वैदेशिक राेजगार सेवा शुल्क बढाउन व्यवसायीको माग
२१ जेष्ठ २०८३
•
५ मिनेट पाठ
वैदेशिक राेजगार सेवा शुल्क बढाउन व्यवसायीको माग
वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यावहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन् । म्यानपावर व्यवसायीहरूले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि वैदेशिक रोजगार अझै पनि अपरिहार्य रहेको उल्लेख गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई तथ्य र तथ्यांकका आधारमा स्पष्ट नीति निर्माण गर्न आग्रह गरेका हुन्।




म्यानपावर व्यवसायीहरूले सरकारको वर्तमान सेवा शुल्क व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। ‘सुदूरपश्चिम र कर्णालीका जिल्लाबाट काठमाडौं आउन मात्रै २० देखि ३० हजार रुपैयाँ खर्च हुन्छ’, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री भन्छन्, ‘जुम्लाका मान्छे काठमाडौं आउन २५/३० हजार लाग्छ भने सात समुद्रपारि रहेको देशमा काम गर्न पठाउन १० हजार रुपैयाँमा कसरी सम्भव हुन्छ?’

उनका अनुसार २०७२ सालमा तत्कालीन सरकारले लागु गरेको ‘फ्री भिसा, फ्री टिकट’ नीति यथार्थभन्दा टाढा रहेको छ । म्यानपावर व्यवसायीहरूले २०६० सालमै खाडी मुलुकका लागि ७० हजार र मलेसियाका लागि ८० हजार रुपैयाँ सेवा शुल्क तोकिएको स्मरण गराउँदै १२ वर्षपछि उल्टै १० हजारमा झारिनु अव्यावहारिक निर्णय भएको छ।

नेपाल सरकारले नै कोरिया जाने कामदारबाट करिब एक लाख २० हजार रुपैयाँ र इजरायल जाने कामदारबाट करिब एक लाख ६५ हजार रुपैयाँ लिइरहेको छ तर निजी क्षेत्रलाई मात्र १० हजारमा सीमित गर्नु विभेदपूर्ण भएको म्यानपावर व्यवसायीले आरोप लगाए।

भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र इन्डोनेसियाजस्ता देशहरूको उदाहरण दिँदै त्यहाँका व्यवसायीले नेपाली व्यवसायीभन्दा धेरै सेवा शुल्क लिन पाउने व्यवस्था रहेको म्यानपावर व्यवसायीको भनाइ छ । व्यवसायीको भनाइमा नेपाली म्यानपावर कम्पनीले ती देशका एजेन्टसँग प्रतिस्पर्धा गरेर मागपत्र ल्याउनुपर्ने अवस्था भए पनि नेपालमा लागु ‘फ्री भिसा, फ्री टिकट’ नीतिका कारण प्रतिस्पर्धा गर्नै नसकिने अवस्था सिर्जना भएको छ।

कम्पनीले भिसा, टिकट र सेवा शुल्क उपलब्ध गराए निःशुल्क पठाउने तर अन्य अवस्थामा कम्तीमा दुई महिनाको तलब बराबर सेवा शुल्क लिन पाउने व्यवस्था हुनुपर्ने माग म्यानपावर व्यवसायीहरूले गरेका छन् । यसो भए कामदार ठगिनबाट जोगिने, बिचौलिया हट्ने र राज्यको राजस्वसमेत बढ्ने उनीहरूको दाबी छ।

म्यानपावर व्यवसायीहरूले नेपालमा वैदेशिक रोजगारको इतिहास करिब २१० वर्ष पुरानो रहेको उल्लेख गर्दै सन् १८१६ मा इस्ष्ट–इन्डिया कम्पनीसँग भएको सम्झौतापछि नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेको बताएका छन् । हाल नेपालको कुल ग्राहस्थ उत्पादनको झन्डै ३० प्रतिशत हिस्सा विप्रेषणबाट आउने तथा झन्डै ५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारसँग प्रत्यक्ष जोडिएको तथ्यसमेत म्यानपावर व्यवसायीले प्रस्तुत गरेका छन्।

नेपालमा करिब १२ सय वैदेशिक रोजगार कम्पनी, १८ सय सञ्चालक र झन्डै १८ हजार कर्मचारी प्रत्यक्ष रूपमा यस क्षेत्रमा आबद्ध रहेका छन् । स्वास्थ्य परीक्षण संस्था, अभिमुखीकरण केन्द्र, ट्राभल एजेन्सी, होटेल तथा यातायात व्यवसाय पनि यही क्षेत्रबाट प्रभावित हुने व्यवसायीको भनाइ छ।

मागपत्र प्रमाणीकरण, न्यूनतम तलब निर्धारण, रोजगारी करार सम्झौताका आधारमा अन्तिम श्रम स्वीकृति, धरौटी रकममा ब्याज व्यवस्था, युरोपसहित नयाँ श्रम गन्तव्य विस्तार, कामदारको उत्तरदायित्व तथा विभागीय अनुगमन प्रक्रियामा समेत सुधार आवश्यक रहेको संघका पूर्व प्रथम उपाध्यक्ष खत्री बताउँछन्।

विशेषगरी युरोपका देशमा मागपत्र प्रमाणीकरण रोकिँदा वैधानिक रूपमा कामदार पठाउन कठिन भएको र त्यसको फाइदा अनधिकृत व्यक्तिहरूले उठाइरहेको उनको आरोप छ । म्यानपावर व्यवसायीहरूले सरकारसँग दीर्घकालीन वैदेशिक रोजगार नीति निर्माण गर्न पनि माग गरेका छन्। ‘१८ खर्बको वार्षिक बजेट भएको देशमा लगभग त्यत्तिकै रकम विप्रेषणबाट आउँछ, तर अहिलेसम्म स्पष्ट वैदेशिक रोजगार नीति बनेको छैन’, म्यानपावर व्यवसायीहरूले भने।

नेपालको बेरोजगारी अवस्था, श्रम बजारको सम्भाव्यता र जनसंख्याका आधारमा आगामी वर्षहरूमा वैदेशिक रोजगारको आवश्यकता कति रहने भन्ने विषयमा गहन अध्ययन गरी स्पष्ट नीति सार्वजनिक गर्नुपर्ने व्यवासायीहरूको सुझाव छ।

व्यवसायीका अनुसार विभागमा उजुरी परेपछि एकतर्फी निर्णय हुने प्रवृत्ति बढेको छ । श्रमिकले रकम दाबी गरेपछि त्यसको प्रमाण वा वास्तविकता परीक्षण नगरी म्यानपावरलाई तत्काल रकम तिर्न दबाब दिने गरिएको उनीहरूको आरोप छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति अध्यक्ष हरिबहादुर पाण्डे नियमित अनुगमनमा आपत्ति नभएको तर मन्त्रीको सचिवालय र गैरआधिकारिक व्यक्तिको हस्तक्षेप अस्वीकार्य भएको बताउँछन् । ‘नियमित अनुगमन गर्ने अधिकार विभागलाई छ, त्यसमा हाम्रो विरोध छैन’, उनले भने, ‘तर मन्त्रीका सचिव, पिए र युट्युबहरू गएर छापा मार्ने, पासपोर्ट उठाउने, पैसा नियन्त्रणमा लिने काम भइरहेको छ । यो राज्यको अनुगमन होइन, छापामार शैली हो।’

पाण्डेले सेवा शुल्क पुनरावलोकन नभए व्यवसायीहरूले म्यानपावर बन्द गर्ने चेतावनीसमेत दिए । ‘२०७२ सालदेखि १० हजार सेवा शुल्कमा काम गर्न सकिँदैन भनेर भन्दै आएका छौं, सेवा शुल्क निर्धारण नगरी छापा मात्रै मार्ने हो भने व्यवसाय सञ्चालन गर्न सकिँदैन’, उनले भने।

व्यवसायीहरूले पटकपटक १० हजार रुपैयाँ सेवा शुल्कमा श्रमिक पठाउन सम्भव नभएको भन्दै आएका छन् । व्यक्तिगत श्रम स्वीकृतिको व्यवस्था पुनरावलोकन नगरेसम्म वैदेशिक रोजगार क्षेत्रमा देखिएको ठगी नियन्त्रण हुन नसक्ने उनीहरूको तर्क छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्रसिंह भण्डारी पनि समस्या नीतिगत रहेको बताउँछन् । उनका अनुसार सबैभन्दा बढी ठगी व्यक्तिगत श्रम स्वीकृतिमार्फत विदेश जानेहरूबाट भइरहेको छ । ‘व्यक्तिगत श्रम स्वीकृतिबाट जानेहरू ठगिने क्रम बढेको छ । यही माध्यमबाट ३० अर्बभन्दा बढी ठगी भएको अनुमान छ’, उनले भने, ‘छापा मार्नुभन्दा पहिला नीतिगत सुधार आवश्यक छ।’

यता, श्रम मन्त्रालयले भने पछिल्ला कारबाहीलाई कानुनी प्रक्रिया नै भएको दाबी गर्छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले सरकारले कसैमाथि धरपकड नगरेको स्पष्ट पारे । ‘इजाजतपत्र प्राप्त कम्पनीहरूले ऐन, नियम र निर्देशिका पालना गर्नुपर्छ’, उनले भने, ‘कानुनविपरीत गतिविधि भए सम्बन्धित निकायले कानुनी दायरामा ल्याउनु सरकारको दायित्व हो, यसलाई धरपकडका रूपमा बुझ्नु हुँदैन।’

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले राज्यको नीति कार्यान्वयन हुनुपर्ने तर त्यसका लागि अपनाइने प्रक्रियामा संवादको खाँचो रहेको औंल्याएका छन् । फ्री भिसा फ्री टिकटका नाममा लाखौं असुल्ने व्यवसायीलाई समात्नु कानुनी र नीतिगत हिसाबले गलत नभएको उनको भनाइ छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस