दुई महिना बित्दा पनि बनेन जलवायु उत्थानशीलता संयन्त्र खाका
०९ मंसिर २०८३
•
५ मिनेट पाठ
दुई महिना बित्दा पनि बनेन जलवायु उत्थानशीलता संयन्त्र खाका
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीनको संयुक्त पहलमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र (एचसिआरएम) स्थापना गर्ने प्रस्ताव गरेको दुई महिना बितिसक्दा पनि सम्बद्ध निकायले त्यसलाई अघि बढाउन ठोस प्रस्ताव तयार गर्न सकेका छैनन्।




संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई गत सेप्टेम्बर २४ मा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो संयन्त्र प्रस्ताव गरेका थिए। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेका विपद्, विशेषगरी सीमापार प्रभाव पार्ने बाढीपहिरोको जोखिम र त्यसको सामना गर्न क्षेत्रीय सहकार्यको अभाव सम्बोधन गर्ने उद्देश्यले यो प्रस्ताव अघि सारिएको थियो।

भोटेकोसीमा आएको विनाशकारी बाढीले पनि सीमापार जलवायुजन्य विपद् जोखिम र त्यसको सामना गर्न आवश्यक समन्वयको महत्त्व उजागर गरेको थियो, तर जलवायुजन्य विपद्को निरन्तर अनुगमन, सूचना आदानप्रदान र पूर्वसूचना प्रणाली विकास गर्न तीन देशबिच दिगो संयन्त्रको अभाव छ।

यति महत्त्वपूर्ण प्रस्ताव अघि सारिएको दुई महिना बितिसक्दा पनि सरकारले भारत र चीनसँग छलफलका लागि ठोस कार्ययोजना वा औपचारिक प्रस्ताव तयार गर्न सकेको छैन।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त वक्तव्य जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा भारतले यो प्रस्तावप्रति चासो देखाएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालबाट औपचारिक र ठोस प्रस्तावको प्रतीक्षा गरिरहेको बताएका छन्।

‘प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनमा उल्लिखित नेपाल, भारत र चीन संलग्न हिमालय जलवायु उत्थानशीलता संयन्त्रका सम्बन्धमा उहाँहरूले के गर्न चाहनुभएको हो भन्नेबारे हामी औपचारिक र ठोस प्रस्तावको प्रतीक्षामा छौं, तर यो हाम्रो चासोको विषय हो’, मिस्रीले भने।

भारतको यो प्रतिक्रियाले प्रस्तावित संयन्त्रबारे छलफल गर्न नयाँदिल्ली इच्छुक रहेको संकेत गरेको छ, तर प्रधानमन्त्रीको घोषणालाई तीन देशबिचको व्यावहारिक सहकार्यको खाकामा रूपान्तरण गर्ने जिम्मेवारी अब नेपालकै काँधमा छ। जलवायुविज्ञहरूले प्रस्ताव कार्यान्वयनका लागि ठोस पहल गर्न भइरहेको ढिलाइले राष्ट्रसंघमा प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धताको गम्भीरतामाथि प्रश्न उठ्न सक्ने बताएका छन्। उनीहरूका अनुसार हिमाली क्षेत्रमा जलवायुजन्य विपद्को जोखिम तीव्ररूपमा बढिरहेका बेला यस्तो संयन्त्र स्थापनामा ढिलाइ हुनु उचित होइन।

‘महत्त्वपूर्ण र आसन्न जोखिमसँग जोडिएको विषयमा यस्तो ढिलाइ अपेक्षित हुँदैन’, वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का पूर्वसदस्य डा. विमल रेग्मीले भने।

सरकारी अधिकारीहरूले भने प्रस्तावित संयन्त्रका विषयमा काम सुरु भइसकेको बताएका छन्, तर जलवायु परिवर्तन बहुआयामिक विषय भएकाले विभिन्न मन्त्रालयबिच समन्वय र सरोकारवालासँगको परामर्श आवश्यक रहेको उनीहरूको भनाइ छ। ‘हामीले हिमालय जलवायु उत्थानशीलता संयन्त्रका सम्बन्धमा काम सुरु गरिसकेका छौं। जलवायु परिवर्तन बहुआयामिक र व्यापक विषय भएकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर दस्तावेज तयार गर्ने काम भइरहेको छ’, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने।

प्रस्तावित संयन्त्रको खाका तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कृषि, वन तथा वातावरण मन्त्रालयले भने यसका लागि थप गृहकार्य र परामर्श आवश्यक रहेको जनाएको छ। सरोकारवालासँग छलफल गर्नुका साथै भारत र चीनसँग द्विपक्षीय संवादसमेत गर्नुपर्ने भएकाले प्रक्रिया अघि बढ्न समय लाग्ने मन्त्रालयको भनाइ छ।

परराष्ट्र मन्त्रालयले एचसिआरएमका लागि कार्ययोजना तयार गर्न आफ्नो मन्त्रालयलाई पत्र पठाइसकेको मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले जानकारी दिए। ‘परराष्ट्र मन्त्रालयले एचसिआरएमका लागि कार्ययोजना तयार गर्न हामीलाई पत्र पठाएको छ। हामी इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) सँग रहेको विद्यमान ज्ञान र स्रोतसाधन उपयोग गर्दै कार्ययोजना तयार गर्ने काममा जुटेका छौं’, ढकालले भने।

यस्तो संवेदनशील विषयमा आवश्यक गृहकार्य गर्न समय लाग्नु स्वाभाविक भएको उनको दाबी छ। ‘यो संवेदनशील विषय हो, यसका लागि समय लाग्छ। यसमा ढिलाइ भएको छैन। व्यापक गृहकार्य गर्नुपर्ने भएकाले कार्ययोजना कहिलेसम्म तयार हुन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन’, उनले भने।

जलवायुविज्ञहरूले प्रस्तावित संयन्त्रलाई कूटनीतिक प्रतिबद्धतामा मात्र सीमित नराखी नेपाल, भारत र चीनबिचको व्यावहारिक सहकार्यका निश्चित आधार तयार गर्नुपर्नेमा जोड दिएका छन्। अक्सफोर्ड पोलिसी म्यानेजमेन्टका वरिष्ठ परामर्शदाता तथा जलवायु परिवर्तन र उत्थानशीलताविज्ञ अपार पौड्यालले प्रस्तावित संयन्त्रलाई तीन देशबिचको सहकार्यका चार व्यावहारिक आधारमा केन्द्रित गर्नुपर्ने बताए। ‘प्रधानमन्त्रीको सम्बोधनका आधारमा एचसिआरएम नेपाल, भारत र चीनबिचको चार वटा व्यावहारिक सहकार्यका आधारमा केन्द्रित हुनुपर्छ’, पौड्यालले भने।

पौडेलका अनुसार पहिलो, क्षेत्रीय जलवायु परिवर्तनको अवस्था पहिचान र अनुगमन गर्न तीन देशबिच भूउपग्रहबाट प्राप्त तथ्यांक र वैज्ञानिक ज्ञानको आदानप्रदान हुनुपर्छ। दोस्रो, हिमताल विस्फोटबाट हुने बाढीको जोखिम न्यूनीकरण गर्न उच्च जोखिममा रहेका हिमतालको संयुक्त अनुगमन गर्नुपर्छ। तेस्रो, नदीतटीय क्षेत्रका समुदायलाई समयमै सचेत गराउन तीन देशबिच समन्वित सीमापार पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ र चौथो, जलवायुजन्य विपद् आइपर्दा तत्काल उद्धार, राहत र प्रतिकार्यका लागि तीन देशबिच समन्वय गर्ने संयन्त्र आवश्यक छ।

हिमाली क्षेत्रमा एउटा देशमा उत्पन्न बाढी, पहिरो वा हिमताल विस्फोटको प्रभाव सीमापार अर्को देशसम्म पुग्ने भएकाले यस्तो सहकार्य महत्त्वपूर्ण रहेको विज्ञहरूको भनाइ छ। भोटेकोसीको पछिल्लो विपद्ले पनि सीमापार अनुगमन, समयमै सूचना आदानप्रदान र पूर्वतयारीको आवश्यकता पुनः उजागर गरेको छ। पौड्यालले प्रस्तावित संयन्त्रकै आधारमा हिमालय जलवायु कोष स्थापना गर्न सकिने सम्भावनासमेत औंल्याएका छन्। यस्तो कोषले हिमाली क्षेत्रमा जलवायु अनुकूलन, जोखिम न्यूनीकरण र उत्थानशीलता अभिवृद्धिका लागि लक्षित तथा निरन्तर स्रोत परिचालन गर्न सक्ने उनको भनाइ छ।

पौडेलका अनुसार सगरमाथा संवादको ‘कल फर एक्सन’ मा प्रस्ताव गरिएको समर्पित पर्वतीय कोषको अवधारणालाई पनि यसमा जोड्न सकिन्छ। यसले हिमाली पारिस्थितिक प्रणाली र त्यहाँका समुदायले भोगिरहेका विशिष्ट जलवायु जोखिम सम्बोधन गर्न आवश्यक स्रोत जुटाउन सहयोग पुर्‍याउन सक्छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस