काठमाडौं–संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीलाई पुन सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तीका लागि सिफारिस गरेको छ। यसअघि चैत २८ गते बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ती गर्न सिफारिस गरेको थियो।प्रधानत्यायाधीश कल्याण श्रेष्ठले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफासिर गरेको हो। चैत २८ गते बसेको संवैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित थिइन्। सभामुख ओनसरी घर्ती विरामी भएपछि परिषदको बैठकमा सहभागी हुन सकेकी थिइनन्। तर प्रधानमन्त्री केपी ओलीले अस्पताल पुगेर सभामुखको सहमति लिएर कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको बताएका थिए। सभामुख घर्तीले भने आफ्नो अनुस्थितिमा परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको भन्दै असन्तुष्टि जनाउँदै आएकी थिइन्।
सभामुख घर्तीको उपस्थितिमा सोमबार विहान बसेको परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम पुन सिफारिस गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी दिए। परिषदले कार्कीको नाम सिफारिस गरेपनि संसदीय सुनुवाई समिति नहुँदा कार्की प्रधानन्यायाधीशमा नियुक्त हुन पाइकी छैनन्। दलहरुबीच संसदीय सुनवाई समिति कति सदस्य हुने भन्नेमा विवाद छ। संसद नियमावलीमा सहमति जुटाउन आइतबार सभामुखले बोलाएको प्रमुख दलको बैठकमा नेताहरुले सहमतिबाटै विवाद टुंग्याउने प्रतिबद्धता जनाएका थिए। आज नियमावली मस्यौदा समितिको बैठक बस्दैछ। दलहरुले समितिको बैठक अगाडि नै विवादित विषयमा सहमति जुटाउने बताएका छन्।