेत गराउने तथा दोहो¥याएर अनुगमन गर्दा पनि गल्ती गरेको पाइएपछि जरिवाना तिराएर कारबाही गर्न थालेको संयोजक रेग्मीले बताएका छन्। अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग, खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय अनुसन्धान कार्यालय, भेटनरी तथा पशु विज्ञ सेवा केन्द्र, त्रियुगा उद्योग वाणिज्य संघ र सञ्चारकर्मी प्रतिनिधि पनि सहभागी रहेका छन्। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस