मानव-वन्जन्तु टकराव: पाँच वर्षमा १४६ जनाको मृत्यु
११ साउन २०८३
•
४ मिनेट पाठ
मानव-वन्जन्तु टकराव: पाँच वर्षमा १४६ जनाको मृत्यु
भरतपुर महानरपालिका–२३ स्थित बेलहठ्ठाका २५ वर्षकी आशिका बोटे चार वर्षका छोरासँग सुतिरहेकी थिइन्। गत असार २० गते राति साढे ११ बजे चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती ‘ध्रुवे’ ले सुतिरहेकै अवस्थामा आमाछोराको ज्यान लियो। हात्ती धपाउन आशिकाका पति पूर्णले आगो बाल्दा उनको कच्ची घरमासमेत आगलागीमा पर्‍यो।




गत माघमा माडी नगरपालिका–२३ का असोक भट्टराई खेतमा हिँडिरहेका थिए। एक्कासि जंगलबाट आएको गैंडाले आक्रमण गर्दा उनको मृत्यु भयो। यो माघ १२ गतेको घटना हो।

संरक्षित क्षेत्रवरपर मानव–वन्यजन्तु द्वन्द्वका कारण बर्सेनि वन्यजन्तुसँगै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ

राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुरलगायत वन्यजन्तुको आक्रमणबाट एक सय ४६ जनाको मृत्यु भएको छ भने तीन सय ९९ जना सख्त र दुई सय ५१ जना सामान्य घाइते भएका छन्। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिपूर्तिका लागि सरकारले ५८ करोड ५८ लाख २० हजार चार सय ८२ रुपैयाँ खर्चेको छ।

वन्यजन्तुले बालीनाली, घर, गोठमा पनि क्षति पुर्‍याउने गरेका छन्। देशभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपास हात्ती, बाघ, भालु, गैंडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, गौरी गाई लगायत वन्यजन्तुसँग मानिसको द्वन्द्व चलिरहेको छ।

निकुञ्ज विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर वन्यजन्तुको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ भने ४८ जना सख्त र ४३ जना सामान्य घाइते भएका छन्। जसमा हात्तीको आक्रमणबाट छजना, बाघको आक्रमणबाट पाँचजना, गैंडाको आक्रमणबाट दुईजना, चितुवा र मगर गोहीको आक्रमणबाट एकएकजनाको ज्यान गएको छ। सो अवधिमा चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट पाँचजनाको ज्यान गएको छ।

उक्त वर्ष वन्यजन्तुपीडितलाई आठ करोड ७१ लाख ८६ हजार सात सय ५७ रुपैयाँ राहतस्वरुप वितरण गरिएको निकुञ्ज विभागका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए। सो अवधिमा पशुधन क्षतिका तीन हजार तीन सय १०, भण्डारण अन्न क्षतिका ७३, घरगोठ क्षतिका २०, माछा क्षतिका सा, कुखुरा क्षतिका ३६ र अन्नबाली क्षतिका एक हजार एक सय २७ वटा घटना भएको विभागको तथ्यांक छ।

विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने मानिसको संख्यामा भने कमी आएको देखिन्छ। वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७८/७९ मा ५८ जनाको मृत्यु र एक सय १६ जना सख्त घाइते भएको विभागको तथ्यांक छ।

उक्त आवमा वन्यजन्तुबाट भएको क्षतिवापत १५ करोड ५८ हजार दुई हजार चार सय ६८ रुपैयाँ राहत वितरण गरिएको थियो। उक्त अवधिमा हात्तीको आक्रमणबाट २३ जना, बाघको आक्रमणबाट २१ जना, गैंडाको आक्रमणबाट पाँचजना, चितुवा र जंगली बँदेलको आक्रमणबाट तीनतीन, गौरी गाईको आक्रमणबाट एक र अन्य वन्यजन्तुको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा वन्यजन्तुको आक्रमणबाट ३९ जनाको मृत्यु भएको देखिन्छ। सो अवधिमा वन्यजन्तुबाट भएको क्षतिवापत १३ करोड ५३ लाख ६० हजार नौ सय २६ रुपैयाँ राहत वितरण गरिएको थियो।

उक्त आव हात्तीबाट १४, बाघबाट १२, गैंडाबाट चार, चितुवाबाट तीन, जंगली बँदेलबाट दुई, भालुको आक्रमणबाट एक जना र अन्य वन्यजन्तुको आक्रमणबाट चारजनाको मृत्यु भएको थियो। वन्यजन्तुबाट सामान्य घाइते ७२ जना, सख्त घाइते १२४ जनाको मृत्यु भएको विभागको तथ्यांक छ।

आव २०८०/८१ मा वन्यजन्तुको आक्रमणबाट १९ जनाको मृत्यु भएको विभागको तथ्यांक छ। उक्त आवमा वन्यजन्तुको आक्रमणबाट ५३ जना सख्त र ५० जना सामान्य घाइते भएको विभागको वार्षिक पुस्तिकामा उल्लेख छ। सो अवधिमा विभागले वन्यजन्तुपीडितलाई १३ करोड ६३ लाख एक हजार सात सय २७ रुपैयाँ क्षतिपूर्तिस्वरुप राहत वितरण गरेको थियो।

यसैगरी आव २०८१/८२ मा देशभरि वन्यजन्तुको आक्रमणबाट १५ जनाको ज्यान गएको तथ्यांक छ। आक्रमणबाट ५७ जना सख्त घाइते र १४ जना सामान्य घाइते भएका थिए। उक्त आवमा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट १० जनाको मृत्यु भएको थियो।

त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट दुईजना, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट एकएकजनाको मृत्यु भएको विभागको तथ्यांंकमा उल्लेख छ। उक्त वर्ष विभागले वन्यजन्तुपीडितलाई सात करोड ११ लाख ६८ हजार छ सय चार रुयैयाँ राहतस्वरुप वितरण गरेको थियो।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम राहत उपलब्ध गराइन्छ। नेचर गाइड एसोसिएसनका पूर्वअध्यक्ष बासु विडारी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँछन्। ‘जिस्काएको अवस्थामा पनि वन्यजन्तुले मानिसलाई आक्रमण गर्छ,’ उनले भने ‘जंगली जनावर हाम्रा लागि हो भन्ने आभास जनतामा हुनुपर्छ।’

उनले वन्यजन्तु बढी आउने ठाउँमा उनीहरूको आनिबानीबारे जानकारीमूलक पोस्टरहरु टाँस्नुपर्ने बताए।

चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरबाट धनजनको क्षति हुने क्षेत्र भरतपुर महानगरपालिका–२३ पनि हो। यस वडामा गत असार २० गते एकै घरका दुईजनाको हात्तीले ज्यान लिएको थियो। वडाध्यक्ष दिपक दवाडी वन्यजन्तु र मानवबिचको द्वन्द्व  न्यूनीकरणका लागि जनचेतना विकाससँगै वन्यजन्तुलाई निकुञ्जभित्र बसोबासको राम्रो व्यवस्थापन गर्नुपर्ने बताउँछन्। ‘विश्व सम्पदासूचीमा परेको क्षेत्रमा हामीले केही पनि गर्न सक्दैनौं। त्यहाँका वन्यजन्तुलाई बाहिर आउन रोक्नका लागि भित्र नै चरिचरणसँगै बसोबासको राम्रो व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘दीर्घकालीन रुपमा समस्या समाधान गर्ने हो भने आरसिसी पर्खाल नै लगाउनुपर्छ।’ 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस