दिगो विकास लक्ष्य २०३० हासिल गर्न दक्षिण एसियाली राष्ट्रमा कायम आर्थिक विकासको समाधान खोज्न आवश्यक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले औंल्याएको छ। २२ जुलाई अर्थात् मंगलबार स्पेनमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आर्थिक विकास सम्मेलनका अवसरमा संयुक्त राष्ट्रसंघ एसिया–प्रशान्त क्षेत्रीय प्रतिवेदनले यस्तो औंल्याएको हो।
यो समस्या समाधानका लागि संघले ४० वटा नवीन रणनीति तथा कार्यक्रम सुझाएको छ। विशेषगरी यो क्षेत्रमा कायम आर्थिक, आपसी भूराजनीति, गरिबी हटाउन र जलवायु परिवर्तनको सामना गर्दै आर्थिक पुनस्र्थापनाका लागि रणनीति तथा कार्यक्रम सुझाइएको हो।
विश्वव्यापी रूपमा विकासोन्मुख देशहरूलाई दिगो विकासमा पुग्नका लागि २.५ देखि ४ अर्ब अमेरिकी डलर कमी देखिन्छ। यो क्षेत्रका राष्ट्रहरूले समयमै आर्थिक विकास पूरा गर्न नसकेमा दिगो विकास लक्ष्यमा थप पछि पर्ने चेतावनी दिइएको छ। संयुक्त राष्ट्रसंघ एसिया–प्रशान्त क्षेत्रीय छैटौं आर्थिक विकास रिपोर्टले सार्वजनिक तथा निजी लगानी व्यवस्थाको कमजोरी औंल्याएको छ।
प्रतिवेदनअनुसार यो क्षेत्रमा आवश्यकताअनुसार आन्तरिक राजस्व वृद्धिमा कठिनाइ परेको छ। यो पूरा गर्न आवश्यकताबमोजिम कर वृद्धि गरी घरजग्गा करमार्फत राजस्व बढेको देखिए पनि पुँजी बजारको विकास हुन सकेको छैन। यसको असर ऊर्जा, स्वास्थ्य सेवा र घर खरिदमा परेको छ।
‘यो चुनौती र अवसर एसिया–प्रशान्त क्षेत्रमा देखिएको छ’, संयुक्त राष्ट्रसंघ एसिया–प्रशान्त क्षेत्रका महासचिव अर्मिदा सालियस अल्जियावानाले भने। ‘यो क्षेत्रलाई थप गतिशील, समतामूलक र दिगो आर्थिक कार्यका लागि यो एउटा अवसर हो। हाम्रो उद्देश्य यो क्षेत्रमा पछि परेको आर्थिक तथा प्रविधि विकास सुधारका लागि थप क्रियात्मक बनून् भन्ने हो।