नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति
२८ असोज २०७९
•
२ मिनेट पाठ
नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति
यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन्।




पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन्। यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन्।

विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन्। अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणमा ११ आरोही समूहका एकसय ३१ ले अनुमति पाएका छन्। हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन्।  

यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन्। अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ। यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ। हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका नौ सय एक आरोही यहाँ आएका हुन्।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिए। उनले अहिले पनि केही हिमालमा आरोहण अनुमति पनि जारी भइरहेको बताए। उनका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन। अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ। विश्वको आठौँ अग्लो र नेपालको साताैँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन्। शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ।

सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताए। गोरखाको आरुखेतमा रहेका उनले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ। अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा रहेका छन्। उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए। रासस
अर्को समाचार
सगरमाथाको आठहजार मिटरबाट प्याराग्लाडिङ !
०४ जेष्ठ २०८०
•
३ मिनेट पाठ
सगरमाथाको आठहजार मिटरबाट प्याराग्लाडिङ !
सगरमाथाको आठहजार मिटरबाट उडेर आधारशिविरमा अवतरण गरेको प्याराग्लाइडिङ। तस्बिरः नागरिक
आठहजार मिटर उचाईसम्मका हिमाललाई आरोहणमा मात्र सिमित नराखि अन्य साहसिक गतिविधिमा पनि उपयोग गर्ने सरकारी योजना अनुरुप प्याराग्लाइडिङ उडानको परीक्षण सुरु भएको छ। त्यसै क्रममा सगरमाथाको आठहजार मिटर उचाईबाट एकजना चिनियाँ पाइलटले विहीबार बिहान सफलतापूर्वक प्याराग्लाइडिङ उडान भरेका छन्।  




पोखराको बाबु एडभेन्चर स्कुलको व्यस्थापनमा गएका चिनियाँ पाइलट लि सेङटाओले विहीबार बिहान सगरमाथाको आठहजार मिटरबाट उडान भरेर ५३ सय मिटर उचाईको आधारशिविरमा अवतरण गरेका हुन्। बाबु एडभेन्चरका प्रशिक्षण पाइलट सानोबाबु सुनुवारका अनुसार सरकारले आठहजार मिटरका हिमालबाट प्याराग्लाइडिङ उडान गर्न पाउने गरि परीक्षण उडानको अनुमति दिएको थियो। त्यही अनुसार चिनियाँ पाइलटले लि ले उडान भरेको उनले बताए।  

‘सगरमाथाको आठहजार मिटर भन्दा माथिबाट उड्न भने पाइदैन। तर, आठहजार मिटर मुनि रहेर नेपालका अन्य हिमालबाट पनि उडान गर्न सकिन्छ। अहिले गरिएको उडान परीक्षणको क्रममा हो,’ सुनुवारले भने, ‘अहिलेसम्म उच्च हिमाली श्रृंखला आरोहणमा मात्र उपयोग भएका थिए। तर, अब सरकारले आठहजार मिटरसम्मको उचाईका हिमाललाई फरक तरिकारले साहसिक पर्यटकीय गतिविधिका रुपमा पनि उपयोग गर्ने तयारी गरेको छ। त्यही अनुसार पर्यटन मन्त्रालयले अनुमति दिएको थियो।  

बिहान ९ बजे उडेर ९ः ४५ मा आधारशिविरमा अवतरण गरेको सुनुवारले बताए। ‘यो ज्यादै नै साहसिक गतिविधि हो। यत्तिको आँट जो कोहीले गर्न सक्दैन, सरकारले साच्चै व्यवसायिक रुपमा उडान गर्न दिने हो भने नेपालका चुचुराबाट प्याराग्लाइडिङ उडान गर्न पाइलटहरु आउनेछन,’ सुनुवारले भने, ‘यसले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा झनै ठुलो भूमिका खेल्नेछ।’  

सुनुवारका अनुसार पर्यटन मन्त्रालयले पटके अनुमतिका रुपमा अष्ट्रेलियन नागरिक हट केनेथ नेल, मार्कस चाल्र्स लोनी र चिनियाँ नागरिक लि लाई पटके उडानको अनुमति दिएको थियो। लबुचे, मेरापिक र सगरमाथा क्षेत्रमा उडान गर्नेगरि मे ५ देखि जुन ५ भित्र उडान भरिसक्नेगरि अनुमति दिएको थियो। ‘चिनियाँ पाइलटले सगरमाथा क्षेत्रमा उडान भरिसकेका छन्। अस्ट्रेलियन नागरिकले भने लबुचेमा उडान भर्ने तयारी छ,’ हाइ अल्टिच्यूड प्याराग्लाइडिङ प्रशिक्षक समेत रहेका सुनुवारले भने, ‘मौसमले साथ दिएकोले सगरमाथाको उडान सफल भयो।’  

उनीहरुलाई सरकारले एकपटकका लागि मात्र उडान अनुमति दिएको सुनुवारले बताए। परीक्षण उडानबाट प्राप्त भएका तथ्यहरु समेटेर पर्यटन मन्त्रालयमा प्रतिवेदन दिनुपर्नेगरि मन्त्रालयले अनुमति दिएको उनले बताए। ‘अहिले त परीक्षण उडान मात्र भएको हो। यसलाई व्यावसयिकता दिने तयारीमा सरकार छ,’ सुनुवारले भने, ‘अहिलेसम्म हिमाली चुचुरा आरोहणमा मात्र सिमित थिए। तर, अब प्याराग्लाइडिङ पनि गर्न सकिने गरि खुलाउने तयारी छ।’ हिमाल आरोहण मात्र नभइ अरु साहसिक गतिविधिका लागि पनि भन्ने देखाउनका लागि यस्ता गतिविधि आवश्यक रहेको उनले बताए।  

पर्यटन विभागका प्रवक्ता सुर्यप्रसाद उपाध्यायले पनि बाबु एडभेन्चरमार्फत एकजना चिनियाँ र दुइजना अस्ट्रेलियन नागरिकलाई सगरमाथा क्षेत्रबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको बताए। ‘उनीहरुले पटके अनुमति लिएर उडान भरेका हुन्। चिनियाँको उडान सफल भएको छ,’ उपाध्यायले भने। उपाध्यायले पनि आठहजार मिटर उचाइसम्मका हिमाली श्रृंखलालाई आरोहणमा मात्र सिमित नराखि फरक तरिकारले साहसिक गतिविधिमा उपयोग गर्ने सरकारी योजना अनुरुप विदेशी नागरिकलाई प्याराग्लाइडिङ उडानको अनुमति दिएको बताए।  

‘अहिलेको उडान परीक्षणका लागि हो। उडान भरेका पाइलटले प्रतिवेदन दिएपछि त्यसलाई अध्ययन गरेर केही समयपछि व्यावसायिक उडानका लागि खुलाउने तयारी छ,’ उनले भने, ‘अहिलेसम्म हिमाल क्षेत्र आरोहणमा मात्र सिमित थिए। तर, अरु साहसिक गतिविधिमा उपयोग गर्ने हो भने साच्चै साहसिक पर्यटक नेपाल भित्रिनेछन। त्यसले गर्दा राज्यको आम्दानी पनि बढ्छ। त्यसले रोजगारी पनि सिर्जना गर्छ।’ आठहजार मिटर भन्दा माथिबाट भने उड्न नपाउने उनले बताए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस