२०८२ को जेठ अन्तिममा निर्माणकै चरणमा भाँचिएको हेवाँ खोला मोडुर ब्रिज निर्माणको काम पुरा भएको छ । बुधवार अपरान्हबाट हेवाँ खोलामा सवारी वारपार हुन थालेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा पुलको उद्घाटन गरे ।
जेठको ३१ गते अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो । पुलमा काम गर्दै गरेका तीन जनाको ज्यान गयो । बारा जिल्लाका २२ वर्षीय रुपलाल चौधरी, सोही ठाउँका २७ वर्षीय राजन राय र २२ वर्षीय राकेश राय थारुको ज्यान गएको हो । साँझ भएको दुर्घटनापछि प्राथमिक उपचार जिल्ला अस्पताल पाँचथरमा गरियो । थप उपचारका लागि विराटनगरमा रहेका बेला उनीहरुको ज्यान गउको थियो । अरु तीन जना घाईते अहिले पनि पुर्ण निको भईसका छैनन् । मृतकका परिवारलाई बिमा कम्पनी, निर्माण ब्यवसायीले राहत रकम सहयोग गरे । त्यसबाहेक नेपाल सरकारको तर्फबाट प्रति व्यक्ति थप १ लाख सहयोग गर्ने घोषणा गरिएको छ ।
तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाका बेला समेत आईनपुगका सरकारका प्रतिनिधि पुलको उद्घाटनका लागि भने टुप्लुक्क देखिए । गाडीको लावालस्करसहित मन्त्री दाहाल दिउँसो पुल भएको स्थानमा आइपुगेका हुन्। उद्घाटन भाषणका क्रममा मन्त्री दाहालले १ लाख रुपैयाँ मृतकका परिवारलाई प्रदान गर्ने उधारो रकम घोषणा गर्न भ्याए । उनले भने, घोणा भएको छ, परिवारले पाउँछन् ।
२०८१ असोजमा आएको बाढीले त्यस अघि बनाईएको बेलि ब्रिज बगाएपछि एक वर्ष खोलामा अस्थायी डाईभर्सन निर्माण गरेर सवारी वारपार भईरहेका थिए । भारत सरकारको सहयोगमा पुल निर्माण भएको हो । नेपाल सरकारलाई प्रदान गरिएका १० पुलमध्ये हेवाँको पुल पनि हो । यो मोडुल प्रविधिमा डवल स्पामको नेपालमा सबैभन्दा लामो पुल हो । ७० मिटर पुलमा ३० टन क्षमताका गाडी मात्रै पार हुन सक्छन् । भारत सरकारले गरेको सहयोग सदुपयोग भएको प्रति राजदुत श्रीवास्तवले धन्यबाद दिए ।
पुलको क्षमता र मेची राजमार्गको यो खण्डमा सञ्चालन हुने सवारीको अवस्थालाई विश्लेषण गरेर क्षमता भन्दा बढी तौल भएका गाडीको ब्यवस्थापन भने दीर्घकालिन चुनौति बनेको छ ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...