म्याग्दीमा पर्यटकको चहलपहल
२७ असोज २०७९
•
२ मिनेट पाठ
म्याग्दीमा पर्यटकको चहलपहल
मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ।  




दशैं तिहार बिदाको समयमा आन्तरिक पर्यटक प्राकृतिक सौन्दर्यमा रमाउन म्याग्दीका पर्यटकीयस्थलमा आउन थालेका हुन्। यसैगरी बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएपछि म्याग्दी हुँदै मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटक पनि बढेका छन्। अन्नपूर्ण चक्रिय पदमार्गमा समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन पुनले जानकारी दिए।

उनका अनुसार दैनिक एक सयको हाराहारीमा विदेशी र त्यतिकै सङ्ख्यामा स्वदेशी पर्यटक घोडेपानी पुनहिल भ्रमणमा आउन थालेका छन्। हिमशृङ्खला र सूर्योदयको दृश्यावलोकन गर्न वसन्त र शरद ऋतुमा समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटक आउने गर्छन्। पोखरादेखि नजिक भएको हुनाले यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ।  

विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि हो। निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसम सुधार भएसँगै घुमघाममा निस्किन थालेका हुन्। दशैंपछि पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । निरन्तरको भारी वर्षाका कारण यसपालि दशैं बिदामा निस्केका पर्यटक प्रभावित भए पनि दुई दिनयता मौसममा हलुका सुधार आएसँगै पर्यटकको आगमन बढ्न थालेको उनले बताए।  

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताए। पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने २० भन्दा बढी हिमचुचुरालाई नजिकैबाट नियाल्न सकिन्छ।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको घुइँचो लाग्न थालेको छ। मुस्ताङ जाने र फर्कने पर्यटकले भुरुङ तातोपानीमा स्नान गर्दछन्। बेनीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु हुन लागेको छ।  

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण बेनीमा चहलपहल बढेको र होटल भरिभराउ भएका होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताए। बेनी नजिकैको लम्भिहिल, गलेश्वर, मल्लाज र सिंगा तातोपानी कुण्डको पर्यटन प्रवद्र्धनमा नवौँ राष्ट्रिय खेलकुदले सहयोग गर्ने अध्यक्ष आचार्यको भनाइ छ। रासस
अर्को समाचार
बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा बढ्याे पर्यटकको चहलपहल
०६ कार्तिक २०८३
•
३ मिनेट पाठ
बेनी-जोमसोम सडक मर्मत गरिएपछि 
म्याग्दीमा बढ्याे पर्यटकको चहलपहल
म्याग्दीका पर्यटकीयस्थलहरूमा दसैंलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ।




अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरूको चहलपहल बढेको हो। घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वर लगायतका पर्यटकीयस्थलमा बिहीबारदेखि पर्यटकको आगमन शुरू भएको स्थानीय व्यवसायीहरूले बताएका छन्।

बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले बडादसैँको टिकालगत्तै पर्यटक आगमन बढेको बताए। “असोजको दोस्रो साताको कालीगण्डकी बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा शून्य जस्तै भएको पर्यटक आगमन बिहीबारदेखि बढ्न थालेको छ,” उनले भने “मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दसैँ–तिहारको बिचमा पर्यटक आगमन बढेर थलिएको ब्यापार ब्यवसाय चलायमान हुने अपेक्षा गरेका छौ।”

असोजको ८ देखि ११ गतेदेखिको निरन्तरको झरीपछि पहिरो र कालीगण्डकी बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ। विगतका तथ्याङ्कअनुसार शरदयामको असोज–कात्तिक म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने महिना हो।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल व्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढीले विगतका वर्षको संख्यामा विदेशी पर्यटक आउन नसके पनि दसै–तिहारको बिदा मनाउन पदयात्राका लागि आन्तरिक पर्यटकहरूको प्रतीक्षामा रहेको बताए।

“घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ,” उनले भने “बाढी पहिरोले क्षति पुगेको सडक र पदमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने बनाइएकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छौं।”

घोडेपानी देखि ४५ मिनेट उकालो हिंडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल सूर्योदय र हिमशृङखला तथा पदयात्राका लागि अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य मानिन्छ।

पदयात्राका साथै बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचार र अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकीय हिसाबले परिचित छ। म्याग्दी नदीको बाढीका कारण क्षति पुगेको सिंगा तातोपानी कुण्ड मर्मतपछि असोज अन्तिम हप्तापछि सञ्चालनमा ल्याइएको छ।

अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा र मुस्ताङ जाने–आउने पर्यटकहरूको थकान मेटाउने थलोका रूपमा विकसित अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी र पाउद्धार तातोपानी कुण्ड सुरक्षित छन्। भुरुङ्ग–तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटक आगमन हुन थालेको बताए।

भुरुङ्ग–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हो। म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको यो पदमार्ग पनि विपदबाट बचेको छ। भुरुङ्ग–तातोपानीको होटल व्यवसायी काजी थापाले बिहीबार करिब एक सय ५० जना आन्तरिक पर्यटकरू अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका बताए।

रुप्से झरना परिसरमा चियापसल सञ्चालन गरेकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटकको चहलपहल हुन थालेको बताइन्। चितवनका रमेश पाण्डेले दसै बिदा मनाउन मुस्ताङ भ्रमणका आएको बताए। बस, जिप, मोटरसाइकल लगायत सवारी साधनमा सहज रुपमा म्याग्दी हुदै मुस्ताङ भ्रमणमा जान सकिने उनले बताए।

मर्मतमा जस्तै क्षतिग्रस्त सडक र पदमार्गहरूको पुनःनिर्माणलाई पनि तीव्रता दिन सकेमा म्याग्दी र मुस्ताङको पर्यटन व्यवसाय पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय याम भएकाले सडक मर्मत गरि सहज रुपमा यातायातको साधन सञ्चालनको वातावरण बनाउन काम भैरहेको बताए।

-सन्तोष गौतम/रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस