उच्च अदालत सुर्खेत जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्स्याेट गरेको छ। गत आर्थिक वर्ष २०८१/०८२ कुल दर्ता भएका मुद्दामध्ये असार ३० गते सम्म ९३.०८ प्रतिशत मुद्दा फर्स्याेट भएका हुन्।
मंगलबार उच्च अदालत सुर्खेत जुम्ला इजलासले पत्रकार भेटघाट कार्यक्रम मार्फत यस्तो जानकारी गराएको हो। यस्तै आर्थिक वर्ष २०८१/ ०८२ मा नयाँ दर्ता भएका १ सय ९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरी कुल २ सय १७ मुद्दा दर्ता भएका थिए। जसमा आर्थिक वर्षको असार मसान्तसम्म दर्ता भएका मुद्दामध्ये २ सय २ अर्थात् ९३.०८ प्रतिशत मुद्दा फर्स्याेट भएको अदालतले जनाएको छ।
प्रतिवदेन अनुसार हाल १५ मुद्दा बाँकी छन्। वार्षिक फर्स्याेट लक्ष्य १ सय ७८ थियो। लक्ष्यभन्दा बढी मुद्दा किनारा लागेका छन्। आर्थिक वर्ष २०७९/०८० देखि २०८१/ ०८२ सम्म तीन वर्षको तुलना गर्दा आर्थिक २०८१/०८२ मा सबैभन्दा बढी मुद्दा फर्स्याेट भएको देखिन्छ।
तथ्यांंकले उच्च अदालत सुर्खेत जुम्ला इजलासको न्याय सम्पादन प्रभावकारी बन्दै गएको देखिन्छ। अदालतको तीन बर्से तुलनात्मक विवरण अनुसार आर्थिक वर्ष २०७९/०८० मा कुल २ सय ५५ मुद्दा दर्ता भएकोमा फर्स्याेट २ सय ५ भएका छन् भने बाँकी ५० मुद्दा छन्।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ कूल २७९ मुद्दा दर्ता भएकोमा अन्तिमसम्म फर्स्याेट २ सय ५३ मुद्दा फर्स्याेट भएका छन् भने २६ मुद्दा फर्स्याेट हुन बाँकी छन्। यता आर्थिक वर्ष २०८१/८२ मा २ सय १७ मुद्दा दर्ता हुँदा २ सय २ फर्स्याेट भएका छन्।
यस्तै गत आर्थिक वर्षमा थुनुवा मुद्दा संख्या ४३ रहेकोमा फर्स्याेट ४० मुद्दा भएका छन्। थुनुवामध्ये पुरुष ३७ र बालबालिका २ छन्। अदालतमा दर्ता भएका मुद्दाको विवरण हेर्दा रिट निवेदन ३४, जबर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह ५, सम्बन्धविच्छेद २, सवारी ज्यान ४ ज्यान/सवारी अंगभंग २, मानव बेचविखन तथा ओसारपसार ५ मुद्दा दर्ता भएका थिए।
त्यस्तै जातीय विभेद २, लागु औषध १४, अवहेलना २, हातहतियार तथा खरखजना ४, चोरी ९, नकबजनी १०, अंश ४ र अन्य ३४ मुद्दा दर्ता भएका थिए।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानले न्याय सम्पादनलाई नागरिकमैत्री बनाउन लागेको बताए। न्यायलयमा नागरिकको सहज पहुँच विस्तारका लागि भर्चुअल बकपत्रदेखि छिटो न्याय दिन अदालतका सबै संयन्त्र परिचालन गरिरहेको समेत मुख्य न्यायाधीश प्रधानले उल्लेख गरे।
यस्तै उच्च अदालत सुर्खेत जुम्ला इजलास अन्तर्गत कर्णाली प्रदेशका माथिल्लो कर्णालीका ५ जिल्लाको जिल्ला अदालतको मुद्दाको अवस्था विश्लेषण गरिएको छ। जसमध्ये जुम्ला अदालतमा ३ सय १४ मुद्दा दर्ता हुँदा २ सय १४ फर्स्याेट भएका छन् भने १ सय मुद्दा बाँकी छन्।
मुगुमा १ सय ३५ मुद्दा दर्ता भएकोमा फर्स्याेट १ सय ३ र बाँकी ३२ मुद्दा छन् भने हुम्लामा कूल दर्ता ६९ मुद्दामध्ये ६० मुद्दा फर्स्याेट९ बाँकी छन्। यता कालिकोट जिल्ला अदालतमा कुल २ सय ३६ मुद्दा दर्ता भएकोमा १ सय ७६ मुद्दा फर्स्याेट भएको र ६१ बाँकी छन्। त्यस्तै डोल्पा जिल्ला अदालतमा ७६ मुद्दा दर्ता भएकोमा ५४ मुद्दा फर्स्याेट र २२ बाँकी छन्।