यातायात व्यावसायीको दादागिरीमा गृहकै साथ
३१ वैशाख २०७३
•
८ मिनेट पाठ
यातायात व्यावसायीको दादागिरीमा गृहकै साथ
काठमाडौं-सवारी नियम मिच्ने चालकलाई १५ सय रुपैयाँसम्म जरिवाना गर्ने कानुन लागू गर्ने विषयमा सरकार पुनः पछाडि हटेको छ । बढेको जरिवाना लागू नगर्न यातायात व्यावसायीले दिँदै आएको दबाबसामू गृह मन्त्रालयले समेत साथ दिएको छ ।गृह मन्त्रालयमा शुक्रबार व्यावसायीसँग भएको छलफलमा मन्त्रालयले यातायात व्यावसायीकै पक्षमा निर्णय गरेर सडकमा बढेको अराजकता र दादागिरीलाई नै साथ दिएको हो । यसअघि पनि व्यावसायीकै दबाबका कारण दुई साताअघि लागू गर्ने भनिएको उक्त नियम रोकिन पुगेको थियो ।




नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै यातायात व्यवस्था ऐन ०४९ मा संसोधन गर्दै जरिवानाको मात्रालाई २० गुणासम्म बढाएको थियो । बढाइएको जरिवानाको रकम जेठ १ गते शनिबार देखि देशैभरी लागू हुने भनिएको थियो । बढाइएको जरिवाना अनुसार चालकले नियम मिचेमा न्यूनतम ५ सय जरिवाना हुने व्यवस्था छ ।

तर, सडकमा सिन्डिकेट गर्दै आइरहेका यातायात व्यावसायीको दबाबसामू झुक्दै स्वयं गृहमन्त्रीले नै बढेको जरिवाना लागू नगर्न निर्देशन दिएको छलफलमा सहभागी एक प्रतिनिधिले नागरिकन्युजलाइ जानकारी दिए । 'गृहमन्त्री नै व्यावसायीको पक्षमा उभिएकाले कानुन कार्यान्वयन गर्न नसकिने अवस्था आएको हो,' उनले भने, 'सिन्डिकेटको अन्त्य गर्छु भन्ने मन्त्री नै व्यावसायप्रिति उदार देखिनु भयो ।' उनका अनुसार छलफलमा गृहमन्त्री शक्ति बस्नेत, गृहमन्त्रालयका सहसचिव यादब कोइराला, नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधि, नेपाली कांग्रेस, एमाले, एमाओवादी र क्रान्तिकारी माओवादी निकटका ट्रेड युनियन पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

छलफलमै सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गृह मन्त्रालयले बढेको जरिवाना कार्यान्वयन नगर्ने विषयमा मन्त्रालय तत्काललाई पछाडी हटेको जानकारी दिए । 'जेठ १ गतेबाट लागू हुने भनेको नयाँ जरिवाना तत्काललाई लागू नगर्ने विषयमा सहमती भएको छ,' उनले भने, 'यो निर्णयले सडकमा गुड्ने झण्डै २० लाग चालक तथा यातायात व्यावसायीलाई फाइदा पुगेको छ ।'

उनले व्यावसायीले सडकका आवश्यक पुर्वाधार सुधार गर्नेतर्फ ध्यान नदिई एकतर्फी ढंगले चालक तथा व्यावसायीलाई दुख दिने नियतले ल्याएको कानुन कुनै पनि हालतमा मान्ने अवस्था नरहेको बताए । 'सडकमा कुनै पूर्वाधार नै छैन,' उनले भने, 'सरकारले पहिला सबै पूर्वाधार पुरा गर्न सफल होस त्यसपछि मात्र जरिवानाको कुरा आउँछ ।' उनले चालकहरु अनुसासित हुनुपर्ने विषयमा महासंघले पनि कार्यक्रम चलाउने जानकारी दिए ।

सरकारले यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै न्यूनतम जरिवाना बापतको रकम ५ सय रुपैयाँ हुनेगरी बढाएको हो । विगतमा कारवाहीबापत चालकले न्यूनतम २५ रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । यस्तै नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्मको चिट काट्न सक्ने गरी जरिवानाको रकम बढाइएको छ । यसअघि मापसेमा सबैभन्दा बढी एक हजार रुपैयाँ मात्र जरिवाना हुने व्यवस्था थियो ।

सरकारले ऐनमा भएको २५ रुपैयाँ देखी ५० रुपैयाँसम्म, ५० देखी एक सय रुपैयाँसम्म र एक सय देखी २ सय रुपैयाँसम्मको कारवाहीको दरलाई संसोधन गर्दै क्रमश ५ सय, एक हजार र १५ सय बनाएको हो । नयाँ जरिवानाको व्यवस्था अनुसार न्यूनतम ५ सय रुपैयाँ जरिवाना पाएको चालकले पटक पटक एउटै अपराध गरेमा क्रमश जरिवानाको दर बढ्दै जाने छ । पहिलो पटक कारबाहीमा पर्नेले ५ सय, दोस्रो पटक परेमा एक हजार र तेस्रो पटक परेमा १५ सय जरिवाना हुने छ । नियम अनुसार ५ पटकसम्म कारवाहीमा परेको चालको लाइसेन्स ६ महिनाका लागि खारेज हुने छ ।

महाशाखाका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाए, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाए, सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा एक हजा जरिवाना हुने छ ।

यस्तै, तोकिएको भन्दा बढि मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाए, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा, प्रयोजन बिपरीत सवारी चलाए, हेल्मेट नलगाए, सवारी आवागमनमा बाधा पुरयाए, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा, छतमा यात्रु बोकेको वा राखेको, भेटिए ५ सय जरिवाना हुने छ ।

यसैगरी, ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाए, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याए, सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेमा वा ध्वनि दिएमा, सडकमा गलत साईड तर्फबाट सवारी चलाए, एकतर्फि सडकमा सो विपरित सवारी चलाए, अवस्था ठिक नभएको सवारी चलाए, बढी गतिमा सवारी चलाए, राती बत्ती नबाली सवारी चलाए, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाए, नम्बर प्लेट नराखी सवारी चलाए, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाए, सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाए, सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेमा, निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाए, लापरवाहीका साथ सवारी चलाए, बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाए, सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा १५ सय रुपैयाँ जरिवाना हुने छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस