बर्दिया–गुलरिया–नेपालगन्ज सडक खण्डमा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ। गुलरियाबाट नेपालगन्ज आउने क्रममा गुलरिया नेपालगन्ज सडकखण्डको लालपुरमा भे१ ख १४२८ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ।मृत्यु हुनेमा खड्गप्रसाद पौडेल र महेश उपाध्याय रहेको प्रहरीले जनाएको छ। अन्य १५ जना घाइते भएका छन्। घाइतेको नेपालगन्ज, कोहलपुर र वर्दिया जिल्ला अस्तापलमा उपचार भइरहेको छ।
अर्को समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १५ घाइते
अर्को समाचार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं–विभिन्न जिल्लामा भएको छुट्टाछुट्टैै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सवारी दुर्घटनामा परी बाँकेमा १, काठमाडौंमा २ र पाल्पामा २ जनाको मृत्यु भएको छ।बाँके माहदेवपुरी–७ ओमरीस्थित राजमार्गको सडकखण्डमा रोकी राखेको भारतीय ट्रकमा सोमबार बिहान ना५ ख १८०२ नम्बरको बस ठोकिएर दुर्घटना हुँदा बसमा सवार हेटौडा घर भई लर्डबुद्ध एकेडेमीमा एमबिबिइसमा अध्यनरत २४ वर्षीया अनिता गुप्ताको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
यसैगरी काठमाडौँ सतुंगलबाट कलंकीतर्फ हिँडाएर लादै गरेको भैसीहरुसंग सोमबार विहान बा२६ प ४७३७ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक काठमाडौँ महानगरपालिका–१६ सानोभ¥याङ बस्ने ३० वर्षीय सुजन धमलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भई शहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उनको मृत्यु भएको थियो । साथै घाइते भएका धादिङ कल्याणपुर–९ बस्ने ४० बर्षीय मदन सिंखडाको सोही अस्पतालमा उपचार भइरहेको छ । भैसी धपाउने र भैसीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–१३ बाफल नारायणी पेट्रोल पम्प अगाडी आइतबार राति नम्वर खुल्न नसकेको टिपरले नाम,थर वतन नखुलेकी अंदाजी ४६ वर्षीया महिलालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
यसैगरी पाल्पा ताहुँ सेर्कावास स्थित रामपुर आर्यभन्ज्याङ सडक खण्डमा ग१क ७५३५ नम्वरको टिपर आइतबार सडकदेखि अंदाजी ५ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक ललितपुर घर भएका २९ वर्षीय विक्रम तामाङ सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १ जना पुरुष सामान्य घाइते भएका थिए ।

ट्रेन्डिङ