अझै कति भेटिएलान् भाग्यले बाँच्नेहरू?
२० भदौ २०८३
•
४ मिनेट पाठ
अझै कति भेटिएलान् भाग्यले बाँच्नेहरू?
भोटेकोशीमा बाढी आएको ११ दिन बितिसक्दा पनि खोजी र उद्धार कार्य रोकिएको छैन। बाढीले तहसनहस बनाएको बस्ती र जलविद्युत् आयोजनाका सुरुङहरूमा अझै कति मानिस फसिरहेका छन् भन्ने यकिन हुन सकेको छैन। तर निराशाबीच पछिल्ला दुई दिनमा चार जनाको जीवित उद्धार भएपछि उद्धारकर्मी र आफन्तमा आशाको सञ्चार भएको छ।




बाढी आएको १०औँ र ११औँ दिनमा गरी दुई जलविद्युत् आयोजनाका सुरुङ र बाढीले बगाएर क्षति पुर्‍याएको घरबाट चार जनाको जीवितै उद्धार गरिएको हो।

शुक्रबार बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको उद्धार गरिएको थियो। उनीहरू सुरुङभित्रको ट्रयापमा परेका थिए।

शनिबार अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले उनलाई सुरुङभित्रबाट सकुशल उद्धार गरेको हो। उद्धार गरिएका चिनियाँ नागरिकलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइएको छ।

शनिबारकै अर्को उद्धारले भने भोटेकोशी बाढीपछि खोजीको दायरा सुरुङबाट बाहिर निकालेर बाढीले क्षति पुर्‍याएका घर तथा संरचनासम्म पुर्‍याउनुपर्ने संकेत गरेको छ।

नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले बगाएर पुर्‍याएको घरभित्रबाट चण्डिका श्रेष्ठको जीवित उद्धार गरिएको छ। उनलाई सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उद्धार गरेको हो।

श्रेष्ठको घर बाढीले बगाएर उनको पुरानो स्थानबाट करिब ५० मिटर पर पुर्‍याएको स्थानीय नारायणलाल डंगोलले बताएका छन्। उनका अनुसार श्रेष्ठको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो।

‘बाढीले बगाएर लगेको घरबाट उहाँको उद्धार भएको हो। मेरो घरभन्दा ७० मिटर पछाडि उहाँको घर थियो। बाढीले बगाएर मेरो घर भएको ठाउँबाट करिब ५० मिटर पर पुर्‍याएको छ। त्यही बगाएको घरबाट उहाँलाई प्रहरीले झिकेको हो।’

बगाएर लगिएको घरभित्रबाट मान्छेको आवाज सुनिएपछि प्रहरीलाई खबर गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बगरमा मानिसको आउजाउ भइरहेका बेला बाटो खन्ने कामसमेत सुरु भएको थियो। त्यही क्रममा मान्छेको आवाज सुनिएपछि उद्धारका लागि प्रहरीलाई खबर गरिएको थियो।

बाढी आएको ११ दिनपछि भएको चण्डिकाको जीवित उद्धारले बाढीले बगाएका, पुरिएका वा भत्किएका घरका संरचनाभित्र अझै कोही जीवितै फसेका छन् भन्ने आँकलनसहित उद्धार थप तीव्र बनाउनुपर्ने देखिएको छ।

चण्डिकाका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको परिवारले जनाएको छ। उद्धारपछि उनलाई उपचारका लागि छाउनी अस्पताल ल्याइएको बताइएको छ।

सुरुङभित्र अझै कति छन्?

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजनामा बाढी आउँदा काम भइरहेको थियो। तीमध्ये आधाभन्दा बढी आयोजनाका सुरुङभित्र काम भइरहेको थियो। त्यसैले सुरुङभित्र काम गरिरहेका धेरै मानिस फसेको आशंका गरिएको छ।

सुरुङका विभिन्न भागमा ट्रयापमा परेका व्यक्तिको खोजी र उद्धार कार्य अहिले पनि जारी छ। तर सुरुङको जटिल संरचना, बाढीले पुर्‍याएको क्षति र उद्धारकर्ताहरूका लागि सहज पहुँच नहुँदा धेरै स्थानमा पुग्न कठिन भइरहेको छ।

गृहमन्त्री सुधन गुरुङले पनि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेको जानकारी दिएका छन्। सुरक्षाकर्मी तथा प्राविधिक टोलीले सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउने प्रयास गरिरहेका छन्।

दिन बित्दै जाँदा सुरुङभित्र रहेका व्यक्तिको अवस्थाप्रति चिन्ता थपिँदै गएको छ। तर १०औँ र ११औँ दिनमा समेत चार जनाको जीवित उद्धार हुनुले आशा अझै सकिएको छैन भन्ने सन्देश दिएको छ।

सुरुङ मात्रै होइन, बाढीले बगाएका घर पनि खोज्नुपर्ने

भोटेकोशी बाढीपछि सुरुङभित्र मानिस फसेको विषय प्रमुख रूपमा बाहिर आएको थियो। तर बेत्रावतीमा चण्डिका श्रेष्ठको जीवित उद्धार भएपछि बाढीले बगाएका तथा पुरिएका घर र संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने सम्भावना देखिएको छ।

बाढीले रसुवाको गढीदेखि नुवाकोट हुँदै धादिङको गलौंदी क्षेत्रसम्मका घर तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। कतिपय घर पुरिएका छन् भने कतिपय घर बाढीले बगाएर अन्यत्र पुर्‍याएको छ। कतिपय संरचना पूर्ण रूपमा पल्टिएका छन्।

यस्ता संरचनाभित्र मानिस च्यापिएको वा फसेको हुनसक्ने भएकाले अब खोज तथा उद्धारको प्राथमिकता सुरुङसँगै बाढीले क्षति पुर्‍याएका घर, भग्नावशेष र पुरिएका बस्तीमा पनि केन्द्रित गर्नुपर्ने देखिएको छ।

चण्डिकाको ११ दिनपछिको जीवित उद्धारले अझै भग्नावशेषभित्र जीवन भेटिने देखाएको छ।

क्षति ठूलो, आशा अझै बाँकी

भोटेकोशी बाढीले मानवीय क्षतिसँगै जलविद्युत् आयोजना, सडक, पुल, घर तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका संरचना र पहुँचमार्गसमेत प्रभावित भएका छन्। कतिपय क्षेत्रमा बाढीले पुराना बाटा र बस्तीको स्वरूप नै बदलिदिएको छ।

तर यति ठूलो विनाशबीच पछिल्ला दुई दिनमा भएको चार जनाको जीवित उद्धारले उद्धार कार्यमा नयाँ आशा थपेको छ।

सञ्जय साह, कविर महर्जन, एक चिनियाँ नागरिक र चण्डिका श्रेष्ठका चार जीवनले, चौतर्फी आशाका किरण छरेको छ।

भोटेकोशीको भग्नावशेष र अँध्यारा सुरुङभित्र अझै कति मानिस भाग्यले बाँचिरहेका होलान्?

जवाफ खोज्न अब हरेक भग्नावशेष, हरेक पुरिएको घर र सुरुङको हरेक सम्भावित ट्रयापसम्म उद्धार टोली पुग्न आवश्यक छ।

त्यसैले अहिले समय त घर्किँदै छ, तर आशा अझै बाँकी छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस