यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’
१३ असोज २०७९
•
६ मिनेट पाठ
यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’
दशैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेका छन्। विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुन्छन्। त्यसो त उपभोक्ता पनि स्वयं जागरुक र जिम्मेवार नबन्दा गुणस्तरहीन खाद्यवस्तु र सामग्री उपभोग गरेर कालोबजारी गर्नेलाई बल पुगिरहेको छ।  




वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैँ सचेत नभएसम्म बजारमा उपभोग्य सामग्रीको महँगी र कालोबजारी नियन्त्रण नहुने बताउँछन्। उनले भने, 'उपभोक्ताको मुहार हेरेर व्यापारीले मूल्य निर्धारण गर्छन्। अनुगमनकारी निकाय मूकदर्शक बनरिहेको अवस्था छ, त्यसैले व्यवसायीलाई अनुशासित तुल्याएर उपभोक्ता मैत्री नबनाएसम्म बजार स्वच्छ रहन सक्दैन, त्यसमा उपभोक्त स्वयं पनि जागरुक र जिम्मेवार बन्न जरुरी छ।'

‘चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षा’ विषयमा सञ्चार केन्द्र नेपालले आज आयोजना गरेको अन्तक्र्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले बजारमा समग्र वस्तुको मूल्यवृद्धि भएको भन्दै उपभोक्तालाई अनुभूति हुनेगरी बजार अनुगमन हुन नसकेको बताए।

दशैं, तिहारललगायत पर्वमा मात्र नभई बजार अनुगमनलाई निरन्तर अभियानका रूपमा सञ्चालन गरिनुपर्ने उनको धारणा छ। उनले भने 'बजारको प्रभावकारी अनुमगन हुन सकेको छैन। व्यापारीले उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सामग्री खरिद गर्न बाध्य तुल्याइरहेका छन्। खाद्य उपभोग्य वस्तुमात्र नभई चाडपर्वमा गाउँघर जाने यात्रुलाई सडक तथा हवाई यातायातमा महँगो भाडाले पिरोलेको छ।'  

चर्को मूल्य तिरेर भए पनि उपभोक्ताले सहजरूपमा सेवा पाउन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ। महङ्गोमा वस्तु तथा सामान खरिद गर्दा गुणस्तरीय सामान पाउन उपभोक्तालाई मुस्किल छ। विद्यमान अनुगमन प्रणालीमा विशेषज्ञसहितको अनुगमन नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि नै जोखिमको सम्भावना बढेको छ।

आपूर्ति सहज र सुरक्षा सुदृढ

उपभोक्ता अधिकारकर्मीले प्रभावकारी बजार अनुगमन नभएको गुनासो गरिरहँदा सरकारी निकायले भने दैनिक उपभोग्य बजारको प्रभावकारी अनुगमन गरी आपूर्तिलाई सहज बनाउन र शान्ति सुरक्षा कायम गर्न सक्रिय ढङ्गले लागेको बताएकाे छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले आपूर्ति सहज गरी उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण तथा सामग्रीको गुणस्तर कायम गर्न सरोकारवाला निकाय समन्वयात्मक ढङ्गले सक्रियरूपमा परिचालन भएको बताए। उनले आपूर्ति सहजीकरणसँगै मूल्यवृद्धि नियन्त्रण, बजारमा शान्ति सुरक्षा कायम गर्न तथा गन्तव्य पुग्ने यात्रुको सवारीसाधन व्यवस्थापनमा आफू लागिपरेको बताए।

प्रजिअ उपाध्यायले भने, 'नागरिकको सेवालाई चुस्तदुरुस्त बनाउन र उपभोग्य वस्तुको मूल्य स्थिर र गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्न वाणिज्य विभाग क्रियाशील भएर लागेको छ। चाडपर्वलक्षित शान्ति सुरक्षा योजना कार्यान्वयनमा आएको छ। चारवटै सुरक्षा निकायसँग समन्वय गरी एकीकृत सुरक्षा योजना लागू गरिएको छ।'

बजार अनुगमनको नेतृत्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको र त्यसलाई सहजीकरण गर्न आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले गरेको उहाँले जानकारी दिए।

चाडपर्व केन्द्रीय सुरक्षा योजना कार्यान्वयनमा    

दशैं, तिहार, छठलगायत चाडपर्वमा हुने सम्भावित जोखिम नियन्त्रण गर्न र शान्ति सुरक्षालाई चुुस्तदुरुस्त बनाउन चाडपर्व केन्द्रीत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिए। चारवटै सुरक्षा अङ्गको समन्वय गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो।  

यसका साथै काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ। साथसाथै, सडकका खाल्डा पुर्ने तथा सरसफाइ कार्यका लागि सरोकारवाला निकायको सहकार्यमा काम भइरहेको छ।

सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिबीच छलफल गरी चाडपर्व लक्षित १६ बुँदे निर्णय कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिए। चोरीलगायत घटनामा तत्कालै सम्बोधन हुनेगरी संयन्त्र परिचालन गरिएको छ। सम्भावित विपद्जन्य घटनाको तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ। नयाँ बसपार्कमा अलपत्र परेका करिब एक हजार यात्रुलाई आज मयुर यातायातका बसमार्फत गन्तव्यमा पठाइएको उनले जानकारी दिए।

 प्रभावकारी अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले बजारको अनुगमनलाई प्रभावकारी बनाइएको बताए। विभागले चाडपर्वमा मात्र नभई निरन्तर अनगुमन कार्य गर्दै आएको उनले जानकारी दिए।  

महानिर्देशक भट्टराईका अनुसार अहिले दैनिक ५० भन्दा बढी निकायको अनुगमन भइरहेको छ। चालू आर्थिक वर्षमा विभागले तीन हजार ६०० निकायको अनुगमन गर्ने लक्ष्य लिएको  । महिनाको तीन सयका दरले अनुगमन भइरहेको र साउन र भदौ दुई महिनामा मात्रै चार सय ५० भन्दा बढी निकायमा अनुगमन गरिएको छ।

विभागको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन र खाद्य सामग्रीको गुणस्तर पहिचान गर्न विज्ञसहितको जनशक्ति आवश्यक रहेको भन्दै त्यसतर्फ पनि समन्वयका साथ काम भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए। उनले भने, 'सङ्ख्यात्मक भन्दा पनि गुणात्मक अनुगमनलाई ध्यान दिएका छौँ। कानून उलङ्घन गर्ने र उपभोक्ताको हकहितविरुद्ध हुने गतिविधिलाई कानूनी दायरामा ल्याउँछाैँ।'

विभागको अभियान

‘जागरुक उपभोक्ताः जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ विभागले उपभोक्ता हित संरक्षण अभियान चलाएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो। प्रवाह गर्नु बिक्रेताको कर्तव्य पनि हो भने बिना भेद्भाव वा सेवा खरिद गर्न पाउनु उपभोक्ताको अधिकार हो। बिक्रेताले आफूले प्रदान गर्ने वस्तु वा सेवाको नाम र सोको मूल्यसूची स्पष्टरूपमा सबैले देख्ने ठाउँमा राख्नु बिक्रेताको कर्तव्य रहेको विभागले सचेत गराएको छ।

खरिदबिक्री गरिने वस्तुमा उत्पादन मिति तथा उपभोग्य मिति उल्लेख छ/छैन ख्याल गर्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने औँल्याइएको छ। बजारमा कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना गर्नु र खाद्य पदार्थलाई आकर्षक बनाउन अखाद्य पदार्थको प्रयोग गर्नु कानूनबमोजिम दण्डनीय अपराध हो ।

चौध सहायता कक्ष स्थापना

काठमाडौँबाट बाहिरिने यात्रुको सहज व्यवस्थापन र गुनासो तत्कालै सम्बोधन गर्न सरोकारवाला निकायको समन्वयमा विभिन्न स्थानमा १४ वटा सहजीकरण कक्ष स्थापना गरिएको र यात्रुले कुनै गुनासो मर्का परे तत्कालै सम्बोधन गर्ने गरी प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ। चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिम रोक्न ‘टाइम कार्ड’ लागू गरिएको तथा चाडपर्वमा मात्र नभई बजारमा भएका अन्य समस्याको समाधान गरी उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सबै संयन्त्र सक्रियरूपमा परिचालन भएको प्रजिअ उपाध्यायले बताए।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चाडपर्वका बेला मात्र नभई वर्षभरि उपभोग्य बजारको अनुगमन गरी सही र सन्तुलित समाचार सम्प्रेषण गर्नु सबै सञ्चारकर्मीको दायित्व भएको बताए। उनले जनतालाई सहज ढङ्गले उपभोग्य वस्तुको सुनिश्चितताका लागि विभाग, प्रशासनलगायत निकाय बढी सक्रिय हुनुपर्ने धारणा राखे।  

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द्रप्रसाद चोलागाईले प्रभावकारी बजार अनुगमन र महँगी नियन्त्रण्मा सरोकारवाला निकाय सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए।
अर्को समाचार
चाडपर्वप्रतिका चिन्तन
१४ चैत्र २०८०
•
३ मिनेट पाठ
चाडपर्वप्रतिका चिन्तन
चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्। एकसरो गतिलो कपडाको चाहना चाडपर्वमा पूरा हुन्छ। एकोहोरो कामले थाकेकाहरूका निम्ति मनोरञ्जन मिल्छ। यस अर्थमा नेपालका प्रत्येक चाडपर्व महोत्सव हुन्। जसले सबैलाई पुनर्ताजगी गराउँछन्। अझ सबैभन्दा मुख्य कुरा यिनले संस्कृतिको जगेर्ना गर्छन् र सनातनी गतिविधिलाई निरन्तरता दिन्छन्। त्यसैले हाम्रा पर्व महान् छन्। अनुशरणीय छन्।  




तर पछिल्लो समय यस्ता पर्वका नाममा भइरहेका विकृति टाउको दुखाइ बन्न पुगेका छन्। भर्खरै सकिएको फागु पर्वका क्रममा भएको झडपमा ललितपुरको ढोलाहिटीमा दुई जनाको ज्यानै गएको छ। अर्कोतर्फ कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता छन्। अन्यत्र पनि झडपका दर्जनौँ घटना भएका छन्। जसले फागु पर्वलाई विकृत तुल्याउँदै लगेको प्रष्ट हुन्छ।

फागु आपसमा रङ दलेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ। तर आफू–आफूबाहेक अपरिचितलाई पनि इच्छाविपरित रङ दल्ने, उसका कपडा र शरीर बिटुल्याइदिने, पानी खन्याइदिने, रङ हालिएका बेलुन, प्लास्टिक आदि पोका प्रहारबाट कतिपय अवस्थामा घाउचोट लगाइदिने जस्ता कामसमेत यतिबेला हुँदै आएका छन्। त्यति मात्र हैन, मादक पदार्थ सेवन गर्ने, ठूलो ठूलो स्वरमा संगीत बजाएर अरूलाई अवरोध पुर्‍याउने जस्ता काम हुने गरेको छ। हेलमेट नलगाइ मोटरसाइकल चलाउने, चार–पाँच जना चढ्ने, तीव्र गतिमा कुदाउने गतिविधिसमेत फागु पर्वका बेला हुने गरेका छन्। यस्तै कार्य गरेको अभियोगमा दुई सय ७७ जना पक्राउ पर्नुले पनि विकृतिको आकार कति ठूलो छ भन्ने थाहा पाउन सघाउँछ।

पर्व मनाउन पाइन्छ। यो अधिकारकै कुरा हो। तर आफूले कुनै पनि अधिकार प्रयोग गर्दा अरूलाई अवरोध पुर्‍याउन पाइन्न भन्नेचाहिँ थाहा नहुनु विडम्बनाकै कुरा हो। पर्वमा सामेल नभएकालाई जबर्जस्ती गर्नु, होहल्ला मच्चाउनु, रिसइवी फेर्ने मौकाका रूपमा दुरूपयोग गर्नु, मौलिकता रक्षा गर्नुको बदला हिंसात्मक र भयमय बनाउनु दुःखद पक्ष हुन्। जसले हाम्रो चेतनाको स्तर झन् झन् खस्केको प्रमाणित गर्छ भने पर्वहरूप्रति पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना गराउँछ।

मौलिकता हाम्रो सम्पदा हो। संस्कृति हाम्रो पहिचान हो। जात्रा, पर्व र मेला÷भेला हाम्रा संस्कार हुन्। यस्ता सम्पदा र संस्कार सबै शिक्षाप्रद् छन् जसबाट केही न केही शिक्षा अनुशरण गर्न सकिन्छ। हाम्रा पुर्खाले सुरु गरेका कुनै पर्व यस्ता छैनन् जसमा सिक्नलायक कुरा नहुन्। ती स्वास्थ्य, सफासुग्घर, अनुशासन, ममता र सम्मानसँग कुनै न कुनै रूपमा जोडिएकै छन्। मात्र यिनलाई अनुशरण कसरी गर्ने भन्ने विषय फरक हो। तर हामीले यी पक्षमा भन्दा पर्वलाई तडकभडक बनाउन बढी ध्यान दियौँ जसका कारण माथि उल्लिखित दुर्घटना हुन पुगे। यसले पक्कै पनि समाजमा राम्रो सन्देश गएको छैन।  

पर्वहरूलाई निरन्तरता दिनुको मतलब यी कालजयी रहून् भन्ने पनि हो। प्रत्येक नयाँ पुस्ताले यसलाई आत्मसात गरुन् भन्ने पनि हो। अनि यसका राम्रा पक्षबाट भरपुर फाइदा लिन सकून् भन्ने पनि हो। यस्तो कार्यले नेपालीपनलाई युगौँसम्म जीवित राख्न सक्छ। तर पछिल्लो समय पर्व मनाउने नाममा जे÷जस्ता हर्कत भइरहेका छन्, ती भत्र्सनायोग्य छन्। यस्ता घटनामा संलग्नले आफूलाई त डुबाए डुबाए, अन्यलाई पनि पीडा दिएका छन्। र, समग्रमा पर्वप्रति नै वितृष्ण फैलाउन मद्दत गरेका छन्। यो कार्य कुनै पनि दृष्टिकोणबाट सही मान्न सकिन्न।

नेपाल यस्तो मुलुक हो जहाँ वर्षको तीन सय ६५ दिन नै कुनै न कुनै पर्व परिरहेका हुन्छन्। कुनै दिन यस्तो हुन्न जुन दिन कुनै न कुनै जातको, कुनै न कुनै धर्मावलम्बीको, कुनै न कुनै भूगोलमा जात्रा÷पर्व परेको नहोस्। त्यसैले विशेषगरी यस्ता पर्वका नाममा हुन सक्ने विकृति तथा दुर्घटनाबाट सबैलाई सुरक्षित तुल्याउन र स्थिति भड्किन नदिन सुरक्षा निकायबाट यस्ता पर्वको तिथिमितिअघि नै आवश्यक तयारी गर्नु आवश्यक छ। घटना सुरक्षा निकायसँग मात्र सम्बन्धित छैन। पर्व मनाउनेहरूले पनि आफ्नो अधिकार प्रयोग गर्दा संयम अपनाउनु उत्तिकै आवश्यक छ। त्यसबाहेक पर्व मनाउने तरिका, यस क्रममा हुन सक्ने घटना र त्यसमा संलग्न भएमा हुने कारबाहीबारे अग्रिम जानकारी गराउन पनि उत्तिकै आवश्यक छ। खासमा यो राज्यको दायित्व पनि हो। 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस